नेपाल भाषा

संसारया स्वापु

संसारया स्वापु

23

यस पुस्तकमा माया र माेहकाे जालाेबाट मनलाइ छुटाउन सकिएन भने जति सुकै पुण्य गरेपनि अन्तिमकाे चित्त (च्युति चित्त) मा माेह भएमा गति राम्राे हुदैन अगतिमा जन्म हुन्छ । भन्ने विषयलाइ कथात्मक रूपमा प्रस्तुत गरिएकाे छ । राम्राे विचारले आयु बृद्धि हुन्छ भन्ने विषयकाे पनि कथात्मक प्रसङ्ग प्रस्तुत गरिएकाे छ ।

सम्म्पुर्ण व्यक्तिहरूकाे लागी उपयाेगी ।

गाेण पेत वत्थु

गाेण पेत वत्थु

23

यस पुस्तकमा गाेण प्रेत वस्त्रु कथा सहित चतुरार्य सत्यकाे व्याख्या, आर्यमार्गकाे संक्षिप्त व्याख्या, सुजात कथा र धम्मपदका केही कथा समावेश गरिएकाे छ । यसमा अनित्य (एक दिन सबै जनाकाे मृत्यू हुन्छ) का कुराहरू, धर्माचरण गर्ने दानीकाे लागी परलाेकमा पनि स्वागत गर्ने कुरा सहित सबै भन्दा ठुलाे दान धर्मदान हाे भन्ने विषयमा संक्षिप्त कथासहित प्रस्तुत गरिएकाे छ ।

सम्पुर्ण व्यक्तिहरूकाे लागी उपयाेगी ।

बुद्ध धर्म आचरण सम्बन्धी वार्तालाप

बुद्ध धर्म आचरण सम्बन्धी वार्तालाप

67

यस पुस्तकमा बुद्ध धर्म आचरण सम्बन्धी वार्तालाप स्व. सरला अमात्य (काेविद) र डा. सुनन्दकाे बिचमा भएकाे वार्तालाप यसमा समावेश भएकाे छ । नेपालमा भिक्षु, श्रामणेर, उपासक, उपासिका र अनागारिकाहरूकाे आचरणमा भएकाे सही गलत के कस्ताे छ र कुन उपयुक्त छ भन्ने विषयमा छलफल भएकाे पाइन्छ ।

धर्मप्रेमी श्रद्धावान, त्यागी तथा गृहस्थ उपासक, उपासिकाहरूकाे लागी उपयाेगी।

बुद्ध जयन्ति (२५१०)

बुद्ध जयन्ति (२५१०)

यस पुस्तकमा ३ वटा भाषामा बुद्ध पूर्णिमाकाे महत्व, पञ्चशील, चार आर्यसत्य र आर्यअष्टाङ्गिक मार्गकाे विषयमा लेखिनुकाे साथै संक्षिप्त स्वयम्भू इतिहास पनि यसमा समावेश गरिएकाे छ ।

बुद्ध जयन्ति र संक्षिप्त स्वयम्भू इतिहास जान्न चाहनेहरूकाे लागी उपयाेगी ।

बुद्धया सत्उपदेश

बुद्धया सत्उपदेश

59

यस पुस्तकमा भगवान बुद्धकाे चार वटा सतउपदेशहरू संग्रह गरिएकाे छ । श्रद्धामा प्रवजित भएका मध्ये एतदग्ग प्राप्त राष्ट्रपालकाे जीवनी, वीर्य एतदग्ग प्राप्त भिक्षुणी साेणा स्थविरकाे कथा, छाेरा बुहारीले हेपेकाे ब्राम्हणलाइ भगवानले दिनु भएकाे उपदेशका सहित उरग जातक पनि यसमा समावेश भएकाे छ । श्रद्धा, वीर्य, धर्म र बुद्धिमताका कुराहरूलाइ यसमा सरल र स्पष्ट रूपमा प्रस्तुत गरिएकाे छ ।

सम्पुर्ण मानिसहरूकाे लागी उपयाेगी

बुद्धयात गथे म्हसीमेगु ?

बुद्धयात गथे म्हसीमेगु ?

121

यस पुस्तकमा बुद्धत्व प्राप्ति देखि धर्म प्रचार प्रसारका विषयवस्तुलाइ समेटिएकाे पाइन्छ । पालि श्लाेकसहित व्याख्यात्मक रूपमा सारिपुत्र र माैदगल्यानकाे प्रवज्या सम्मलाइ कथात्मक रूपमा समेटिएकाे छ ।

बाेधिज्ञान प्राप्तिसहितकाे बुद्ध जीवनी जान्न चाहनेहरूकाे लागी उपयाेगी ।

श्यामावती

श्यामावती

104

यस पुस्तकमा धम्मपद अट्ठकथा अन्तर्गतकाे श्यामावतीकाे कथालाइ प्रस्तुत गरिएकाे छ । द्वेष चित्तले नराम्राे फल दिने र सत्य अंहिसा र मैत्री भावनाकाे राम्राे फलसहित कर्म र विपाककाे कुरालाइ राम्राेसंग देखाइएकाे पाइन्छ ।

कर्मफल र विपाककाे विषयमा जान्न चाहने सबै मानिसहरूकाे लागी उपयाेगी ।

त्रिरत्नया गुण व आनिशंस

त्रिरत्नया गुण व आनिशंस

83

यस पुस्तकमा मातिका माताकाे कथा, ध्यान भावना विधि, जातक कथा, मरणानुस्मृति भावना, त्रिसरणगमनकाे आनिशंस र नव बुद्ध गुणसहित भय अन्तराय हटाउने पाठ र भावना विधि,आठवटा संवेग, पट्ठानपालि सहित विविध विषयवस्तु समावेश गरिएकाे छ ।

बुद्ध धर्म र संघप्रति श्रद्धावान उपासक उपासिकाहरूकाे लागी उपयाेगी ।

बुद्ध धर्म छु खः ?

