पालि

धम्मपद

धम्मपद

482

धम्मको पद वा मार्ग, वाक्य, उपदेशको संग्रहलाई नै धम्मपद भनिन्छ। यसलाई बुद्ध वचन वा बुद्धशिक्षाको रूपमा लिइन्छ। बुद्धले विभिन्न समयमा, विभिन्न स्थानमा, विभिन्न प्रसंगमा र विभिन्न व्यक्तिहरूको सन्दर्भमा दिनुभएका गहकिला, खँदिला र अत्यन्त व्यावहारिक कुराहरू यसमा संग्रहित छन्। यसभित्र व्यावहारिक उदाहरण प्रशस्तै पाइन्छन्, जसलाई साधारण भन्दा साधारण मानिसले पनि सजिलै बुझ्न सक्छन् । बौद्ध साहित्यको सबभन्दा बढी लोकप्रिय ग्रन्थ मानिने यस धम्मपदमा शील, समाधि, प्रज्ञा, निर्वाण आदिको बडो सुन्दर वर्णन पाइन्छ, जसलाई पढी अद्भूत संवेग, धर्मरस, शान्ति, ज्ञान र सांसारिक अनित्यताको अनुभूति गराउँछ ।

मूल पानल, खस नेपालीमा अथग, रोमन पानल र अंग्रजी भावानुवाद सनहतको यस पुस्तक बुद्ध शिक्षाप्रति रुचि राख्ने सम्पूणग विद्यार्थी, शिक्षक, अभिभावक लगायतलाई उपयोगी हुन सक्छ ।

धम्मचक्कप्पवत्तनसुत्तं

धम्मचक्कप्पवत्तनसुत्तं

112

नेपालका सुपुत्र सिद्धार्थ कुमारले आफ्नै मेहेनत र पराक्रमबाट बुद्धत्व ज्ञान लाभ गरी सकल जगतको हित, सुख र कल्याण कामना गरी मैत्री, करुणाले भरीपूर्ण धर्मचक्र सूत्रको उपदेश दिनुभयो । बुद्धको प्रथम उपदेशको रूपमा प्रख्यात समस्त बौद्ध−जगतले अत्यन्त श्रद्धा र आस्थापूर्वक पाठ गर्ने र गराउने यस सूत्रलाई मूल पालि, रोमन पालि, नेपालभाषा, खस नेपाली, अंग्रेजी भावार्थ अलग अलग र सहजपूर्वक पढ्न सक्ने गरी सम्पादन गरीएको छ । यस सुत्रमा दुई वटा अन्तहरूलाई छोडी मध्यम मार्गमा लागे दुःखबाट मुक्त हुन सक्ने कुरा बताउनु भएको छ ।

भगवान बुद्धको प्रथम उपदेश अध्ययन गर्न चाहनेहरू ।

पालिरचना भाग १

पालिरचना भाग १

श्रीलंकाका बिद्वान बद्देगम विमलवंश महास्थविरले पालि भाषामा लेख्नुभएको किताबलाई साधारण पालि शब्द र अर्थ व्याकरण अनि सामान्य वाक्यहरु निर्माण जस्ता कुरा सिकाउने उदेश्य राखी केहि नेपालीकरण गरि अनुवाद गरिएको छ ।

पालि भाषा सिक्न चाहनेहरू ।

नयाँ परित्राण निश्रय (भाग १)

नयाँ परित्राण निश्रय (भाग १)

284

परित्राणकाे निदान, परित्राण पाठ परम्परा, परित्राणकाे सुरूवात र निरन्तरताका केहि कुरा, देव आराधना, बुद्ध वन्दना देखि पुब्बण्ह सुत्त गरी १२ वटा पालिभाषामा परित्राण सुत्त सहित देव आराधना देखि मङ्गल सुत्तसम्मकाे शब्दार्थ, भावार्थ, अभिप्राय तथा कथात्मक प्रसंग सहित व्याख्या गरिएकाे छ ।

परित्राण सूत्रकाे भावार्थ सहित शब्दार्थ अध्ययन तथा अध्यापन गर्न चाहानेहरू ।

नयाँ परित्राण निश्रय (भाग २)

नयाँ परित्राण निश्रय (भाग २)

420

रतन सुत्त, मेत्त सुत्त, माेर सुत्त, वट्ट सुत्त आदि ९ वटा परित्राणहरूकाे पालिकाे शब्दार्थ, भावार्थ, अभिप्राय तथा व्याख्या सहित निदान र सुत्तलाई कथात्मक प्रसंग सहित व्याख्या गरी प्रस्तुत गरिएकाे छ ।

परित्राण सूत्रकाे शब्दार्थ र भावार्थ अध्ययन र अध्यापन गर्न चाहानेहरू ।

अभिधर्म

अभिधर्म

142

भिक्षुणी धम्मवतीद्धारा सम्पादन तथा अनुवादित बुद्धधर्मको मूल सार अभिधर्म हो । यस्तो सारपूर्ण उपदेश अभिधर्म भाग १, अभिधर्म भाग २ लाई एउटै पुस्तकमा निकालिएको हो । अति गम्भिर उपदेश चित्त कण्ड, चेतसिक कण्ड, पकिण्णक कण्ड, वीथिकण्ड, वीथिमुत्त, रुपकण्ड, समुच्चयकण्ड, पच्चयकण्ड, कम्मट्ठानकण्डलाई धम्मवती गुरुमांले सरल तरिकाबाट देशना गर्नु भएको अभिधर्मको प्रविधिक शब्दहरुलाई रीना तुलाधरको प्रयासबाट निकालिएको हो ।

बुद्धधर्मको सारपूर्ण उपदेश धम्मावती गुरुमांद्धारा देशना गर्नु भएको ३१ भाग डि. भि. डि. को प्राविधिक शब्दहरुको अध्ययन गर्न चाहनेहरु ।

