भिक्षु धर्मगुप्त महास्थविर

धम्मपद अट्ठकथा

धम्मपद अट्ठकथा

576

त्रिपिटककाे खुद्दकनिकाय अन्तर्गतकाे एक प्रसिद्ध ग्रन्थ धम्मपद हाे । यस धम्मपदलाई अर्थसहित सम्बन्धित घटनाहरूलाई समेत समेतिएर उल्लेख गरि प्रष्टयाउन यमक वर्ग देखि ब्राह्मण वर्गसम्म २६ वर्गलाई कथा वा घट्नाक्रम सहित प्रस्तुत गरिएका छन् ।

धम्मपद अट्ठकथा अध्ययन गर्न चाहनेहरू ।

उमङ्गजातक

उमङ्गजातक

195

बुद्धत्त्व प्राप्त गर्नुभन्दा अगाडि बाेधिसत्त्व वा महासत्त्वकाे अवस्थामा दश पारमिता गुणधर्मकाे अभ्यास गर्दाकाे समयमा घटित घटनाक्रमकाे संङ्गह हाे । त्रिपिटककाे खुद्दकनिकाय अन्तर्गतकाे ५४२औं नम्बरकाे जातक हाे । जातक कथा अन्तर्गतकाे बाेधिसत्वकाे जीवनीलाई विभिन्न शिर्षकमा जीवन उपयाेगी गहकिला विषय बस्तुहरू समावेश गरिएका छन्। समाजनमा विद्यमान रहेका परम्परा संस्कार जीवनशैली दृष्टिकाेण मान्यता विचारधारा धारण आदिलाई मानब पात्रका साथै पशुपंक्षी मार्फत सुधारकाे लागि उत्प्रेरण गरिएकाे छ ।

अनिश्चित भविष्यलाई सुरक्षित बनाउन चाहनेहरु ।

अभिधम्मत्थसङ्गह

अभिधम्मत्थसङ्गह

231

आचार्य अनुरुद्धद्वारा पालि भाषामा रचना गरिएकाे महत्त्वपूर्ण यस ग्रन्थमा अभिधर्मपिटककाे सार तत्त्वलाई संक्षिप्तमा वर्णन गरिएकाे छ। जसमा अभिधर्मार्थसंग्रह, ग्रन्थारम्भकथा, चार परमार्थ धर्म, चित्त परिच्छेद, चैतसिक परिच्छेद आदि गरी ९ परिच्छेदमा बिभाजन गरी उल्लेख गरिएका छन्।

अभिधर्मकाे संक्षिप्तमा अध्ययन गर्न चाहनेहरू।

सामावती

सामावती

116

पालि त्रिपिटककाे खुद्दकनिकाय अन्तर्गत धम्मपदकाे अप्रमाद वर्गकाे प्रथम तीन गाथाकाे व्याख्यासहितकाे बुद्धघाेष रचित कथा हाे । संसार वृत्तमा घुमिरहेका प्राणीहरूलाई आफूले गरेकाे कर्मकाे विपाक फल आउँछ भन्ने प्रसंङ्गलाई कथासंंग जाेडिएर विभिन्न कथाहरू (दुइ राजाकाे प्रव्रज्या, उदेनकाे उत्पत्ति, घाेषक सेठकाे उत्पत्ति) आदि सहित संक्षिप्त पालि व्याकरण समेत उल्लेख गरिएका छन् ।

सामावती र पाली संक्षिप्त व्याकरणका बरेमा अध्ययन गर्न चाहनेहरू ।

धातुविवण्णक प्रेतया खँ (धातुविवण्णपेतवत्थुवण्णना

धातुविवण्णक प्रेतया खँ (धातुविवण्णपेतवत्थुवण्णना

भगवान बुद्धकाे परिनिर्वाणपछि राजा अजात शत्रुले अस्तिधातुकाे भाग सात बर्ष सात महिनासम्म बुद्धकाे गुण अनुस्मरण गर्दै महान पूजा गर्नु भयाे । यसबाट कयाैं मानिसहरू चित्त शुद्ध गरी प्रसन्न भई स्वर्गगामी भए त्यस्तै काेही दिर्घकाल सम्म अश्रद्धावान मिथ्यादृष्टि भई चित्त प्रसन्न नभएकाहरू मृत्यु भई उक्त्त पाप कर्मकाे कारणले प्रेत भए । त्यसपछि महाकाश्यपले सत्त्वप्राणी प्रति करुणा राखी ऋृद्धीद्वारा मानिसहरूले ती प्रेतहरू र देवताहरू देख्ने गरी अभिनिर्मित गर्नु भयाे र उनीहरुले भाेग गरिरहेका दुःख र सुखका कुराहरू बारे प्रकाश पार्नु हुदै धर्म देशना गरेकाे बिषयलाई समेटेर प्रस्तुत गरेका छन् । यसकाे साथै कर्म, फल, विपाक, दश कुशल र सिद्धं वर्णमालालाई पनि उल्लेख

कर्म र कर्मफल तथा सिद्धं वर्णमालाका बारेमा अध्ययन गर्न चाहनेहरू ।