धर्मकीर्ति बाैद्ध अध्ययन गाेष्ठी, धर्मकीर्ति विहार, श्रीघः

चमत्कार

चमत्कार

36

भगवान् बुद्धले देखाउनु भएका चमत्कारहरुलाई व्यवहारिक कथात्मक रुपमा बुझाउन कोशिस गरीएको छ । सहनशीलताले हृदय परिवर्तन भएको, परस्पर शत्रुहरूलार्इ अनुकुल तरिकाबाट सम्झाए पछि मित्र बनेको, दरिद्र परिवारलार्इ समाजमा योग्य अनि सक्षम बनाइदिएको आदि बिबिध बिषयहरूलाई वास्तविक चमत्कारको रुपमा प्रस्तुत गरिएको छ । भगवान् बुद्धले देखाउनु भएका चमत्कारहरुलाई व्यवहारिक कथात्मक रुपमा बुझाउन कोशिस गरीएको छ । सहनशीलताले हृदय परिवर्तन भएको, परस्पर शत्रुहरूलार्इ अनुकुल तरिकाबाट सम्झाए पछि मित्र बनेको, दरिद्र परिवारलार्इ समाजमा योग्य अनि सक्षम बनाइदिएको आदि बिबिध बिषयहरूलाई वास्तविक चमत्कारको रुपमा प्रस्तुत गरिएको छ ।

बुद्धकालीन व्यवहारीक घटनाहरुका बारेमा अध्ययन गर्न रुचाउनेहरू ।

बुद्ध व शिक्षा

बुद्ध व शिक्षा

62

भगवान् बुद्धको छोटकरीमा जीवनीका साथ चतुआर्य सत्य र आर्यअष्टाङ्गिक मार्ग, त्रिरत्न गुणका अर्थ सहित बौद्ध दर्शन त्रिपिटकको सार, प्रतित्य समुत्पाद र बुद्धको नजरमा नारी पुरूषको समभावकाबारे छोटकरीमा व्याख्या गरी प्रस्तुत भरिएको छ ।

बुद्ध र बुद्ध शिक्षालाई छोटकरीमा जानकारी लिन चाहनेहरू ।

बोधिसत्व

बोधिसत्व

85

थेरवादी पालि साहित्य र महायानी संस्कृत साहित्य अनुसार बोधिसत्वको अर्थ, पाली साहित्यका जातक अर्थकथा अनुसार बोधिसत्वको बिभिन्न योनीमा भएका जन्महरूको विवरण, बोधिसत्त्वको गुण, बोधिसत्त्व वा सम्बोधि प्राप्त गर्न इच्छुकले पूर्ण गर्नुपर्ने तीनवटा अर्थचर्या, थेरवाद र महायान निकाय भेदको संक्षिप्त इतिहास र केहि उल्लेखनीय जातक कथाहरुका बारेमा उल्लेख गरिएका छन् ।

बोधिसत्वका बारेमा जानकारी हाँसिल गर्न चाहनेहरू ।

दानपारमिता

दानपारमिता

89

बुद्ध बन्न प्रयासरत रहेका बाेधिसत्वले आफ्नाे चित्तलाई त्यागमय भावनाले पवित्र पार्न काेशिस गरिएका १० वटा पारमिता मध्ये प्रथम दान पारमिता अन्तर्गत रहेकाे १० वटा जातक कथाहरू - अकित्ति जातक, सङ्खपाल जातक, कुरूधम्म जातक, महासुदस्सन जातक, निमि जातक, महागाेबिन्द जातक, खण्डहाल जातक, सिवि जातक, सस जातक, वेस्सन्तर जातकका बारेमा उल्लेख गरिएकाे छ ।

दात पारमिता सम्बन्धि जातक कथाहरूका बारेमा अध्ययन गर्न चाहनेहरू ।

शिक्षा (भाग-५)

शिक्षा (भाग-५)

