नेपाली

धम्म डिजिटल विवरणमाला – १

धम्म डिजिटल विवरणमाला – १

412

बुद्धधर्मका अनमोल पुस्तकहरुलाई डिजिटलाइज गरी जगेर्ना गर्न र वेवसाइट मार्फत सर्वसाधारणको पहुँचमा पुर्‌याउने उदेश्य लिई Dhamma.digital वेवसाइटमा प्रविष्ट गरीएका पुस्तकहरुको नामावली सहित संक्षिप्त विवरणहरुको सूचिकृत प्रस्तुत गरीएका छन् ।

Dhamma.digital वेवसाइटमा संकलित पुस्तकहरुको विवरणका बारेमा जान्न चाहनेहरू ।

अभिधर्मार्थ संग्रह

अभिधर्मार्थ संग्रह

258

भगवान् बुद्धले साताैं बर्षावासको समयमा श्रावस्ती नगरको कण्डम्ब बृक्षमूलमा तीर्थंकर दमनार्थ यमक प्रातिहार्य प्रदर्शनपछि तीन पाइला चालेर तावतिंस देवलोकमा देवब्रह्माहरुलाई बर्षाबास तीन महिनासम्म लगातार निरन्तरता दिइ देशना गर्नु भएको गम्भिराती गम्भिर मनोबैज्ञानिक धर्मको बिश्लेशण र विवेचना गरीराखेको धर्मस्कन्धको संगालो त्रिपिटकको तेस्रो पिटक अभिधर्म हो । यसमा चित्त, चैतसिक, रुप र निर्वाणका बिषयलाई नौ वटा काण्डमा विभाजन गरी परमार्थ धर्म, प्रज्ञप्ति धर्म, नामरुप धर्म, समुच्चय धर्म, ध्यानकाे कर्मस्थान, बोधिपक्षिय धर्म, प्रतित्यसमुत्पाद आदि बिषयमा बिस्तृत रुपमा व्याख्या गरि प्रस्तुत गरिएका छन् ।

भगवान् बुद्धको मनोबैज्ञानिक धर्मलाई बिस्तृत रुपमा अध्ययन गर्न चाहनेहरू ।

पायासि सूत्र (पायासि राजन्य सूत्र)

पायासि सूत्र (पायासि राजन्य सूत्र)

43

नेपालका साताैं संघनायक श्रद्धेय ज्ञानपूर्णिक भन्तेज्यूको पहिलाे अनुवाद पुस्तक “पायसि राजन्य सूत्र” जसमा पायसि राजाले परलाेकका बारेमा राखेको जिज्ञासामा भिक्षु कुमार काश्यप महास्थविरले उत्तर दिनु भएको बिषयमा सूत्रकाे आधारमा प्रस्तुत गरिएको छ ।

परलोक छ छैन् भन्ने बिषयमा जान्न चाहनेहरू ।

बुद्ध र उहाँकाे शिक्षा बुझ्नैपर्ने केहि कुराहरू

बुद्ध र उहाँकाे शिक्षा बुझ्नैपर्ने केहि कुराहरू

140

बुद्धकाे संक्षिप्त जीवनी, बुद्ध धर्मका मौलिकताहरू, बुद्धकालिन कथा, मृत्युपर्यन्त मानिसहरूकाे गति, चतुआर्य सत्य र यसको महत्त्व, आर्यअष्टाङ्गिक मार्ग, धम्मिक सूत्र, चंक्रमण, राजा अजात शत्रु र श्रामण्यफल सूत्र आदि शिर्षकका लेखहरु समावेश गरिएका छन् ।

भगवान् बुद्धको जीवनी र उपदेशहरुकाे संक्षिप्तमा अध्ययन गर्न चाहनेहरू ।

बाैद्ध संस्कृति

बाैद्ध संस्कृति

270

बुद्ध, बुद्धधर्म, बाैद्ध साहित्य र बाैद्ध इतिहास आदि विषय बस्तुका बारेमा बिभिन्न पत्रपत्रिकाहरु, स्मारिकाहरु र संगाेष्ठी पुस्तिकाहरुमा छापिएका लेख रचनाहरुबाट ३६ वटा लेखरचनाहरुलाई सम्पादन गरिएका छन् । जस्तैः बुद्धः पालि र संस्कृत वाङ्गमयमा, बुद्ध र बद्धधर्म, बुद्धधर्मका मूलभूत विशेषताहरु, बौद्ध दृष्टिमा अहिंसा, बौद्ध संस्कृतिमा रक्तदान, नेपाल उपत्यकामा बुद्ध धर्म आदि शिर्षकका लेखहरु समावेश गरिएका छन् ।

