धम्मको पद वा मार्ग, वाक्य, उपदेशको संग्रहलाई नै धम्मपद भनिन्छ। यसलाई बुद्ध वचन वा बुद्धशिक्षाको रूपमा लिइन्छ। बुद्धले विभिन्न समयमा, विभिन्न स्थानमा, विभिन्न प्रसंगमा र विभिन्न व्यक्तिहरूको सन्दर्भमा दिनुभएका गहकिला, खँदिला र अत्यन्त व्यावहारिक कुराहरू यसमा संग्रहित छन्। यसभित्र व्यावहारिक उदाहरण प्रशस्तै पाइन्छन्, जसलाई साधारण भन्दा साधारण मानिसले पनि सजिलै बुझ्न सक्छन् । बौद्ध साहित्यको सबभन्दा बढी लोकप्रिय ग्रन्थ मानिने यस धम्मपदमा शील, समाधि, प्रज्ञा, निर्वाण आदिको बडो सुन्दर वर्णन पाइन्छ, जसलाई पढी अद्भूत संवेग, धर्मरस, शान्ति, ज्ञान र सांसारिक अनित्यताको अनुभूति गराउँछ ।
मूल पानल, खस नेपालीमा अथग, रोमन पानल र अंग्रजी भावानुवाद सनहतको यस पुस्तक बुद्ध शिक्षाप्रति रुचि राख्ने सम्पूणग विद्यार्थी, शिक्षक, अभिभावक लगायतलाई उपयोगी हुन सक्छ ।