Dhamma

समता धर्मकाे पालना

समता धर्मकाे पालना

88

बुद्ध शिक्षामा आधारित शिक्षामूलक आध्यात्मिक विषयबस्तुहरु समेतिएकाे यस पुस्तकमा सद्धर्मकाे मूल नै समता धर्मकाे पालना हाे, हुनु पनि पर्दछ, समताले मध्यम मार्गमा आरूढ गराउँछ, कमलकाे फूल झै लाेक धर्मरूपी दलदलबाट अलग रहन सिकाउँछ र जीवनमा आईपर्ने शाेक, दुःख, हण्डर, सास्ति, आपद र समस्या आदिबाट निर्लिप्त रहन र सुखपूर्वक जीवन बिताउने सपनालाई साकार पार्ने हाे भने समता धर्मकाे पालना गर्ने अभ्यास गर्न सघाउने भन्ने बिषयबस्तुहरु समेतिएकाे छ ।

बुद्धकाे उपदेशलाई व्यवहारिक रुपमा लागु गर्न अध्ययन र अध्यापन गर्न चाहनेहरु ।

समस्या उपर कसरी विजय पाउने ?

समस्या उपर कसरी विजय पाउने ?

भदन्त डा. के. श्री धम्मानन्दद्वारा जीवनाेपयाेगी अग्रेजी भाषामा लेखिएकाे पुस्तकलाई सरल र स्पष्टरुपले बुझ्ने गरी नेपाली भाषामा हाम्राे जीवनमा के कस्ता समस्याहरु आईपर्दछन् र ती समस्याहरु समाधान गर्ने उपाय वा विधिहरु के के छन् भन्ने बारेमा बुद्ध शिक्षाकाे आधार लिई समसामयिक बुँदाहरु समेटेर व्यवहारिक रुपमा राेचक ढंगले प्रस्तुत गरिएकाेे छ ।

बुद्धकाे उपदेशलाई व्यवहारिक रुपमा लागु गर्न अध्ययन र अध्यापन गर्न चाहनेहरु ।

उज्यालाे क्षितिजतिर

70

समाजमा आफ्नाे जिम्मेवार र कर्तव्य के के हाे ? र यसले जीवन सुन्दर र सुखी कसरी पार्न सकिन्छ साथै त्यसबाट कसरी जीवन उज्यालाे क्षितिजतिर लाग्न सकिन्छ भन्ने बिबिध बिषयहरु समेतिएर सम्पादन गरीएकाे छ ।

सुन्दर र सुखी जीवन जीउन चाहने पाठकवर्गहरु ।

धम्मपद-अट्ठकथा (भाग-३)

धम्मपद-अट्ठकथा (भाग-३)

मानव जीवनलाई सार्थकता तर्फ डाेरयाउनका लागि उत्प्रेरणा मिल्ने गहन धर्म, दर्शन, व्यवहार, मन, अध्यात्म, चिन्तन, ध्यान, शान्ति आदी बिषयमा सहज सरल एवं मर्मस्पर्शी ह्रहयस्पर्शी जीवनाेपयाेगी उपदेशमूलक गाथा समाहित रहेका छन् । यसमा धम्मपदकाे दुईवटा वग्गाेहरु; चित्तवग्गाे र पुप्फवग्गाेका साथै पाठिक आजीवककाे कथा, छत्तपाणी उपासककाे कथा, विशाखाकाे कथा, शील, महाकाश्यप, गाेधिक स्थविर र गरहदिन्नकाे कथाका बारेमा उल्लेख गरेका छन् ।

धम्मपदकाे अट्ठकथा अध्ययन गर्न चाहनेहरु ।

धम्मपद-अट्ठकथा (भाग-४)

धम्मपद-अट्ठकथा (भाग-४)

मानव जीवनलाई सार्थकता तर्फ डाेरयाउनका लागि उत्प्रेरणा मिल्ने गहन धर्म, दर्शन, व्यवहार, मन, अध्यात्म, चिन्तन, ध्यान, शान्ति आदी बिषयमा सहज सरल एवं मर्मस्पर्शी ह्रहयस्पर्शी जीवनाेपयाेगी उपदेशमूलक गाथा समाहित रहेका छन् । यसमा धम्मपदकाे तीनवटा वग्गाेहरु; अरहन्तवग्गाे, सहस्सवग्गाे र पापवग्गाे बारेमा उल्लेख गरेका छन् ।