62

नारीलाई शिक्षा प्रदान गर्न आवश्यक मूल सन्देशकाे आधारमा सहि धर्म, राम्राे व्यवहार, अधिकार र कर्तब्य, आमाकाे माया, चेतना आदि विविध शिर्षकमा बुद्धकालीन घट्नाहरूलाई प्रस्तुत गरिएकाे छ ।

शिक्षाकाे महत्त्वका बारेमा जान्न चाहनेहरू ।

शिक्षा (भाग-४)

शिक्षा (भाग-४)

62

बुद्धशिक्षालाई समय सान्दर्भिक एवम् बुद्धकालीन घट्नासंग जाेडेर शिक्षा, चाेर पनि राम्राे मान्छे बन्याे, ब्रह्रादण्ड, मरेकाे पुतलीकाे नामबाट दान, हाेस नभएकाे भिक्षु, कर्तव्य नजानेकाे भिक्षु, भगवान् बुद्धले भिक्षुहरूलाई निकालेकाे, बचन राम्राे भएकाे भिक्षु आदि बिभिन्न ११ वटा शिर्षकहरू मार्फत शिक्षामुलक उपदेशहरू समावेश गरिएकाे छ ।

बुद्धशिक्षाकाे व्यवहारीक ज्ञान हासिल गर्न चाहनेहरू ।

शिक्षा (भाग-२)

शिक्षा (भाग-२)

48

बुद्धशिक्षाले त्याग भावना, सदाचारी, चित्त शुद्ध गर्ने कर्त्तव्य धर्म पालन गर्ने गरी जीवन सार्थक बनाई गृहस्थी जीवन सुखमय बनाउने मार्ग निर्देश गर्दछ । यससँग सम्बन्धित भएका समय सान्दर्भिक प्रसंग र बुद्धकालीन घटनाहरूलाई समेटिएर सम्यक् दृष्टि, मर्न लागेकाे श्रीमान बचाउने स्त्री, विवेक बुद्धि, सुख के हाे? आदि बिबिध ६ वटा लेखहरू समावेश गरिएकाे छ ।

बुद्धशिक्षाकाे व्यवहारिक ज्ञान हासिल गर्न चाहनेहरू ।

बाखँ ‍भाग-१

बाखँ ‍भाग-१

32

विवेकशील मानव जीवन पशु योनी भन्दा उत्कृष्ट मानिन्छ । सारयुक्त जीवनका सन्दर्भमा बुद्धकालिन महिलाहरू, गृहस्थीहरू, थेरी गाथा, आलवक सुत्रमा उल्लेखित घटनाहरुलाई सम्पादन गरी प्रस्तुत गरिएको छ ।

सारयुक्त तथा उत्कृष्ट जीवन जीउन चाहनेहरू ।

मैले बुझेकाे बुद्ध-धर्म

मैले बुझेकाे बुद्ध-धर्म

75

धर्मकाे सम्बन्धमा बुद्धकाे स्वतन्त्र चिन्तन, बुद्ध धर्मकाे विशेषता, पूनर्जन्म र अनात्मवाद, पुस्तकपूजा, अहिंसबर गाैतम बुद्ध, बाैद्ध संस्कृति, परित्राण र उपलब्धि आदि विविध शिर्षककाे माध्यमबाट बुद्धकाे अर्थ, उहाँकाे उपदेशहरूलाई समेटेर यथार्थ धर्मबारे चित्रण गरिएकाे छ ।

बुद्धधर्मकाे व्यवहारिक ज्ञान हासिल गर्न चाहनेहरू ।

प्रज्ञा चक्षु

प्रज्ञा चक्षु

32

मानव समुदायमा मानिसहरू शिक्षित सचेत र सजग भएर बाँच्नकाे लागि नभई नहुने विवेक बुद्धि र प्रज्ञालाड्ई विस्तृत रूपले प्रकाश पारी ज्ञानकाे आँखा भनेकाे नाता, कुटुम्ब, धनसम्पत्ति भन्दा ठुलाे छ भनेर भगवान बुद्धकाे प्रथम उपदेश धम्मचक्कपवर्तन सुत्रका साथै अन्य उदाहरण सहित व्याख्या गरिएका छन् ।

