General knowledge

संगायनपाठ

संगायनपाठ

148

श्रद्धेय ज्ञानपूर्णिक महास्थविर भन्तेको ५०औं प्रवर्जित जीवनको उपलक्ष्यमा मिति २०६५ साल चैत्र २३ गते देखि १ हप्तासम्म संचालन भएको संक्षिप्त त्रिपिटक संघायत (चूलसंघायन) मा प्रस्तुत गर्न तयार पारिएको संघायनपाठ हो । यस संघायनपाठ विनयपिटक अर्न्तगत पातिमोक्षबाट शुरु भई महावर्ग बोधकथा देखि पञ्चवर्गिय सूत्रपिटक अर्न्तगत धम्मपद बिभिन्न सूत्रहरु गरी तथागतको अन्तिमवचन सहित परिनिर्वाणकथासम्म समावेश गरिएका छन् ।

त्रिपिटके संघायनबारे अध्ययन गर्न चाहनेहरू ।

नेपालमा थेरवाद बुद्धधर्मः उपलब्धि र चुनाैति

नेपालमा थेरवाद बुद्धधर्मः उपलब्धि र चुनाैति

83

धर्मकीर्ति विहार स्वर्ण महाेत्सव २०७१काे उपलक्ष्यमा एक दिवसीय गाेष्ठीका अवसरमा प्रस्तुत गरिएकाे यस प्रतिवेदनका नेपालमा थेरवाद बुद्धधर्मः उपलब्धि र चुनौती शिर्षकमा त्रिरत्न मानन्धरले नेपालमा थेरवाद बुद्धधर्मकाे पुनर्जागरण, उपलब्धी, शैक्षिक क्षेत्रमा याेगदान, भिक्षु तालिम केन्द्रकाे स्थापना, विभिन्न बाैद्ध उत्सवहरु, परियत्तिकाे विकास, ध्यानकेन्द्रहरुकाे स्थापना आदिका बारेमा उल्लेख गर्दै त्यसका चुनाैती र अवसरहरू उल्लेख गरेका छन् भन्ने सुश्री सबिता धाख्वा शाक्यले नेपालमा थेरवाद बुद्धधर्मः कमजाेरी र सामर्थ्य शिर्षक अन्तर्गत बुद्धशासन उन्नतिकाे लागि बृहत याेजना एवं नीतिकाे आवश्यकता, भाैतिक पक्षका बिकास भन्दा मानवीय क्षमताकाे बिकास, सभ्य समाज निर्माणकाे लागि समानता, बुद्ध शासनकाे आयु विनय पालन, थेरवाद बुद्धशासनका सवल पक्षहरू, विपस्सना ध्यान भावनकाे प्रचार प्रसार

नेपालमा थेरवाद बुद्धधर्मका उपलब्धी, चुनाैति, कमजाेरी र सामर्थ्यहरूका बारेमा जान्न चाहनेहरू।

बुद्ध शिक्षा

बुद्ध शिक्षा

142

चतुआर्य सत्य, सतिपट्ठानका चारवटा, पञ्च निवरण, पञ्च उपादान, चतुधातु सात आर्य धन आदिका बारेमा संक्षिप्त रुपमा र अन्य विविध बुध्दाेपदेशित नैतिक शिक्षालाई कथाका रुपमा प्रस्तुत गरिएकाे छ।

बौद्ध नैतिक शिक्षा अध्ययन गर्न चाहनेहरू।

The Life of Tathagata

The Life of Tathagata

411

The writer covered only 27 of the 45 Vassas (the rainy retreats) of Lord Buddha. It illustrated the Buddha's life based on Tripitaka. It has covered the details and analysis of different events during his 27 rainy retreats.

Students and followers of Buddhism

धर्म व व्यवहार

धर्म व व्यवहार

लेखककाे ४ दशकदेखि प्रकाशित भइसकेका ७० वटाभन्दा बढी छरिएर रहेका महत्त्वपूर्ण लेख रचनाहरूलाई संग्रहीत गरेकाे छ । यसमा नेपाल भाषाकाे २९ वटा नेपाली भाषाकाे ३७ वटा र अंग्रजी भाषाकाे ५ वटा लेख रचनाहरूलाई ८ परिच्छेदमा बिभाजन गरिएका छन् । बुद्धशिक्षालाई दैनिक जीवनमा उतारेर जीवन जिउने कलाकाे रूपमा धर्मलाई जीवनकाे अभिन्न अङ्ग सरह दैनिक विधिव्यवहारमा अभ्यास हेतु त्रिपिटक पालि साहित्यिक ग्रन्थकाे आधारमा प्रस्तुत गरेका छन् । यसकाे साथै समीक्षात्मक लेख, यात्रा संस्मरण, संस्सरणात्मक लेख, साहित्यिक कथा, भूगर्भ बिज्ञान र प्राविधिक रिपाेर्टहरु पनि समावेश गरेका छन् ।

