त्रिरत्न वन्दना परित्राण पाठ पालि र नेपाली सहित सतिपट्ठान विपश्यना ध्यानकाे निर्देशन ।
त्रिरत्न गुण, परित्राण र ध्यानकाे विषयमा जान्न इच्छुक वर्ग
भगवान बुद्धकाे दैनिकी दीनचर्या, रहन सहन, चालढाल, शान्त अनि गंभीर दृृष्टि, मैत्रि, करूणा ह्रदय, नियमित कृयाकलाप तथा धर्म सम्पादनका समय र तरिका आदि सुक्ष्म विषयहरूलाइ लेखकले प्रष्टपार्ने काेशिश गरिएकाे छ ।
बुद्धकाे नियमित दैनिकी कसरी गुजार्नु हुन्छ जस्ता जिज्ञासाकाे समाधान खाेज्नु हुनेलाइ उपयाेगी ।
आमा बुवाले नै बाल्यकाल देखी बच्चाहरूलाइ नैतिकता, सदाचारको शिक्षा दिने हुनाले आमा बुवालाइ प्रथम गुरू हाे भने आमा बुवाकाे उत्तरकालमा सेवा सत्कार गर्नु पनि प्रत्येक व्यक्तिहरूकाे कर्तब्य हाे भन्ने कुराकाे विस्तृत रूपमा उल्लेख गरिएकाे छ ।
आमा बुबाकाे गुणस्मरण गर्न र आमा बुवा प्रति आफ्नाे कर्तव्य बुझ्न चाहनेहरूलाइ उपयाेगी हुन्छ ।
समाजमा ब्याप्त आर्थिक, सामाजिक असमानताको अन्त्य गर्न आवश्यक व्यवहारिक ज्ञान तथा संगत गर्न हुने, संगत गर्न नहुने आदि व्यक्तिहरूको प्रकारको उल्लेख गरिएको । आपराधिक कार्यहरूलाइ दण्ड दिएर होइन बरू उचित इलमहरू दिएर नै अपराध कम गर्न सकिन्छ जस्ता व्यक्तिगत तथा सामाजिक जीवन सुखमय बनाउने बुद्धको बैज्ञानिक विचारधाराहरू यस पुस्तकमा समावेश गरिएकाे छ ।
व्यक्तिगत आय, व्यय र वचतकाे समानुपातिक लेखाजाेखा बनाएर सुखमय बनाउन चाहनेहरूलाइ उपयुक्त हुने ।