बाैद्ध साहित्य र इतिहासकाे बारे अध्ययन गर्न चाहनेहरु ।

मिलिन्द-प्रश्न

मिलिन्द-प्रश्न

335

बौद्ध साहित्यमा त्रिपिटक ग्रन्थ जत्तिकै प्रामाणिक एक ग्रन्थ हाे । यसमा बैक्टरियाका ग्रीकराजाहरूमध्ये प्रतापवान राजा मिलिन्द र भिक्षु नागसेनको पूर्वजन्मको कथा देखि भिक्षु नागसेन र राजा मिलिन्द बिच भएको शास्त्रार्थलाई प्रस्तुत गरि अन्तमा राजा मिलिन्द भिक्षु बनि अर्हत-पद प्राप्त गरेको वर्णन गरिएकाे छ । यसमा बाहिरी कथा अन्तर्गत नागसेन र राजा मिलिन्दको पूर्वजन्मदेखि उनीहरू बिचको पहिलाे भेटसम्मका बारेमा उल्लेख गरीएका छन् । दोस्रो खण्डमा मिलिन्द-प्रश्न, मेन्डक प्रश्न, अनुमान प्रश्न, उपमाकथा प्रश्न आदि शिर्षक अन्तर्गत बिभिन्न वर्गहरूमा भिक्षु नागसेन र राजा मिलिन्द बिच भएका प्रश्न-उत्तरलाई प्रस्तुत गरिएका छन् ।

बुद्धशिक्षाका बारेमा बिभिन्न उपमाद्वारा अध्ययन गर्न चाहनेहरू ।

विशुद्धिमार्ग

विशुद्धिमार्ग

640

त्रिपिटक-सार संक्षेप ग्रन्थका रूपमा सुपरिचित आचार्य बुद्धघोषकृत विशुद्धिमार्गलाई भिक्षु धर्मरक्षितद्वारा हिन्दी भाषामा अनुवादितलाई आधारभूत बनाई भिक्षु ज्ञानामोलिद्वारा अनुदित The Path of Purification को सहयोग लिई अनुवाद तथा संम्पादन गरीएको, आचार्य बुद्धघोषको पालि साहित्यको अमूल्य ग्रन्थ विशुद्धिमार्ग हो । बौद्धदर्शनकाे विवेचनात्मक गवेषणसहित योगाभ्यासको प्रारम्भिक अवस्था देखि लिएर सिद्धिसम्मको सारा विधिहरू उल्लेख गरिएका छन् । यसमा पहिलो परिच्छेदमा शील निर्देशबाट शुरू गरी तेइसौं परिच्छेदमा प्रज्ञाभावनाको आनिशंस निर्देश र निगमनलाई प्रस्तुत गरिएका छन् ।

बुद्धधर्म प्रेमी सम्पूर्ण पाठकहरू ।

अमूल्य धन

अमूल्य धन

86

मैत्री, करुणा, मुदिता, श्रद्धाधन, शिलधन, लज्जा र भय, श्रुतधन, धर्मको कुराले चोरको मन बदल्यो, धेरैमन परेकोले दुःख, त्यागधन, प्रज्ञाधन आदी बिबिध बिषयहरूका बारेमा उल्लेख गरिएकाछन् ।

बुद्धशिक्षाको बिबिध बिषयका बारेमा अध्ययन गर्न इच्छुकहरू ।

आनन्दकुटी विहार गुठीकाे प्रकाशन पुस्तक सूचि र परिचय

आनन्दकुटी विहार गुठीकाे प्रकाशन पुस्तक सूचि र परिचय

38

त्रिपिटक विशारद डा. आचार्य अमृतानन्द महास्थविरले बि.सं. २०२८ सालमा बुद्धकालीन ग्रन्थहरू बुद्धकालका पालि भाषामा उल्लिखित त्रिपिटक साहित्यको अनुवाद तथा सम्पादन गर्नु भएको थियाे । आनन्दकुटी विहारगुठीबाट प्रकाशित बुद्धकालीन ग्रन्थहरू र अन्य ग्रन्थहरुको सुचिका साथै ती ग्रन्थहरुमा समावेश भएका बिषयहरूको संक्षिप्त परिचय समेत प्रस्तुत गरिएका छन् ।

आनन्दकुटी विहार गुठीद्वारा प्रकाशित पुस्तकहरूकाबारे जिज्ञासा राख्नेहरू ।

आमाबुवाकाे सेवा

आमाबुवाकाे सेवा

62

भगवान् बु्द्धकाे समयमा घटेकाे घट्ना र प्रसंग सहित आमा बुबाकाे सेवा गर्दाको फल र विपाकसँग सम्बन्धित बिबिध १९ वटा शिर्षक जस्तैः आमाबुबाको अर्थ, आमाबुबा नै ब्रह्मा, मातृ-ममता आमाबुबा नै पूर्वाचार्य, आमाबुबाको सेवाबाट सुगति, राहुलको आदर्श आदी प्रस्तुत गरिएका छन् ।