व्यवहारिक रूपमा बुद्ध् शिक्षा अध्ययन गर्न चाहनेहरू ।

श्रेष्ठ पवित्र श्राेतापन्न

श्रेष्ठ पवित्र श्राेतापन्न

132

महावग्ग संयुत्त पालि “साेतापत्ति संयुत्त” दुतिय सारिपुत्त सुत्तलाई आधार लिएर श्राेतापन्न हुने कारण धर्म, श्राेतकाे अभिप्राय र श्राेतापन्नकाे अभिप्रायलाई त्रिरत्न वन्दना, गुरू वन्दनाबाट प्रारम्भ गरी आठ मार्ग, बुद्धिमती विशाखा, धर्म श्रवण, श्राेतापन्न, श्राेतापन्नकाे महत्व आदि विषय वस्तुहरूमा समेतिएर उल्लेख गरिएका छन् ।

धर्मप्रेमी सबै व्यत्तिहरू ।

अमृतदान

अमृतदान

69

सुखी जीवन जीउने उपाय, आमाबुबा नै प्रथम गुरू तथा ब्रम्हा हुन्, दुःख मुक्तका आठ वटा बाटाे, दशवटा दुर्लभ कुराहरु, भिक्षु सारिपुत्रकाे चरित्र, बुद्ध जीवनी आदि विविध व्यवहारिक विषयबस्तुलाई कथात्मक घट्नासंग जाेडेर प्रस्तुत गरिएका छन् ।

लक्षित वर्गः सुखी जीवन जीउन चाहनेहरू ।

श्री सुमंगल विहार एक अध्ययन

श्री सुमंगल विहार एक अध्ययन

100

भिक्षु बुद्धघाेष महास्थविरकाे ७६ औं जन्म दिनकाे समापन समाराेहकाे अवसरमा सुमंगल विहारकाे परिचय अन्तर्गत विहारकाे नामाकरण देखि यसकाे प्राचिनता, विहारकाे दाता, विहारकाे स्वरूप सन् १९६४ देखि सुमंगल विहारमा भिक्षुहरुकाे बर्षावास तालिका, संघ महानायक भिक्षु प्रज्ञानन्द महास्थविरकाे जीवनी, भिक्षु बुद्धघाेष महास्थविरकाे जीवनी आदि बिबिध विषयहरुका बारेमा उल्लेख गरिएका छन्।

सुमंगल विहारकाे विषयमा अध्ययन गर्न चाहनेहरू।

धातुविवण्णक प्रेतया खँ (धातुविवण्णपेतवत्थुवण्णना

धातुविवण्णक प्रेतया खँ (धातुविवण्णपेतवत्थुवण्णना

भगवान बुद्धकाे परिनिर्वाणपछि राजा अजात शत्रुले अस्तिधातुकाे भाग सात बर्ष सात महिनासम्म बुद्धकाे गुण अनुस्मरण गर्दै महान पूजा गर्नु भयाे । यसबाट कयाैं मानिसहरू चित्त शुद्ध गरी प्रसन्न भई स्वर्गगामी भए त्यस्तै काेही दिर्घकाल सम्म अश्रद्धावान मिथ्यादृष्टि भई चित्त प्रसन्न नभएकाहरू मृत्यु भई उक्त्त पाप कर्मकाे कारणले प्रेत भए । त्यसपछि महाकाश्यपले सत्त्वप्राणी प्रति करुणा राखी ऋृद्धीद्वारा मानिसहरूले ती प्रेतहरू र देवताहरू देख्ने गरी अभिनिर्मित गर्नु भयाे र उनीहरुले भाेग गरिरहेका दुःख र सुखका कुराहरू बारे प्रकाश पार्नु हुदै धर्म देशना गरेकाे बिषयलाई समेटेर प्रस्तुत गरेका छन् । यसकाे साथै कर्म, फल, विपाक, दश कुशल र सिद्धं वर्णमालालाई पनि उल्लेख

कर्म र कर्मफल तथा सिद्धं वर्णमालाका बारेमा अध्ययन गर्न चाहनेहरू ।

गाैरवनीय गुरू ?

गाैरवनीय गुरू ?

