आनन्दकुटी विहार गुठी, आनन्दकुटी विहार, स्वयम्भू, काठमाण्डाैँ

धम्मपदट्ठ कथा (भाग ३)

धम्मपदट्ठ कथा (भाग ३)

329

बौद्ध साहित्यमा अति महत्त्वपूर्ण ग्रन्थ “धम्मपद” को अर्थकथा पुष्प वर्ग, बाल वर्ग र प‍ण्डित वर्ग तीनवटा वर्गलाई संयुक्त रूपमा समावेश गरी प्रस्तुत गरेका छन् ।

धम्मपद अर्थकथाका बारेमा अध्ययन गर्न चाहनेहरू ।

आनन्दकुटी विहार गुठीकाे प्रकाशन पुस्तक सूचि र परिचय

आनन्दकुटी विहार गुठीकाे प्रकाशन पुस्तक सूचि र परिचय

38

त्रिपिटक विशारद डा. आचार्य अमृतानन्द महास्थविरले बि.सं. २०२८ सालमा बुद्धकालीन ग्रन्थहरू बुद्धकालका पालि भाषामा उल्लिखित त्रिपिटक साहित्यको अनुवाद तथा सम्पादन गर्नु भएको थियाे । आनन्दकुटी विहारगुठीबाट प्रकाशित बुद्धकालीन ग्रन्थहरू र अन्य ग्रन्थहरुको सुचिका साथै ती ग्रन्थहरुमा समावेश भएका बिषयहरूको संक्षिप्त परिचय समेत प्रस्तुत गरिएका छन् ।

आनन्दकुटी विहार गुठीद्वारा प्रकाशित पुस्तकहरूकाबारे जिज्ञासा राख्नेहरू ।

विषय सूची

विषय सूची

129

भिक्षु अमृतानन्दद्वारा लिखित तथा प्रकाशित भइसकेका बुद्धकालीन ब्राह्मण, गृहस्थीहरू, राजपरिवार, महिलाहरू, परिव्राजकहरू, श्रावक चरित्र, श्राविका चरित्र, ब्रह्मादिदेव, प्रेतकथा, तथा विमानकथा लगाएत दश ग्रन्थहरूमा समावेश भएका विषय सूचीहरू एकसाथ प्रस्तुत गरिएकाे छ ।

भिक्षु अमृतानन्दद्वारा लिखित पुस्तककाे बिषय सूचीका बारेमा जान्न चाहनेहरू ।

जातक संग्रह (भाग-४)

जातक संग्रह (भाग-४)

त्रिपिटक पालि साहित्य सूत्रपिटककाे खुद्दक निकाय अन्तर्गत रहेकाे जातक कथामा सारिपुत्र र माैदगल्यायन महास्थविरहरु र लाेसक तिस्स स्थविरकाे सम्बन्धमा बताइएका जातकहरूसंग सम्वन्धित जातक कथा तित्थ जातक, तित्तिर जातक, नन्द जातक, विसवन्त जातक आदि २३ वटा जातककथाहरू मध्ये १८वटा सारिपुत्र स्थविर सम्बन्धी, चारवटा माैगद्ल्यायन स्थविर सम्बन्धी र एउटा लाेसक तिस्स स्थविर सम्बन्धी जातककथाहरू संकलन गरिएकाे छ ।

सारिपुत्र, माैदगल्यायन र लाेसक तिस्स स्थविरकाे बारेमा अध्ययन गर्न चाहनेहरू ।

जातक संग्रह (भाग-२)

जातक संग्रह (भाग-२)

त्रिपिटक पालि साहित्य सूत्रपिटककाे खुद्दक निकाय अन्तर्गत रहेकाे जातक कथामा “कुनै एक गृहस्थी”काे कारणमा ११ जना व्यक्तिहरूकाे कारणमा बताइएका २८वटा जातक कथाहरु तक्कल जातक, पण्णिक जातक, सेग्गु जातक, पुटभत्त जातक आदि जातक कथाहरूका बारेमा उल्लेख गरिएकाे छ ।

