परियत्ति सद्धम्म कोविद प्रथम वर्ष (तह ८, तृतीय पत्र)
Summary:
यस पुस्तकलाई पाँच एकाइमा विभाजन गरिएको छ । एकाइ एक अन्तर्गत अनागारिका अग्गञाणीद्वारा अनुवादित बुद्धवंश (विपश्वी, शिखी, विश्वभू, क्रकुच्छन्द, कोणागमन, काश्यप र गौतम बुद्ध) को व्याख्या गरिएको छ । र एकाइ दुइ अन्तर्गत डा. भिक्षु अमृतानन्द महास्थविर र सविता धाख्वाद्वारा लिखित बौद्ध संगायना (प्रथमदेखि छैठौँ संगायनाहरूको विवरण) उल्लेख गरिएको छ । त्यस्तै एकाइ तीन अन्तर्गत डा. महेन्द्र रत्न शाक्यद्वारा लिखित बौद्ध कला र वास्तुकलाको छोटो परिचय (बौद्ध विहार निर्माण कला, बहाबही वास्तुकला, चैत्यवर्ग, बुद्धमूर्ति, बौद्ध चित्त आदि) प्रस्तुत गरिएको छ । त्यस्तै नै एकाइ चार अन्तर्गत डा. रश्मि राजकर्णिकार र उष्णीष तारा तुलाधरको संयुक्तरूपमा लिखित बौद्ध विश्वविद्यालयहरू (तक्षशीला, नालन्दा, विक्रमशीला, बल्लभी, ओदन्तपुरी र जग्दल्ला महाविहार) को जानकारी दिइएको छ । त्यसैगरी एकाइ पाँच अन्तर्गत धर्म रत्न शाक्यद्वारा लिखित बौद्ध संस्कार पद्धति (गर्भ मंगलदेखि अन्त्येष्ठिसम्म) र डा. त्रिरत्न मानन्धरद्वारा लिखित नेपालमा थेरवाद बौद्ध संस्कृति (बुद्धपूजा, अष्टपरिष्कार दान, कथिनोत्सव आदि) विषयहरू समेटिएर थेरवाद बौद्ध संस्कृति शीर्षकमा उल्लेख गरिएको छ ।
Targeted Audience:
Total Pages:
193
Price:
Edition:
1st
Published Date:
Buddha Sambat
२५६६
Bikram Sambat
२०७९
Nepal Sambat
११४२
Amo Domini (AD)
२०२२
Languages:
Writer:
Translator:
Publication:
अखिल नेपाल भिक्षु महासंघ, नेपाल बौद्ध परियत्ति शिक्षा
Distributor:
Donor:
काठमाडौँ महानगरपालिका