34

असल गुरू कसरी बन्ने र कस्ताे गुरू, मित्र असल हुन्छ, असल गुरूकाे सातवटा गुणहरूकाे विषयमा उल्लेख गरिएकाे छ ।

असल मित्र वा गुरूकाे विषयमा अध्ययन गर्न चाहनेहरू ।

कथावस्तुद्वारा उपदेशित अनुशासन

कथावस्तुद्वारा उपदेशित अनुशासन

299

यस पुस्तक उपदेशहरूकाे संगालाेकाे रूपमा रहेकाे छ। यसमा तृष्णाले गर्दा नै फेरि फेरि जन्म लिनु पर्ने, पूर्वजन्म र वर्तमानमा भएकाे घट्ना, कर्म र फलका कुराहरू आदि विविध विषयवस्तुहरूलाइ कथा संग जाेडेर प्रस्तुत गरिएकाे छ ।

सबै धर्मप्रेमिहरू।

बुद्धकाे जीवनपयाेगी शिक्षाहरू एक विवेचना

बुद्धकाे जीवनपयाेगी शिक्षाहरू एक विवेचना

107

धर्म, ब्रम्हा, मार्ग प्रदर्शक बुद्ध आदि विविध विषयवस्तुलाई कथा सहित यर्थाथ चित्रण गरिएकाे छ ।

सबै व्यत्तिहरू ।

माेहः अज्ञानता

माेहः अज्ञानता

माेहः अज्ञानताकाे परिचय र यसलाई हताउने प्रक्रिया एवं यसबाट मुक्त्त हुनसके जीवन सुखि र शान्तिपूर्ण हुन्छ भन्ने कुराहरू समेतिएकाे बुद्ध उपदेशकाे बिशेष रुपले व्याख्या गरिएकाे छ ।

बुद्धले देशना गर्नुभएकाे माेहः अज्ञानताबारे सरल रुपमा जान्न चाहनेहरू ।

बुद्धकाे चमत्कार

बुद्धकाे चमत्कार

60

बुद्ध, बुद्धका उपदेश र शिक्षाहरूलाई व्यावहारीक जीवनमा महत्त्व र उपयाेगिताका बारेमा समसामयिक शिर्षक दिइ प्रस्तुत गरेका छन् । जस्तै; मनुष्य जीवनकाे सार्थकताका लागि धर्मकाे भूमिका र महत्त्व, अहंकारले मानिस तल झर्छ, लाेभ र निर्वाण, बुढीआमाकाे धर्मचेतना, बुद्ध उत्तम मनुष्य र मार्ग प्रदर्शक हुनुहुन्छ, बुद्ध र स्वास्थ्य, आमाकाे गुण, मैत्री भावना र अन्य विषयका बारेमा उल्लेख गरेका छन् ।

बुद्धधर्म र बुद्धशिक्षाका बारेमा जान्न चाहनेहरू ।

बुद्धकाे संस्कृति र महत्त्व

बुद्धकाे संस्कृति र महत्त्व

69

बुद्धशिक्षा अनुसार शील (सदाचार) समाधि (चित्त एकाग्रता) प्रज्ञा (विवेक बुद्धि) मैत्री, करुणा, मुदिता, उपेज्ञा, मंगल आदि समसामयिक बिषयहरूलाई बिभिन्न शिर्षकहरू दिई बुद्धका उपदेशलाई प्रस्तुत गरेका छन् । गृहस्थी जीवन सफल हुने धर्म मार्ग, दशवटा दुर्लभ तत्त्वहरू, बाैद्ध र अबाैद्ध दृष्टिकाेणमा भिन्नता, बुद्धलाई चिनाैं, नचिताएकाे हुन्छ चिताएकाे नहुने गर्छ, मुर्खसित झगडा नगर्नु, भन्न सजिलाे गर्न गार्‌हाे, मानिसकाे आचरण उन्नति र पटनकाे कारण र अन्य शिर्षकहरू रहेका छन् ।

बुद्धशिक्षा प्रति इच्छुकहरू ।

रचना संग्रह

रचना संग्रह

155

विशिष्ट बाैद्ध विद्वान लेखक भदन्त ज्ञानपूर्णिक महास्थविरद्वारा बुद्धशिक्षा सम्बन्धि लेखहरुकाे संग्रह हाे । यसमा २३ वटा लेखहरु समावेश छन् । त्रिरत्नकाे महान गुण आनिशंसकाे स्मरण, सद्धमकाे गुण र विशेषता, जिएर मर्नु भन्दा मरेर जिउनु मनुष्यकाे लागि श्रेष्ठकर छ, मानव मनलाई निर्वाणतिर दाेहाेर्याउने कि विनासतिर दाेहाेर्याउने हाे त्यसकाे निर्णय मानव आफैले गर्नु पर्दछ र गर्न सक्दछ मानवकाे शक्ति अपार र अपरम्पार छ, बुद्धधर्ममा द्वन्द समाधान विधि आदि विविध बिषयहरुलाई समेतिएर प्रस्तुत गरेका छन् ।

बुद्धशिक्षाका बिबिध बिषयमा अध्ययन गर्न चाहनेहरू ।