नेपाली

सम्यक् संस्कार

सम्यक् संस्कार

अप्रमाद जीवन पद्धति, बुद्धकालिन संस्कृति, बौद्ध संस्कार, बौद्ध पर्व र बिबिध संस्कार, पालि शब्दहरू, सम्यक पाठ, चार आरक्षा भावना, परित्राण सूत्रहरु, सतिपट्ठान सूत्र, बिभिन्न बौद्ध गीतहरू, संक्षिप्त अभिधर्म, धम्मपदका बिभिन्न वर्गहरू, भिक्षु प्रातिमोक्ष, भिक्षुणी प्रातिमोक्ष, बुद्ध शिक्षा सम्बन्धि बिबिध बिषयहरू समेटिएर प्रस्तुत गरिएका छन् ।

बुद्धशिक्षाका बारेमा अध्ययन गर्न जान्न चाहनेहरू ।

बुद्धपूजा, मैत्री भावना र स्मरणिका कविता

बुद्धपूजा, मैत्री भावना र स्मरणिका कविता

44

स्मृतिपूर्वक सतिपट्ठान विपस्सना ध्यान अभ्यास शिविर भईरहेको अवधिमा ध्यान योगीहरुले पालन गर्नुपर्ने शील प्रार्थना, बुद्धपूजा, मैत्रीभावना, भोजन गर्ने बेलामा प्रत्यवेक्षण गर्नुपर्ने पिण्डपात पच्चवेक्खण, महोपकारक महाशी सयादोको ओवाद स्मरणिका कविता र योगीहरूले पालन गर्नुपर्ने नियम एवं समय तालिका समावेश गरिएक छन् ।

सतिपट्ठान विपस्सना ध्यान अभ्यास गर्दा अपनाउनु पर्ने नियमहरूको बारेमा जान्न चाहनेहरू ।

अनागारिका ञाणशीला स्मृतिग्रन्थ

अनागारिका ञाणशीला स्मृतिग्रन्थ

176

चिर सम्मानित, मितभाषी, कुशल धर्मप्रेरिका नेपालको थेरवाद बुद्धसासन प्रचार प्रसार र चिरस्थायीको लागि अतुलनिय योगदान पुर्याउन हुने बिदूषी मध्ये एक श्रद्धेय ञाणशीला गुरूमांकाे संक्षिप्त जीवनी सहित भन्ते, गुरूमां, उपासक तथा उपासिकाहरूबाट उहाँकाे गुणानुस्मरण सहितका लेखहरू समावेश गरिएका छन् ।

श्रद्धेय ञाणावती गुरूमांकाे जीवनीका बारे अध्ययन गर्न चाहनेहरू ।

श्री शाक्यसिंह परियत्ति तथा प्रौढ शिक्षालय स्वर्ण स्मारिका

श्री शाक्यसिंह परियत्ति तथा प्रौढ शिक्षालय स्वर्ण स्मारिका

श्री शाक्यसिंह विहारमा परियत्ति तथा प्रौढ शिक्षा स्थापनाको स्वर्ण जयन्तीको उपलक्ष्यमा प्रकाशित यस स्मारिकामा श्री शाक्यसिंह विहारकाे स्थापनाऽ, विहारमा आवासिय भन्तेज्यूहरुको जीवनी, विहार स्थापना समय देखिकाे गतिविधीहरू, संरक्षक सदस्यहरूको नामावली आदी विविध गतिविधीहरूको जानकारीका, परियत्ति शिक्षाको गतिविधीहरूका साथै बुद्ध शिक्षासंग सम्बन्धि शिक्षामुलक लेखहरू जस्तैः विपस्सना ध्यानको प्रादुर्भाव, जातिभेद अन्त्यया नितिं बुद्ध धर्म, जीवन आफै रचना गर्न सकिन्छ, बुद्ध शिक्षा व समाज सेवा, तृष्णा सम्पूर्ण दुःखया मूल कारण, शान्ति नायक भगवान् बुद्ध एक महान वैज्ञानिक, बिकृति हटाउने परियत्ति शिक्षा, बुद्ध व परियत्ति शिक्षा, कलाकारको दृष्टिमा पञ्चबुद्ध, Buddhist view of anger management, How Pariyatti Shiksha inspired me to study nursing आदि शिर्षकका