अङ्गुत्तरनिकाय प्रथम भाग

अङ्गुत्तरनिकाय प्रथम भाग

682

भगवान बुद्धले ४५ बर्षसम्म देशना गर्नु भएका ८४००० धर्मस्कन्धहरुकाे संग्रह त्रिपिटककाे सूत्र पिटककाे पाँचवटा निकाय मध्ये अङ्गुत्तर निकाय हाे । यस निकायमा एक देखि एघार निपातसम्म संख्याकाे हिसाबले धर्मदेशनालाई बिभाजन गरिएका छन् भने यसमा एकक निपात देखि तिकनिपात सम्मकाे मात्र सुत्त-सारका साथै पालि र त्यसकाे नेपाल भाषामा अर्थ समेत उल्लेख गरेका छन् ।

अङ्गुत्तर निकायकाे बारेमा पालि र त्यसकाे अर्थ नेपाल भाषामा अध्ययन गर्न चाहनेहरू ।

पाली नेपाली नेपालभाषा शब्दकाेष

पाली नेपाली नेपालभाषा शब्दकाेष

387

पाली भाषाका शब्दहरुकाे नेपाली र नेपालभाषामा अर्थहरूकाे संग्रह रहेका छन् ।

पाली शब्दहरूको नेपाली र नेपालभाषामा अर्थहरू अध्ययन गर्न चाहनेहरू ।

पूजा, परित्राण व चारिका

पूजा, परित्राण व चारिका

65

बुद्ध पुजा, परित्राण पालि र नेपाली अर्थ सहित उल्लेख गरिएकाे साथै बाैद्धदेश भ्रमणका फाेटाेहरू समावेश गरिएका छन्।

बुद्धपुजा, परित्राण र बाैद्ध देश भ्रमणकाे विषयमा जिज्ञासुहरू।

न्हू सिद्धान्त पालि

न्हू सिद्धान्त पालि

180

बुद्धले दिनु भएको उपदेशहरु मागध पालि भाषाको संक्षिप्त ब्याकरणका साथै १५वटा अत्थकथा र १०वटा जातककथाहरु पालि र नेपाल भाषामा अर्थ साथै बिभिन्न आठवटा भाषाहरुको लिपि पनि संग्रह गरि उल्लेख गरीएका छन् ।

पालि भाषा अध्ययन गर्न चाहनेहरू ।

नयाँ धारणा पालि

नयाँ धारणा पालि

59

पालि व्याकरणकाे मुख्य अङ्गहरु जस्तै नामपद सर्वनाम क्रियापद क्रियाविशेषण अब्य र सन्धि आदि ब्याकरणका विधिहरूलाई प्रस्तुत गरेका छन् । यसका साथै वत्थुहरु नीति बुद्ध निब्वानका बारेमा पनि पालि भाषामा उल्लेख गरेका छन् ।

पालि ब्याकरण अध्ययन गर्न चाहनेहरू ।

धातुविवण्णक प्रेतया खँ (धातुविवण्णपेतवत्थुवण्णना

धातुविवण्णक प्रेतया खँ (धातुविवण्णपेतवत्थुवण्णना

भगवान बुद्धकाे परिनिर्वाणपछि राजा अजात शत्रुले अस्तिधातुकाे भाग सात बर्ष सात महिनासम्म बुद्धकाे गुण अनुस्मरण गर्दै महान पूजा गर्नु भयाे । यसबाट कयाैं मानिसहरू चित्त शुद्ध गरी प्रसन्न भई स्वर्गगामी भए त्यस्तै काेही दिर्घकाल सम्म अश्रद्धावान मिथ्यादृष्टि भई चित्त प्रसन्न नभएकाहरू मृत्यु भई उक्त्त पाप कर्मकाे कारणले प्रेत भए । त्यसपछि महाकाश्यपले सत्त्वप्राणी प्रति करुणा राखी ऋृद्धीद्वारा मानिसहरूले ती प्रेतहरू र देवताहरू देख्ने गरी अभिनिर्मित गर्नु भयाे र उनीहरुले भाेग गरिरहेका दुःख र सुखका कुराहरू बारे प्रकाश पार्नु हुदै धर्म देशना गरेकाे बिषयलाई समेटेर प्रस्तुत गरेका छन् । यसकाे साथै कर्म, फल, विपाक, दश कुशल र सिद्धं वर्णमालालाई पनि उल्लेख

कर्म र कर्मफल तथा सिद्धं वर्णमालाका बारेमा अध्ययन गर्न चाहनेहरू ।

बुद्ध धर्म संघ (गांपश)

बुद्ध धर्म संघ (गांपश)

शीलप्रार्थना, बुद्धपूजा , परित्राण पाठ,धर्मदेशना, कथा, ज्ञानमाला र केही गीतहरू

त्रिरत्नकाे बारेमा जान्न इच्छुकहरू ।

बुद्ध पूजा विधि

बुद्ध पूजा विधि

23

पालि र नेपालीमा बुद्ध पूजा ।

बुद्ध पूजा विधि पालि र नेपालीमा अध्ययन गर्न चाहानेहरु ।

बिशेष म्हं मफैबले पाठ यायेगु

बिशेष म्हं मफैबले पाठ यायेगु

27

बिमारी हुने समयमा गर्ने परित्राण सुत्रहरु ।

बिरामीको समयमा पाठ गर्न इच्छुक सबैलाई ।

पालिपाठमञ्जरी (भाग २)

पालिपाठमञ्जरी (भाग २)

153

पालिभाषा अभ्यासकाे तरिका प्रस्तुत ।

पालि भाषा सिक्न चाहनेहरू ।