बुद्ध धर्म छु खः ?

65

बुद्ध धर्म छु खः ? यस पुस्तकमा ध्यान गुरू उ वा खिनकाे प्रवचनलाइ अनुवाद गरिएकाे छ । बुद्ध धर्मलाइ अरूकाे भनाइमा नभइ अनुभव र ज्ञानले बुझ्नुपर्छ भन्ने कुरालाइ धम्मपदकाे आधारमा व्याख्या गरिएकाे छ । यसै गरी ३१ लाेक, र भद्रकल्पकाे विषयसहित, चार आर्यसत्य, आर्यअष्टाङ्गिक मार्ग र प्रतीत्यसमुत्पाद सम्मकाे व्याख्या र विश्लेषण सरल भाषामा गरिएकाे छ ।

बुद्ध धर्मलाइ जीवन जीउने कलाकाे रूपमा जान्न चाहनेहरूकाे लागी।

मन शान्त जुइगुमार्ग

मन शान्त जुइगुमार्ग

74

यस पुस्तकमा चारवटा कथाहरूलाइ समावेश गरिएकाे छ । पटाचारा, कृशा गाैतमी, धम्मपाल र सहयायगुया सहजगुण यी चार वटा कथाकाे माध्यमबाट आफन्तकाे वियाेगमा धर्म गर्न, अनित्यताकाे ज्ञान धर्म र शीलले आयुबृद्धि तथा सहनशीलताकाे भावना वृद्धि गर्ने जस्ता विषयवस्तु समावेश गरिएकाे छ ।

समाजका सबै व्यक्तिहरूकाे लागी उपयाेगी ।

याेग्यताया कदर-बुद्ध

याेग्यताया कदर-बुद्ध

97

यस पुस्तकमा दान शील र भावनाकाे सानाे परिचय दिइएकाे छ। त्यसपछि भिक्षुहरू सक्क जनपदबासी राजकुमार नन्द,राजकुमार राहुल, भद्दीय, अनुरूद्ध, आनन्द, भगु, किम्बिल, उपाली आदि १४ वटा शिर्षकमा भिक्षुहरूकाे जन्म, गृहस्थजीवन, प्रवजित, मार्गफल, महत्वपुर्ण काम, एतदग्, पुर्वजन्ममा गरेकाे पुण्यसहित सरल र सहजरूपमा प्रस्तुत गरिएकाे छ।

भगवान बुद्धकाे समयका केही महत्वपुर्ण भिक्षुहरूकाे वर्तमान र पुर्वजन्मकाे बारेमा अध्यन गर्न चाहनेहरूकाे लागी उपयाेगी ।

विधुर जातक

विधुर जातक

थाइल्याण्डया बाैद्ध धर्म व नेपालीलिसेया स्वापू

थाइल्याण्डया बाैद्ध धर्म व नेपालीलिसेया स्वापू

85

यस पुस्तकमा थाइल्याण्डकाे बुद्ध धर्म, बाैद्ध सम्पदा चाडपर्वकाे विषयवस्तु सहित नेपालमा बाैद्ध धर्म प्रचार गर्न प्रमुखदेन दिनुभएकाे संघराजा साेमदेत फ्रा. ञानसम्बरकाे याेगदानकाे बिषयमा उल्लेख भएकाे पाइन्छ । उँहाकाे नै याेगदान स्वरूप नेपाली भिक्षु, श्रामणेर र अनागारिकाहरू थाइलयाण्डमा बुद्ध शिक्षा अध्यन गर्ने अवसर सहित थाइल्याण्ड र नेपाल बिचकाे सुमधुर सम्बन्धकाे विषयमा प्रस्तुत गरिएकाे छ ।

थाइल्याण्ड र नेपाल बिचकाे धार्मिक सम्बन्धकाे विषयमा अध्यन गर्न चाहनेहरूकाे लागी ।

शिक्षा (भाग ४)

शिक्षा (भाग ४)

61

यस पुस्तकमा व्यहारिक जीवनका घटना, सानै देखिकाे स्वभाव, राम्राे उपदेश पाएका चाेर पनि साधु बन्ने, आदि विभिन्न ज्ञानका कुराहरू कथात्मक रूपमा प्रस्तुत गरिएकाे छ ।

गृहस्थ र त्यागी सबैकाे लागी उपयाेगी ।

प्रतीत्यसमुत्पाद सिद्धान्त

प्रतीत्यसमुत्पाद सिद्धान्त

14

यस पुस्तकमा प्रतीत्यसमुत्पादकाे सिद्धान्तलाइ व्यवहारिकरूपमा राम्राेसंग व्याख्या गरिएकाे छ ।

बुद्धकाे उपदेश अन्तर्गत पञ्चस्कन्धकाे सत्य ज्ञान र प्रतीत्यसमुत्पादकाे सिद्धान्त लाइ जान्न चाहनेहरूकाे लागी उपयाेगी ।

बुद्ध वचनामृत (भाग ३)

बुद्ध वचनामृत (भाग ३)

44

यस पुस्तकमा संक्षिप्त रूपमा सुत्रपिटक अन्तरर्गत सद्धर्मका कुराहरू कथासहित उल्लेख गरिएकाे छ ।

सुत्रपिटकलाइ साधारण रूपमा जान्न चाहनेहरूकाे लागी उपयाेगी