श्री शाक्यसिंह विहार र त्यस विहारबाट परियत्ति शिक्षामा पुर्याउदै आएका याेगदानक बारेमा जानकरी लिन चाहनेहरू ।

शाक्यमुनि बुद्धका स्मारक

शाक्यमुनि बुद्धका स्मारक

120

नेपालका सुख्यातिप्राप्त बौद्ध विद्वान्, इतिहासकार, प्रबुद्ध लेखक, प्रवचक, शिक्षक, प्रशिक्षक, नेतृत्त्व निर्देशक तथा निर्भिक बैचारिक राजनीतिका ज्ञाता श्री भुवनलाल प्रधानद्वारा लेखिएका लेखहरूलाई बिभिन्न पत्रिकाहरूबाट संग्रह गरिएको छ । बुद्धका ४५ बर्षावासहरूको विवरणलाई “बुद्धका बर्षावासहरु” शिर्षकमा “भगवान् बु्द्धको दिनचर्या, “बोधिबृक्षको झझल्को”, “बु्द्ध अस्थिको इतिहास”, “बुद्धका स्मरणीय ठाउँ र बस्तुहरु”, “बुद्ध सम्बन्धी ऐतिहासिक मिति”, “त्रिपिटकको लिपिबद्धीकरण”, “स्तूप-चैत्य अन्तर्गत चैत्यको किसिम र महायानी प्रभाव”, “बुद्धका देनहरु”, “बुद्ध-धर्मको एक किरण” आदि शिर्षकका लेखहरू समावेश गरिएका छन् ।

बुद्ध धर्मका बिबिध पक्षहरुको बारेमा अध्ययन गर्न चाहनेहरू ।

धम्म डिजिटल विवरणमाला – १

धम्म डिजिटल विवरणमाला – १

412

बुद्धधर्मका अनमोल पुस्तकहरुलाई डिजिटलाइज गरी जगेर्ना गर्न र वेवसाइट मार्फत सर्वसाधारणको पहुँचमा पुर्‌याउने उदेश्य लिई Dhamma.digital वेवसाइटमा प्रविष्ट गरीएका पुस्तकहरुको नामावली सहित संक्षिप्त विवरणहरुको सूचिकृत प्रस्तुत गरीएका छन् ।

Dhamma.digital वेवसाइटमा संकलित पुस्तकहरुको विवरणका बारेमा जान्न चाहनेहरू ।

अभिधर्मार्थ संग्रह

अभिधर्मार्थ संग्रह

258

भगवान् बुद्धले साताैं बर्षावासको समयमा श्रावस्ती नगरको कण्डम्ब बृक्षमूलमा तीर्थंकर दमनार्थ यमक प्रातिहार्य प्रदर्शनपछि तीन पाइला चालेर तावतिंस देवलोकमा देवब्रह्माहरुलाई बर्षाबास तीन महिनासम्म लगातार निरन्तरता दिइ देशना गर्नु भएको गम्भिराती गम्भिर मनोबैज्ञानिक धर्मको बिश्लेशण र विवेचना गरीराखेको धर्मस्कन्धको संगालो त्रिपिटकको तेस्रो पिटक अभिधर्म हो । यसमा चित्त, चैतसिक, रुप र निर्वाणका बिषयलाई नौ वटा काण्डमा विभाजन गरी परमार्थ धर्म, प्रज्ञप्ति धर्म, नामरुप धर्म, समुच्चय धर्म, ध्यानकाे कर्मस्थान, बोधिपक्षिय धर्म, प्रतित्यसमुत्पाद आदि बिषयमा बिस्तृत रुपमा व्याख्या गरि प्रस्तुत गरिएका छन् ।

भगवान् बुद्धको मनोबैज्ञानिक धर्मलाई बिस्तृत रुपमा अध्ययन गर्न चाहनेहरू ।

पायासि सूत्र (पायासि राजन्य सूत्र)

