souvener

अनागारिका ञाणशीला स्मृतिग्रन्थ

अनागारिका ञाणशीला स्मृतिग्रन्थ

176

चिर सम्मानित, मितभाषी, कुशल धर्मप्रेरिका नेपालको थेरवाद बुद्धसासन प्रचार प्रसार र चिरस्थायीको लागि अतुलनिय योगदान पुर्याउन हुने बिदूषी मध्ये एक श्रद्धेय ञाणशीला गुरूमांकाे संक्षिप्त जीवनी सहित भन्ते, गुरूमां, उपासक तथा उपासिकाहरूबाट उहाँकाे गुणानुस्मरण सहितका लेखहरू समावेश गरिएका छन् ।

श्रद्धेय ञाणावती गुरूमांकाे जीवनीका बारे अध्ययन गर्न चाहनेहरू ।

श्री शाक्यसिंह परियत्ति तथा प्रौढ शिक्षालय स्वर्ण स्मारिका

श्री शाक्यसिंह परियत्ति तथा प्रौढ शिक्षालय स्वर्ण स्मारिका

श्री शाक्यसिंह विहारमा परियत्ति तथा प्रौढ शिक्षा स्थापनाको स्वर्ण जयन्तीको उपलक्ष्यमा प्रकाशित यस स्मारिकामा श्री शाक्यसिंह विहारकाे स्थापनाऽ, विहारमा आवासिय भन्तेज्यूहरुको जीवनी, विहार स्थापना समय देखिकाे गतिविधीहरू, संरक्षक सदस्यहरूको नामावली आदी विविध गतिविधीहरूको जानकारीका, परियत्ति शिक्षाको गतिविधीहरूका साथै बुद्ध शिक्षासंग सम्बन्धि शिक्षामुलक लेखहरू जस्तैः विपस्सना ध्यानको प्रादुर्भाव, जातिभेद अन्त्यया नितिं बुद्ध धर्म, जीवन आफै रचना गर्न सकिन्छ, बुद्ध शिक्षा व समाज सेवा, तृष्णा सम्पूर्ण दुःखया मूल कारण, शान्ति नायक भगवान् बुद्ध एक महान वैज्ञानिक, बिकृति हटाउने परियत्ति शिक्षा, बुद्ध व परियत्ति शिक्षा, कलाकारको दृष्टिमा पञ्चबुद्ध, Buddhist view of anger management, How Pariyatti Shiksha inspired me to study nursing आदि शिर्षकका

श्री शाक्यसिंह विहार र त्यस विहारबाट परियत्ति शिक्षामा पुर्याउदै आएका याेगदानक बारेमा जानकरी लिन चाहनेहरू ।

श्री शाक्यसिंह विहार

श्री शाक्यसिंह विहार

77

श्री शाक्यसिंह विहारको संक्षिप्त परियच, वर्तमान स्वरूप, विहारमा भइरहेको धार्मिक गतिविधि, विहारको बिभिन्न संस्थाहरुको सूचि, संघमहानायक प्रज्ञानन्द जन्म शतबार्षिक समारोहको विवरण, श्री शाक्यसिंह विहार पूननिर्माणको विवरण, आर्थिक सहयोगी दाताहरुको बिस्तृत विवरणहरू समावेश गरीएका छन् ।

श्री शाक्यसिंह विहारकाे बारेमा जान्न चाहनेहरू ।

धम्म डिजिटल विवरणमाला – १

धम्म डिजिटल विवरणमाला – १

412

बुद्धधर्मका अनमोल पुस्तकहरुलाई डिजिटलाइज गरी जगेर्ना गर्न र वेवसाइट मार्फत सर्वसाधारणको पहुँचमा पुर्‌याउने उदेश्य लिई Dhamma.digital वेवसाइटमा प्रविष्ट गरीएका पुस्तकहरुको नामावली सहित संक्षिप्त विवरणहरुको सूचिकृत प्रस्तुत गरीएका छन् ।

Dhamma.digital वेवसाइटमा संकलित पुस्तकहरुको विवरणका बारेमा जान्न चाहनेहरू ।

संघनायक भिक्षु ज्ञानपूर्णिक स्मृतिग्रन्थ

संघनायक भिक्षु ज्ञानपूर्णिक स्मृतिग्रन्थ

नेपालमा थेरवाद बुद्धधर्म उन्नति र अभिबृद्धिकाे लागि जीवन समर्पण गरी अमूल्य योगदान दिनु भएका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा सम्मानीत अग्गमहापण्डित श्रद्धेय संघनायक भिक्षु ज्ञानपूर्णिक महास्थविरकाे प्रथम बार्षिक पूणित तिथिकाे उपलक्ष्यमा प्रकाशित स्मृतिग्रन्थ हाे । यसमा श्रद्धेय भन्तेकाे फोटो सहित संक्षिप्त जीवनी, स्मृतिग्रन्थ प्रकाशनको अवसरमा प्राप्त श्रद्धासुमनका पत्रहरू, विश्व शान्ति विहार स्थापना कालमा विहार व्यवस्थापनको लागि दायक कमिटी परिषद गठन सम्बन्धि श्रद्धेय भन्तेज्यूको हस्तलिखित लेख, श्रद्धेय भन्तेज्यूको स्मरणमा नेपालभाषा, नेपाली भाषा र अंग्रजी भाषामा लेखिएका १३० वटा लेखहरू संग्रह गरिएका छन् ।