जातक कथाहरूकाे अध्ययन गर्न चाहनेहरू ।

जातक संग्रह  (भाग-१)

जातक संग्रह (भाग-१)

त्रिपिटक पालि साहित्यकाे सूत्रपिटक अन्तर्गतकाे खुद्दक निकायमा रहेकाे जातक कथा अर्थात बुद्धकाे पूर्वजन्म (बाेधिसत्व) काे घट्नाहरूलाई ९ जना व्यत्तिहरूकाे कारण बताइएकाे साकेत जातक, सीलवीमंस जातक, अत्थस्सद्वार जातक, आदि गरी ३२ वटा जातककथाहरू समावेश गरिएकाे छ ।

भगवान बुद्धकाे पूर्वजन्मका घट्नाहरूका बारेमा अध्ययन गर्न चाहनेहरू ।

महिन्द थेर तथा संघमित्ता थेरी

महिन्द थेर तथा संघमित्ता थेरी

अशाेक सम्राटका सुपुत्र महेन्द्र महास्थविर र सुपुत्री संघमित्ता थेरीले बुद्धधर्म प्रचारप्रसारकाे लागि श्रीलङ्कामा धर्मदूत भई सद्धर्म प्रचार गर्नु भएकाे विवरण उल्लेख गरिएकाे छ ।

महिन्द थेर र संघमित्ता थेरीले सद्धर्म प्रचारमा पुर्याउनु भएकाे याेगदानकाबारे अध्ययन गर्न चाहनेहरू ।

यशोधरा

यशोधरा

त्रिपिटक र अट्ठकथाबाट समेटिएकाे बुद्धकालीन श्राविका अन्तर्गत “अभिञ्ञा” मा “एतदग्ग” (अभिज्ञामा अग्रतम) स्थानमा पुग्नुभएकी थेरी यशाेधरादेवीकाे जीवनीमा कुल, जन्म, नामाकरण, बाल्यकाल, याैवन, विवाह मङ्गल, सिद्धार्थसंगकाे दाम्पत्य जीवन, पुत्रलाभ, सिद्धार्थकाे महाभिनिष्क्रमण पछिकाे शील, सदाचारकाे जीवन, बुद्धकाे कपिलबस्तुकाे पहिलाे आगमन, यशोधरादेवीकाे बुद्धकाे पाद-बन्दना, राहुलबाट दायाद याचना, यशोधरकाे प्रबज्या, क्षीणाश्रव धशाेधरा थेरीकाे बुद्धमा क्षमायाचना, अभिञ्ञा प्रदर्शन र अठहत्तर बर्षकाे उमेरमा निर्वाणका साथै अतीतका सम्बन्धहरू र अन्तिम जन्म आदिलाई समेत प्रस्तुत गरिएकाे छ ।

यशाेधरादेवीकाे अतीत जीवन देखि अन्तिम जन्मसम्मकाे बारेमा अध्ययन गर्न चाहनेहरू ।

बुद्धकालीन विमानकथा

बुद्धकालीन विमानकथा

पालि त्रिपिटकमध्ये सुत्तपिटककाे खुद्दकनिकाय अन्तरगतकाे विमानवत्थु पालिकाे ७ वर्गका ८४ कथाहरू मध्येबाट बत्तीस कथाहरू संग्रहित गरिएका छन् । यी कथाहरूमा पवित्र हृदय लिएर त्रिशरणमा प्रतिष्ठित भई दान गरेमा दान अनुसारकाे कर्मफल प्राप्ति बारेमा उल्लेख गरिएका छन् ।

दानकाे महिमाकाे बारेमा अध्ययन अध्यापन गर्न चाहनेहरू ।

बुद्धकालीन श्रावक चरित (भाग-६) (महाकाश्यप-चरित)

बुद्धकालीन श्रावक चरित (भाग-६) (महाकाश्यप-चरित)