पायासि सूत्र (पायासि राजन्य सूत्र)

43

नेपालका साताैं संघनायक श्रद्धेय ज्ञानपूर्णिक भन्तेज्यूको पहिलाे अनुवाद पुस्तक “पायसि राजन्य सूत्र” जसमा पायसि राजाले परलाेकका बारेमा राखेको जिज्ञासामा भिक्षु कुमार काश्यप महास्थविरले उत्तर दिनु भएको बिषयमा सूत्रकाे आधारमा प्रस्तुत गरिएको छ ।

परलोक छ छैन् भन्ने बिषयमा जान्न चाहनेहरू ।

बुद्ध र उहाँकाे शिक्षा बुझ्नैपर्ने केहि कुराहरू

बुद्ध र उहाँकाे शिक्षा बुझ्नैपर्ने केहि कुराहरू

140

बुद्धकाे संक्षिप्त जीवनी, बुद्ध धर्मका मौलिकताहरू, बुद्धकालिन कथा, मृत्युपर्यन्त मानिसहरूकाे गति, चतुआर्य सत्य र यसको महत्त्व, आर्यअष्टाङ्गिक मार्ग, धम्मिक सूत्र, चंक्रमण, राजा अजात शत्रु र श्रामण्यफल सूत्र आदि शिर्षकका लेखहरु समावेश गरिएका छन् ।

भगवान् बुद्धको जीवनी र उपदेशहरुकाे संक्षिप्तमा अध्ययन गर्न चाहनेहरू ।

बाैद्ध संस्कृति

बाैद्ध संस्कृति

270

बुद्ध, बुद्धधर्म, बाैद्ध साहित्य र बाैद्ध इतिहास आदि विषय बस्तुका बारेमा बिभिन्न पत्रपत्रिकाहरु, स्मारिकाहरु र संगाेष्ठी पुस्तिकाहरुमा छापिएका लेख रचनाहरुबाट ३६ वटा लेखरचनाहरुलाई सम्पादन गरिएका छन् । जस्तैः बुद्धः पालि र संस्कृत वाङ्गमयमा, बुद्ध र बद्धधर्म, बुद्धधर्मका मूलभूत विशेषताहरु, बौद्ध दृष्टिमा अहिंसा, बौद्ध संस्कृतिमा रक्तदान, नेपाल उपत्यकामा बुद्ध धर्म आदि शिर्षकका लेखहरु समावेश गरिएका छन् ।

बाैद्ध साहित्य र इतिहासकाे बारे अध्ययन गर्न चाहनेहरु ।

मिलिन्द-प्रश्न

मिलिन्द-प्रश्न

335

बौद्ध साहित्यमा त्रिपिटक ग्रन्थ जत्तिकै प्रामाणिक एक ग्रन्थ हाे । यसमा बैक्टरियाका ग्रीकराजाहरूमध्ये प्रतापवान राजा मिलिन्द र भिक्षु नागसेनको पूर्वजन्मको कथा देखि भिक्षु नागसेन र राजा मिलिन्द बिच भएको शास्त्रार्थलाई प्रस्तुत गरि अन्तमा राजा मिलिन्द भिक्षु बनि अर्हत-पद प्राप्त गरेको वर्णन गरिएकाे छ । यसमा बाहिरी कथा अन्तर्गत नागसेन र राजा मिलिन्दको पूर्वजन्मदेखि उनीहरू बिचको पहिलाे भेटसम्मका बारेमा उल्लेख गरीएका छन् । दोस्रो खण्डमा मिलिन्द-प्रश्न, मेन्डक प्रश्न, अनुमान प्रश्न, उपमाकथा प्रश्न आदि शिर्षक अन्तर्गत बिभिन्न वर्गहरूमा भिक्षु नागसेन र राजा मिलिन्द बिच भएका प्रश्न-उत्तरलाई प्रस्तुत गरिएका छन् ।

