यस पुस्तकलाई तीन खण्डमा बिभाजन गरिएकाे छ । प्रथम खण्ड अन्तर्गत भिक्षु अमृतानन्द महास्थविरद्वारा अनुवादित धम्मपद (बाल वर्ग, पण्डित वर्ग, अरहत् वर्ग) अर्थ सहित पालि गाथा, दाेस्राे खण्डमाआचार्य भिक्षु अमृतानन्दद्वारा लिखित संक्षिप्त कथा सहित धम्मपद-अप्रमाद वर्ग अन्तर्गत श्यामावती, चूलपन्थक आदि, चित्त वर्ग अन्तर्गत मेघिय स्थविर, संघरक्षित स्थविर) गाथा सहित कथा उल्लेख गरिएकाे र तेस्राे खण्डमा रत्न सुन्दर शाक्यद्वारा लिखित स्मरणीय व्यत्तिहरू (भिक्षु प्रज्ञानन्द् महास्थविर, भिक्षु शाक्यानन्द महास्थविर, भिक्षु धर्मालाेक महास्थविर) आदि व्यत्तिहरूकाे बारेमा उल्लेख गरिएका छन्।
परियत्ति प्रवेश तृतीय वर्षका विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।