धम्मपदकाे अट्ठकथा अध्ययन गर्न चाहनेहरु ।

तथागत गौतम बुद्ध संक्षिप्त जीवनी (पहिलो थुंगो)

तथागत गौतम बुद्ध संक्षिप्त जीवनी (पहिलो थुंगो)

25

बुद्ध धर्मका प्रवर्तक सिद्धार्थ गौतम बुद्धको जीवनी घटना विवरण, ज्ञान र उपदेशहरुको विवरण उल्लेख छ ।

बुद्ध जीवनी बारे जानकारी लिन चाहानेहरुलाइ ।

नियाम दीपनी

नियाम दीपनी

पाँच नियाम धर्मको अतिरिक्त प्रज्ञाप्ति र धातु को कुरा दर्शाउनु भई सम्पूर्ण सत्वलोक संखार लोक ओकास लोकको बारे बताउनु भएको छ ।

लोकको बारे जानकारी लिन चाहानेहरु ।

चित्र गृहपति

चित्र गृहपति

58

बुद्धको समयमा उपासक उपासिकाहरु धर्मलाई सक्षत्कार गरी ब्याख्या समेत गर्न सक्ने मध्येको चित्त गूहपतिको बारे उल्लेख गरेकको छ ।

चित्र गृहपतिको बारे जानकारी लिन इच्छुक सबैलाई ।

बौद्ध बाखं

बौद्ध बाखं

77

बौद्ध कथाको चित्त दुखाएर बितेर गएपनि सद्गतिमा गएको ५ वटा घटनाको आघारमा लेखिएको हो ।

बौद्ध कथाको जानकारी लिने ईच्छुक बारे ।

दश पारमिता

दश पारमिता

भगवान बुद्धले पूर्ण गर्नु भएका श्रेष्ठत्तम आदर्श पारमिता गुणधर्मकाे अभ्यासद्वारा पुर्ण गर्नु भएका पारमिताका बारेमा जातक कथा सहित उल्लेख गरीएकाे ।

दश पारमिताका बारेमा अध्ययन गर्न चाहनेहरु सम्पूर्ण ब्यक्तीहरु ।

दीर्घायु जुइमा

दीर्घायु जुइमा

59

व्यवहारीक कार्य क्षेत्रका लागि उपयुक्त तथा ज्ञानवर्धक बुद्धका शिक्षाहरु समावेश गरिएका छन् ।

समाजमा रहेका सम्पूर्ण व्यक्तीहरु ।

तेलकटाह-गाथा

तेलकटाह-गाथा

69

निदान कथा बस्तु सहित तेलकटाह-गाथाकाे मूलपालि र नेपाल भाषामा अनुवाद गरीएकाे ।

तेलकटाह-गाथाकाे पालि र नेपाल भाषामा अध्ययन गर्न चाहनेहरु ।

मध्यम मार्ग

मध्यम मार्ग

68

धर्मचक्र सूत्रकाे मूल अर्थ र मध्यम मार्गका बारेमा ब्याख्या गरेका छन् ।

बुद्धधर्मकाे व्यवहारीक पक्षका बारेमा जान्न चाहनेहरु ।

वीर्य

वीर्य

36

बुद्ध धर्ममा अध्यात्मिक विकासकाे लागि नभईनहुने वीर्यकाे व्याख्यान गरेकाे छ ।

धार्मिक गर्ने एवम् भाैतिक विकासमा लाग्ने जाे काेहि पनि व्यक्तीहरु

जात गन दु ?

जात गन दु ?

18

जात भनेकाे के हाे र कहाँ छ ? भन्ने सम्बन्धमा बिभिन्न दृष्टिकाेण / बिचारहरुकाे बारेमा उल्लेख गरिएकाे ।

बाैद्धधर्ममा जातका बारेमा जानकारी हाँसिल गर्न चाहनेहरु ।

छछक्क सूत्र

छछक्क सूत्र

18

भगवान बुद्धकाे बुद्ध बचन छछक्क सुत्तलाई हिन्दीबाट नेपालीमा अनुवाद गरी सरल भाषामा प्रस्तुत गरीएकाे छ । जसमा भगवान बुद्धले आदि, मध्य तथा पर्यवसान (अन्त)मा पनि कल्याण हुने सार्थक ब्यञ्जन सहित भएकाे धर्म उपदेशहरु जुन छ छवटामा बिभाजन गरि समावेश गरेका छन् ।

भगवान बुद्धकाे उपदेशलाई छिटाे र सरल भाषामा बुझ्न चाहनेहरु ।