बुद्ध पुजा, परित्राण पालि र नेपाली अर्थ सहित उल्लेख गरिएकाे साथै बाैद्धदेश भ्रमणका फाेटाेहरू समावेश गरिएका छन्।
बुद्धपुजा, परित्राण र बाैद्ध देश भ्रमणकाे विषयमा जिज्ञासुहरू।
सुवर्ण छत्रपुर विहारको गतिविधि र परिचयका साथै पञ्चशील, अष्टशील, त्रिरत्न वन्दना, परित्राणका विविध पालि सूत्रहरूको नेपाल भाषामा अर्थका साथै ज्ञानमाला भजनहरू संकलन गरिएका छन् ।
शील प्रार्थना, त्रिरत्न वन्दना, परित्राण सूत्रहरू-पालि र नेपाल भाषा, ज्ञानमाला भजन अध्ययन गर्न इच्छुकहरू ।
यस पुस्तकमा मातिका माताकाे कथा, ध्यान भावना विधि, जातक कथा, मरणानुस्मृति भावना, त्रिसरणगमनकाे आनिशंस र नव बुद्ध गुणसहित भय अन्तराय हटाउने पाठ र भावना विधि,आठवटा संवेग, पट्ठानपालि सहित विविध विषयवस्तु समावेश गरिएकाे छ ।
बुद्ध धर्म र संघप्रति श्रद्धावान उपासक उपासिकाहरूकाे लागी उपयाेगी ।