भगवान बुद्धले देशना गर्नुभएकाे दान धर्मकाे बिविध गुण र महत्व कस्ता व्यत्तिलाई दान दिने दानकाे फल आदिका बारेमा बिशेष रूपले व्याख्या गरि प्रस्तुत गरिएका छन् ।
बुद्धशिक्षामा दान धर्मकाे महत्वबारे अध्ययन अनुसन्धान गर्न चाहनेहरू ।
भगवान बुद्धले देशना गर्नुभएकाे दान धर्मकाे बिविध गुण र महत्व कस्ता व्यत्तिलाई दान दिने दानकाे फल आदिका बारेमा बिशेष रूपले व्याख्या गरि प्रस्तुत गरिएका छन् ।
बुद्धशिक्षामा दान धर्मकाे महत्वबारे अध्ययन अनुसन्धान गर्न चाहनेहरू ।
धर्म र ध्यान भावनालाई व्यावहारिक रूपमा दैनिक जीवनमा कसरी प्रयाेग गर्ने भन्ने विषयमा चिट्ठी आदान प्रदान गरेकाे किसिमले बुझाउन बिभिन्न शिर्षकलाई समेटेर प्रस्तुत गरिएकाे छ ।
भगवान बुद्धकाे धर्म र ध्यान भावनाकाे दैनिक जीवनमा प्रयाेगका बारेमा जान्नचाहनेहरू ।
बुद्धशिक्षाले भक्तिमार्ग भन्दा ज्ञानमार्गमा जान प्रेरित गर्ने बिबिध शिर्षक जस्तै देवधर्म, चारवटा गृहस्थी सुख, सम्यक दृष्टि, उपाली र छन्न सारथी आदि शिर्षकलाई कथात्मक रूपमा व्याख्या सहितका लेख संग्रह गरि प्रस्तुत गरिएका छन् ।
बुद्धशिक्षाले दिएका ज्ञानमार्गहरूलाई जान्नचाहनेहरू ।
उदानपालि, धम्मपदट्ठकथा र श्रद्धेय अमृतानन्द भन्तेकाे बुद्धकालीन पुस्तककाे आधार लिइ बुद्धशिक्षालाई नैतिकशिक्षाकाे रूपमा समाजमा पुर्याउने उद्देश्यले कथात्मक प्रसंग सहित प्रस्तुत गरिएकाे छ । जीवित हुँदा हेला गर्ने र मृत्यु पश्चात सेवा, आदर गर्ने, हृदय परिवर्तन, बुद्धले सही मार्गदिशाकाे लागि निष्काशित भिक्षुहरू, याेग्य गुरु, ईर्ष्या, अवबाेध आदिका बारेमा उल्लेख गरिएका छन् ।
धर्मप्रेमी सबै व्यक्तिहरू ।
शान्तिकाे लागि धर्म चाहिन्छ भन्ने कुरालाई भगवानकाे समय र अहिलेकाे समयकाे घटनालाई उल्लेख गरिएकाे छ । धर्म चिरस्थायी राख्न पूजा पाठ र सेवाभाव चाहिन्छ । सुख दुःख भनेकाे आफ्नाे काम र कर्म अनुसार प्राप्त हुन्छ भन्ने कुरा विभिन्न शिर्षकमा प्रस्तुत गरिएका छन् ।
सम्पूर्ण धर्मप्रेमी पाठकहरू ।
चार अध्यायमा बिभाजित यस पुस्तकमा बुद्धधर्मका चार आर्यसत्य, निर्वाण, गृहीविनय, आलवक सूत्र र बुद्धकाे अर्थनीति सम्बन्धि विविध बिषयबस्तुहरु उल्लेख गरिएका छन् ।
बुद्धधर्म र अर्थनीति सम्बन्धि जानकारी हासिल गर्न चाहनेहरू ।
तीन प्रकारका मानिसको स्वभावलाई कथात्मक प्रसंग सहित प्रस्तुत गरिएका छन् । १. शील स्वभाव नराम्रो भएको, तर संस्कार कुशल कर्मको वीऊ बाँकी रहेको कारणले भविष्यमा राम्रो हुन सक्ने, २. शील स्वभाव राम्रो भएको, तर संस्कार अकुशल कर्मको वीऊ बाँकी रहेको कारणले भविष्यमा नराम्रो हुन सक्ने र ३. राम्रो नराम्रो दुवै ज्ञान भएको, तर भविष्यमा कुशल कर्म गर्ने कोशिस नगरी भविष्य नराम्रो हुने स्वभाव उल्लेख गरिएका छन् ।
बुद्धशिक्षाको व्यावहारिक र नैतिक शिक्षा अध्ययन गर्न चाहनेहरू ।