प्रज्ञाकाे महत्त्वबारे जान्न इच्छुकहरू

मणिचुड जातक

मणिचुड जातक

50

बाेधिसत्त्वकाे वर्तमान कथा, अतीत कथा, मणिचुडकाे जन्म, मणिकाे लक्षण, दान काण्ड आदि विभिन्न घट्ना र विषयबस्तुहरू समावेश दान पारमिताकाे बारेमा उल्लेख गरिएका छन् ।

मणिचुड जातक अध्ययन गर्न चाहानेहरू।

बाैद्ध विश्वास (तृतिय भाग)

बाैद्ध विश्वास (तृतिय भाग)

294

भिक्षु के श्री धम्मानन्दज्यूकाे सारगर्भित एवं तथ्यमा आधारित प्रवचन तथा प्रश्नकाे उत्तर “What Buddhists Believe” पुस्तकमा आधारित बुद्ध र वहाँकाे शिक्षाकाे व्यवहारिकता, आवश्यकता र वैज्ञानिकताकाे साथमा परम्परागत कुराहरूलाई पनि समावेश गरि प्रस्तुत गरिएका छन्

बुद्ध र उहाँकाे शिक्षाबारे व्यवहारिक र बैज्ञानिकताकाे आधारमा अध्ययन गर्न चाहनेहरू ।

महानारद जातक

महानारद जातक

52

जातक कथा अन्तर्गत वर्तमान कथा र अतीत कथासंग जाेडिएर कथा र उपमा सहित पाप र पूण्यकाे बारेमा व्याख्या गरि प्रस्तुत गरिएका छन् ।

पाप र पूण्यका बारेमा जान्न चाहनेहरू ।

सच्चविभङ्ग सुत्त

सच्चविभङ्ग सुत्त

102

सच्चविभङ्ग सुत्तमा उल्लेख भएकाे चतुआर्य सत्यलाई अलग अलग व्याख्या गरी ज्ञानलाई माला बनाइएकाे मूल पालि भाषाकाे शब्दार्थ र भावार्थ सहित प्रस्तुत गरिएका छन्

सच्चविभङ्ग सूत्र पालि भाषाकाे भावार्थ सहित अध्ययन गर्न चाहनेहरू ।

श्रेष्ठ पवित्र श्राेतापन्न

श्रेष्ठ पवित्र श्राेतापन्न

132

महावग्ग संयुत्त पालि “साेतापत्ति संयुत्त” दुतिय सारिपुत्त सुत्तलाई आधार लिएर श्राेतापन्न हुने कारण धर्म, श्राेतकाे अभिप्राय र श्राेतापन्नकाे अभिप्रायलाई त्रिरत्न वन्दना, गुरू वन्दनाबाट प्रारम्भ गरी आठ मार्ग, बुद्धिमती विशाखा, धर्म श्रवण, श्राेतापन्न, श्राेतापन्नकाे महत्व आदि विषय वस्तुहरूमा समेतिएर उल्लेख गरिएका छन् ।

धर्मप्रेमी सबै व्यत्तिहरू ।

महानारद जातक

महानारद जातक

पालि त्रिपिटक अनुसार जातक कथा ५४७ वटा मध्ये ५४४ औं जातक याे जातक कथा आउँछ । भदन्त आनन्द काैसल्यायनकाे पुस्तकलाई अनुवाद गरिएकाे हाे । बुबाप्रति छाेरीकाे करूणा, स्नेह, कर्तव्य, मिथ्यादृष्टि भइरहेका राजाप्रति बाेधिसत्त्वकाे करूणा र प्रज्ञा ज्ञान र उपदेशलाई आदर्शका रूपमा लिएर पूर्वजन्म र पुनर्जन्मका घट्नाक्रम सहित प्रस्तुत गरिएका छन् ।

नारद जातक अध्ययन गर्न चाहनेहरू।