भिक्षु संघरक्षित

अमूल्य धन

अमूल्य धन

86

मैत्री, करुणा, मुदिता, श्रद्धाधन, शिलधन, लज्जा र भय, श्रुतधन, धर्मको कुराले चोरको मन बदल्यो, धेरैमन परेकोले दुःख, त्यागधन, प्रज्ञाधन आदी बिबिध बिषयहरूका बारेमा उल्लेख गरिएकाछन् ।

बुद्धशिक्षाको बिबिध बिषयका बारेमा अध्ययन गर्न इच्छुकहरू ।

अवबाेध

अवबाेध

भगवान बुद्धकाे समयमा घटेकाे २ वटा घटनाहरूका बारेमा उल्लेख गरिएका छन् । जसमा एकजना मिथ्यादृष्टिक वा अन्धबिश्वासी ब्राह्मण र एकजना चमत्कारीक वंगीश नामका ब्राह्मणलाई धर्माबाेध गरिएकाे कथा समावेश गरिएका छन् ।

मिथ्यादृष्टि वा अन्धबिश्वासका कुराका बारेमा जान्न चाहनेहरू ।

धर्म मरेकाे छैन

धर्म मरेकाे छैन

98

सेवा नै धर्म हाे र यसले नै कर्म बलियाे बनाउछ, पापभन्दा धर्मकाे शक्त्ति बलियाे छ, जीवन राम्ररी बिताउन धर्म नभई हुँदैन, शान्तिकाे लागि धर्म नभई हुँदैन भन्ने कुरा बुझाउनकाे लागि बुद्धकालीन घटनाहरू र अहिलेका घटनाहरू राखी धर्म मरेकाे छैन भन्ने प्रमाण प्रस्तुत गरेकाे छ । धर्म चिरस्थायी गर्न पूजा पाठसँगै सेवाभाव पनि नभई हुँदैन भन्ने कुरा बुझाउनकाे लागि घटनात्मक कथाहरूलाई बिबिध शिर्षकहरू जस्तैः “धर्म गरी कर्म बलियाे भएकाे कुरा”, “नाम मन पर्दैन”, “रातदिन धर्म बृद्धि हुने काम”, “लाज भए धर्म मरेकाे छैन” आदी समावेश गरिएका छन् । यसकाे साथै लेखक भिक्षु अश्वघाेष महास्थविरले संघाराम बिहारकाे बारेमा र त्यस विहारकाे पहिलाे

धर्मकाे विषयका साथै संघाराम विहारका बारेमा संक्षिप्तमा अध्ययन गर्न चाहानेहरू ।

अनागतवंस

अनागतवंस

84

भविष्यमा उत्पन्नहुने १० जना बुद्धहरूकाे वर्णन गरिएकाे छ । पालि भाषामा गद्य र पद्यकाे मिश्रणकाे रूपमा छ । यसमा शाक्यमुनि बुद्ध र धर्मसेनापति सारिपुत्रकाे बीचमा भएकाे सम्वादकाे रूपमा लेखिएकाे छ । यसमा भविष्यमा हुने बुद्धहरू मैत्रेय, राम, काेसल नरेश प्रसेनजित, अभिभू देवपुत्र, दीर्घश्राेणि, चङ्कि, शुभ, ताेदेय्य ब्राह्मण, नालागिरि र पारिलेय्य बाेधिसत्वहरूले क्रमश सम्बाेधि प्राप्त गर्ने भविष्यकाे वर्णन गरिएकाे छ । विषेश गरी मैत्रेय बाेधिसत्वकाे विस्तृत वर्णन गरिएकाे छ ।

भविष्यमा उत्पन्नहुने बुद्धहरूकाे विषयमा अध्ययन गर्न चाहनेहरू ।

मैत्री भावना

मैत्री भावना

69

बुद्धकालिन घटना जातक कथा आदिलाइ उदारहणसहित प्रस्तुत गरी मैत्री भावना कसरी गर्न सकिन्छ भन्ने विषयमा ।

मैत्री भावनामा इच्छुक पाठकवर्गहरू