बुद्धकालिन सहित्यकाे आघार बनाई ब्यवहारिक ज्ञानको उदाहण ।
बुद्धकालिन घटनाको बारे जानकारी लिन ईच्छुक ब्यक्तिहरुलाई ।
यस पुस्तकमा सहनशीलता,शत्रुसँग मिलेर बस्ने तरिका र सकारात्मक हृदय परिवर्तनका कुराहरू समावेश गरीएकाे छ ।
समाजमा सकारात्मक परिवर्तन ल्याउन चाहने समाजसेवीहरूकाे लागि उपयाेगी ।
दैनिक बुद्धपूजा पाठ विधि अर्थ सहित र लेखककाे बुद्ध व बुद्धया पुचः पुस्तकबाट १६ वटा छाेटाे छाेटाे लेखहरू समावेस गरिएकाे छ । ती लेखहरू युवा वर्गलाइ समय सापेक्ष बुद्धधर्म सम्बन्धि ज्ञान वर्धक छन् ।
यसमा उल्लेख भएका बुद्धका शिक्षाहरूकाे ब्यवहारिक महत्वपूर्ण भएकाेले युवा वर्गलाइ बुद्ध धर्म सम्वन्धि ब्यवहारिक जीवन उपयाेगी ज्ञान अध्ययन गर्न उपयाेगी हुने देखिन्छ साथै शिक्षण संस्थानहरूमा पनि उक्त विषयकाे अध्ययन अनुसन्धान गर्न चाहनेहरूलाइ उपयाेगी हुने देखिन्छ ।
मानिस असल बनाउन सक्ने ज्ञानका बुद्धका उपदेशहशरू समेटिएका विभिन्न विषयका लेखकका १६ वटा लेखहरू समेटिएका छन् । यसमा एक नक्कली देवता नाम भएकाे लेख पनि समावेस गरिएबाट यस पुस्तकलाइ लेखकले नक्कली देवता भनि नाम दिएकाे उल्लेख छ ।
असल मान्छे बन्न आवश्यक विभिन्न प्रकारका जीवन उपयाेगी बुद्धकाे उपदेशहरू यसमा समावेस भएकाेले ती बुद्ध शिक्षा अध्ययन अनुसन्धान गर्न चाहनेहरू जाे पाठक वर्गहरूलाइ उपयाेगी हुने देखिन्छ ।
विभिन्न समयमा लेखकका प्रकाशित लेखहरूकाे संग्रह गरि लेखककाे बुद्धकाे चमत्कार पुस्तक प्रस्तुत गरेकाे छ । यसमा समावेस गरिएका प्राय लेखहरूमा बुद्ध यथावादी तथाकारी एवं आफनाे असल चरित्र र असल ब्यवहारले खराव चरित्र र आक्राेशक मानिसहरूलाइ बुद्धले बाेध गराएका घटनाहरू समावेस गरिएका छन् ।
शिक्षण संस्थाहरूमा बुद्धकाे यथावादी तथाकारी गुणबारे अध्ययन अनुसन्धान गर्न चाहनेहरूकाे साथै जीवन उपयाेगी बुद्धका उपदेशहरू अध्ययन गर्न चाहनेहरू जाे काेही पाठक वर्गहरूका लागी महत्वपूर्ण उपयाेगी हुने देखिन्छ ।
ध्यानको बारेमा जानकारी तथा याेगीहरूकाे अनुभव प्रस्तुत ।
ध्यान भावनाबारेमा जान्न इच्छुकवर्ग ।
जसले ज्ञान प्रप्त गर्ने संकल्प गरी सकेको हुन्छ त्यस लाई बोधिसत्व भनिन्छ । पालि जातक कथामा निदान कथामा दीपंङ्गर तथागत सामु सुमेध ऋषि हुने बेलादेखि प्रर्थना गरी ५५५ जन्म सम्म् पारमी धर्म पूरा गरी आएको छ ।
बोधिसत्वको बारे जानकारी लिन चाहानेहरु ।
आमा बुबालाई पहिलो गुरुको रुपमा र सप्तरत्न धनलाई अमूल्य धनको रुपमा लिन सकिन्छ ।
पहिलो गुरु र अमूलय धनको बिषयमा अध्ययन गर्न इच्छुक सबैलाई ।
बुद्धले ब्रहदण्ड दिनु भएको करुण र मैत्री कारणले नै हो बदला लिने नियतले बुद्धले ब्रहदण्ड दिने होइन भन्ने कुराको उदाहरण सहित लेखिएको छ ।
करुणा र मैत्रीको बारे जानकारी लिन चाहने सबैलाई ।