बुद्धशिक्षाका बारेमा बिभिन्न उपमाद्वारा अध्ययन गर्न चाहनेहरू ।

विशुद्धिमार्ग

विशुद्धिमार्ग

640

त्रिपिटक-सार संक्षेप ग्रन्थका रूपमा सुपरिचित आचार्य बुद्धघोषकृत विशुद्धिमार्गलाई भिक्षु धर्मरक्षितद्वारा हिन्दी भाषामा अनुवादितलाई आधारभूत बनाई भिक्षु ज्ञानामोलिद्वारा अनुदित The Path of Purification को सहयोग लिई अनुवाद तथा संम्पादन गरीएको, आचार्य बुद्धघोषको पालि साहित्यको अमूल्य ग्रन्थ विशुद्धिमार्ग हो । बौद्धदर्शनकाे विवेचनात्मक गवेषणसहित योगाभ्यासको प्रारम्भिक अवस्था देखि लिएर सिद्धिसम्मको सारा विधिहरू उल्लेख गरिएका छन् । यसमा पहिलो परिच्छेदमा शील निर्देशबाट शुरू गरी तेइसौं परिच्छेदमा प्रज्ञाभावनाको आनिशंस निर्देश र निगमनलाई प्रस्तुत गरिएका छन् ।

बुद्धधर्म प्रेमी सम्पूर्ण पाठकहरू ।

अमूल्य धन

अमूल्य धन

86

मैत्री, करुणा, मुदिता, श्रद्धाधन, शिलधन, लज्जा र भय, श्रुतधन, धर्मको कुराले चोरको मन बदल्यो, धेरैमन परेकोले दुःख, त्यागधन, प्रज्ञाधन आदी बिबिध बिषयहरूका बारेमा उल्लेख गरिएकाछन् ।

बुद्धशिक्षाको बिबिध बिषयका बारेमा अध्ययन गर्न इच्छुकहरू ।

आनन्दकुटी विहार गुठीकाे प्रकाशन पुस्तक सूचि र परिचय

आनन्दकुटी विहार गुठीकाे प्रकाशन पुस्तक सूचि र परिचय

38

त्रिपिटक विशारद डा. आचार्य अमृतानन्द महास्थविरले बि.सं. २०२८ सालमा बुद्धकालीन ग्रन्थहरू बुद्धकालका पालि भाषामा उल्लिखित त्रिपिटक साहित्यको अनुवाद तथा सम्पादन गर्नु भएको थियाे । आनन्दकुटी विहारगुठीबाट प्रकाशित बुद्धकालीन ग्रन्थहरू र अन्य ग्रन्थहरुको सुचिका साथै ती ग्रन्थहरुमा समावेश भएका बिषयहरूको संक्षिप्त परिचय समेत प्रस्तुत गरिएका छन् ।

आनन्दकुटी विहार गुठीद्वारा प्रकाशित पुस्तकहरूकाबारे जिज्ञासा राख्नेहरू ।

आमाबुवाकाे सेवा

आमाबुवाकाे सेवा

62

भगवान् बु्द्धकाे समयमा घटेकाे घट्ना र प्रसंग सहित आमा बुबाकाे सेवा गर्दाको फल र विपाकसँग सम्बन्धित बिबिध १९ वटा शिर्षक जस्तैः आमाबुबाको अर्थ, आमाबुबा नै ब्रह्मा, मातृ-ममता आमाबुबा नै पूर्वाचार्य, आमाबुबाको सेवाबाट सुगति, राहुलको आदर्श आदी प्रस्तुत गरिएका छन् ।

सबै वर्गकाे लागि उपयाेगी ।

असल शिक्षा  भाग-८

असल शिक्षा भाग-८

52

धर्मकीर्ति र आनन्दभूमि पत्रिकामा छापिएका केहि लेखहरू र अन्य ८ वटा ज्ञानवर्दक र जीवन उपयाेगी बिषय बस्तुहरूलाई घट्नाक्रमसंग समेटिएका उन्नतिकाे उपाय, नराम्राे संस्कार बदल्न सकेमा मानिस असल बन्न सक्छ, विशेष गुणले सम्पन्न याेग्य गुरू, मन बलियाे हुनु पर्छ आदि लेखहरू समावेश गरिएका छन् ।

बुद्धधर्मकाे व्यावहारिक ज्ञान लिन चाहनेहरू ।