सबै वर्गकाे लागि उपयाेगी ।

असल शिक्षा  भाग-८

असल शिक्षा भाग-८

52

धर्मकीर्ति र आनन्दभूमि पत्रिकामा छापिएका केहि लेखहरू र अन्य ८ वटा ज्ञानवर्दक र जीवन उपयाेगी बिषय बस्तुहरूलाई घट्नाक्रमसंग समेटिएका उन्नतिकाे उपाय, नराम्राे संस्कार बदल्न सकेमा मानिस असल बन्न सक्छ, विशेष गुणले सम्पन्न याेग्य गुरू, मन बलियाे हुनु पर्छ आदि लेखहरू समावेश गरिएका छन् ।

बुद्धधर्मकाे व्यावहारिक ज्ञान लिन चाहनेहरू ।

असल शिक्षा भाग-३

असल शिक्षा भाग-३

98

बुद्धकाे उपदेश धर्मकाे अर्थ, कर्म र कर्मफल जस्ता विविध शिक्षामूलक उपदेशलाई कथा र घट्नाक्रमसंग जाेडेर २१ वटा शिर्षक जस्तैः अज्ञानी युवक बाेध भयाे, बुद्धकाे विशेषता, बुद्धकाे शिक्षादिने शैली, अन्याय सहेर बस्नु झन् अन्याय हुन्छ, ज्ञान प्राप्त गर्नुकाे अर्थ बाेध हुनु हाे, अष्टलाेक धर्म, धर्म र कर्तब्य, धर्म केहाे ?, आदि लेखरचनाहरू समावेश गरिएका छन् ।

बुद्धधर्मकाे व्यावहारिक ज्ञान लिन चाहनेहरू ।

धर्म उपदेश भाग-१

धर्म उपदेश भाग-१

103

स्व. श्री दुर्गादास रंजितकाे संक्षिप्त जीवनी सहित बुद्ध उपदेशहरूलाई व्यवहारिक जीवन उपयाेगि विषयबस्तु, घटना, कथा सहित विभिन्न शिर्षक जस्तै सत्यवादिता, सत्य कुरा गर्ने विधि, हरित तपस्वीकाे चरित्र, लाेभ, द्वेश, मोह कम गर्ने विधि, ध्यान भावना किन गर्नुपर्छ, शील उन्नतिकाे बाटाे आदि १९ वटा लेखहरूमा उल्लेख गरि प्रस्तुत गरिएका छन् ।

बुद्धधर्मकाे व्यावहारिक ज्ञान लिन चाहनेहरू ।

असल शिक्षा  भाग-७

असल शिक्षा भाग-७

66

भगवान् बुद्धकाे उपदेश शील, पुण्य, अकुशललाई कथा र उदाहरण सहित, आशिर्वादकाे अर्थ, बुद्धधर्म र पञ्चशील, क्लेश र नीवरण, मनुष्यकाे महत्व, भिक्षु जीवन सजिलाे छैन, बुद्धशासन लाेप हुने लक्षण, ईर्ष्या, महिलाकाे विवेक बुद्धि, आदि विविध शिर्षकमा व्यवहारिक उपदेशलाई समावेश गरिएकाे छ ।

बुद्ध उपदेशलाई व्यवहारिक रूपमा अध्ययन गर्न चाहनेहरू ।

असल शिक्षा भाग-२

असल शिक्षा भाग-२

100

बुद्धकालीन उपदेश र घट्नाहरूलाई समय सान्दर्भिक व्यवहारिक विभिन्न शिर्षक जस्तै गृहस्थी जीवन सफल हुने धर्म मार्ग, मानिसकाे महत्व बढ्ने दुइवटा गुण धर्म, उन्नतिकाे बाटाे कुन हाे ?, बुद्धमार्गी कसरी मूर्ति पूजक बने, अज्ञानी भिक्षु बाेध भयाे, आफ्नाे मालिक आफै हाे आदि बिभिन्न २३वटा लेखहरूलाई प्रस्तुत गरिएकाे छ ।

बुद्धकाे उपदेशलाई व्यवहारिक रूपमा अध्ययन गर्न चाहनेहरू ।

परियत्ति ज्याेति (बाैद्ध परियत्ति सम्बन्धी त्रैमासिक)

परियत्ति ज्याेति (बाैद्ध परियत्ति सम्बन्धी त्रैमासिक)

20

भिक्षु अनिरुद्ध महास्थविरकाे जीवनी, पटाचारा, जातक कथा (सिकाउने व्यक्तिले आफै सिक्नुपर्छ), कविता, नानीमैंया मानन्धरसंगकाे अन्तर्वाता, परियत्ति गतिविधि समावेश गरिएकाे छ ।

बुद्धशिक्षा र बाैद्ध गतिविधिका बारे अध्ययन गर्न चाहनेहरू ।