श्रद्धेय भिक्षु ज्ञानपूर्णिक महास्थविरका बारेमा अध्ययन गर्न चाहनेहरू ।

भिक्षु सुमंगल महास्थविर

भिक्षु सुमंगल महास्थविर

यस स्मृति ग्रन्थमा दिवंगत भिक्षु सुमंगल महास्थविरकाे व्यत्तिगत विवरण सहित भिक्षुहरू, गुरूमांहरू, विभिन्न बाैद्ध विद्वान उपासक उपासिकाहरू, विहारहरूबाट उहाँकाे स्मृतिमा लेखिएकाे पत्रहरूलाई संग्रह गरिएकाे छ ।

भिक्षु सुमंगल महास्थविरकाे बारेमा अध्ययन गर्न चाहनेहरू ।

पवित्रबहादुर स्मृतिग्रन्थ

पवित्रबहादुर स्मृतिग्रन्थ

बुद्धशासनमा तन मन धनले सेवा गर्नुभएका एक श्रद्धावान् सेवक, बुद्धवचन त्रिपिटक ग्रन्थहरू नेपाल भाषा र नेपाली भाषामा प्रकाशन कार्यमा लागि पर्नुभएका, बिभिन्न विहार निर्माण तथा जिर्णाेद्वारकाे कार्यमा अग्रणी भूमिका निर्वाह गर्नुहुने, ललितपुरमा बुद्धजयन्ती मनाउने काेषका संस्थागत ब्यक्त्तित्त्व, प्रत्येक बर्ष गुलाँ धर्म देशनाका निम्ति सकृय व्यवस्थापक, बिभिन्न धार्मिक सामाजिक संघ संस्था विहारकाे जिम्मेवार पदाधिकारी र आजीवन सदस्य, श्रामणेरहरू, भिक्षुहरूलाई प्रब्रजित गर्नमा सहयाेग गर्ने देखि बिदेशमा अध्ययन गर्नका लागि आवश्यकता अनुसार सहयाेग गर्ने, गरीबगुरुवाहरूकाे निम्ती करुणावान र निस्वार्थ समाजसेवी प्रातःस्मरणीय पवित्रबहादुर बज्राचार्यकाे पुण्य स्मृतिमा प्रकाशित यस स्मृतिग्रन्थमा श्रद्धेय भिक्षु, अनागारिका, बाैद्ध विद्वान र विभिन्न संघ सस्थाहरूबाट प्राप्त श्रद्धासुमनलाई संकलन गरी प्रस्तुत गरिएका

बुद्धशासनका एक श्रद्धावान् उपासक पवित्रबहादुर बज्राचार्यकाे बारेमा अध्ययन गर्न चाहनेहरू ।

त्रिपिटक ज्ञान कक्षा स्मारिका

त्रिपिटक ज्ञान कक्षा स्मारिका

107

बि‍‍ सं २०६१ सालमा बाैद्धग्रन्थ त्रिपिटककाे माध्यमबाट बुद्धशिक्षा अध्यापन गर्नकाे लागि “त्रिपिटक ज्ञानकक्षा” नाम दिई प्रत्येक शनिवार दुई घण्टाकाे अध्यापन गर्ने गरी कक्षा शुरू गरिएकाे थियाे । यसकक्षाकाे प्रथम बर्षकाे ३ बर्ष पूर्णाबधिपश्चात बिद्यार्थीहरूलाई प्रमाणपत्र वितरण समाराेह आयाेजनाकाे उपलक्ष्यमा त्यस कक्षामा सम्मिलत बिद्यार्थीहरूले रचना गरिएका बिभिन्न १७ वटा लेखहरू समावेश गरि याे स्मारिका प्रकाशित गरिएकाे थियाे । यसमा त्रिपिटकमा उल्लेखित लेखहरूलाई बिभिन्न शिर्षक दिएकाे छ । जसमा पूर्ण भिक्षुकाे हिम्मतकाे कथा, शील र प्रज्ञाकाे उपदेश, धर्मचत्रपवर्तन, सुखमय जीवन, शाक्यकुलकाे उत्पत्तिबारेमा आदि विषयका बारेमा उल्लेख गरिएका छन् ।

त्रिपिटकमा उल्लेखित केही बिषयकहरुका बारेमा अध्ययन गर्न चाहानेहरू ।

अन्तरराष्ट्रिय बाैद्ध भावना केन्द्र रजत महाेत्सव स्मारिका

अन्तरराष्ट्रिय बाैद्ध भावना केन्द्र रजत महाेत्सव स्मारिका

अन्तरराष्ट्रिय बाैद्ध भावना केन्द्रकाे रजत महाेत्सवकाे उपलक्ष्यमा प्रकासित यस पुस्तकमा राष्ट्रिय अन्तरराष्ट्रिय संघ संस्थाहरू तथा कुटनीतिक नियाेगहरुबाट प्राप्त शुभकामना सन्देशहरु, भावना केन्द्रकाे इतिहास, परिचय, गतिबिधीहरु, बिभिन्न ब्यक्त्तित्वहरुबाट रचित बुद्धधर्मसंग सम्बन्धित लेख, रचना, ध्यान भावनाका अनुभवहरू तथा स्मरणिय लेखहरू तथा कविताहरू रहेका छन् ।

अन्तरराष्ट्रिय बाैद्ध भावना केन्द्रकाे गतिबिधी तथा ध्यान भावना सम्बन्धि जानकारी हासिल गर्न चाहनेहरू ।