भगवान् बुद्धका तृतीय श्रावक हुनु भएका र धुताङ्गधारी भिक्षुहरू मध्येका अग्र महाकाश्यप महास्थविरकाे चरित्रका बारेमा उल्लेख गरीएकाे छ । बाैद्ध साहित्यमा उहाँसंग सम्बन्धित भएका ३२वटा सूत्रहरू समावेश गरेका छन् ।

अग्र धुताङ्गधारी महाकाश्यप महास्थविरकाे चरित्रकाे बारेमा अध्ययन गर्न चाहनेहरू ।

बुद्धकालीन ब्रह्मादिदेव (भाग २)

बुद्धकालीन ब्रह्मादिदेव (भाग २)

373

पालि त्रिपिटक साहित्यमा उपलब्ध सूत्रहरूमा उल्लिखित चातुर्महाराजा, यमराजा, राेहितस्स देवपुत्र, बासुदत्त देवपुत्र, वेण्डु देवपुत्र, वेपचित्ति असुरेन्द्र, वैराेचन असुरेन्द्र, शक्र भन्ने यक्ष र शक्र देवेन्द्र गरी ९ पात्रहरूकाे बारे र यिनीहरूकाे सम्बन्धमा बिभिन्न निकायहरूमा संग्रहित ३५ सूत्रहरू संग्रहित गरिएका छन् ।

देवपुत्र तथा शक्र देवहरूका बारेमा जानकारी, अध्ययन र अध्यापन गर्न चाहनेहरू ।

बुद्धकालीन ब्रह्मादिदेव (भाग १)

बुद्धकालीन ब्रह्मादिदेव (भाग १)

666

पालि त्रिपिटक साहित्यमा उपलब्ध सूत्रहरूमा उल्लिखित असुर नाम भएका १, देवपुत्र नाम भएका १९, देवपुत्री नाम भएकाे १, ब्रह्मा नाम भएका ५, यक्ष नाम भएका ४ तथा यक्षिणी नाम भएका २ गरी जम्मा ३२ पात्रहरूकाे बारेमा र यिनीहरुकाे सम्बन्धमा बिभिन्न निकायहरूमा संग्रहित ४० सूत्रहरू पनि संग्रहित गरिएका छन् ।

भगवान बुद्धले भेटेका ब्रह्मा तथा देव पुत्र तथा देवपुत्री असुर यक्ष तथा यक्षिणीहरूका बारेमा जानकारी, अध्ययन र अध्यापन गर्न चाहनेहरू ।

बुद्धकालीन ब्राह्मण (भाग २)

बुद्धकालीन ब्राह्मण (भाग २)

596

बुद्धकालीन ब्राह्मणहरु अजित माणव, अस्सलायन माणव, उदायी ब्राह्मण, कसिभारद्वाज ब्राह्मण, कूटदन्त ब्राह्मण, गणकमाेग्गल्लान ब्राह्मण, गाेपकमाेग्गल्लान ब्राह्मण, घाेटमुख ब्राह्मण, जाणुस्साेणि ब्राह्मण, तिस्समेत्तेय्य ब्राह्मण, देवहित ब्राह्मण, धनञ्जानि ब्राह्मण, नगरविन्दय्यक ब्राह्मणहरू र नन्द माणव गरि चाैध जना ब्राह्मणहरुकाे बारेमा बिभिन्न निकायहरूमा उल्लेख भएका २६वटा सूत्रहरू सहित प्रस्तुत गरिएका छन् ।

बुद्धकालिन ब्राह्मणहरुका बारेमा अध्ययन र अध्यापन गर्न चाहनेहरू ।

बुद्धकालीन ब्राह्मण (भाग १)

बुद्धकालीन ब्राह्मण (भाग १)

493

बुद्धकालीन ब्राह्मणहरुकाे आध्यात्मिक अवस्था र उनीहरुकाे दर्शनहरुका बारेमा र छवटा संघायनकाे संक्षिप्त जानकारी उल्लेख गरिएकाे छ । यसमा जटा भारद्वार ब्राह्मण, अहिंसक भारद्वाज ब्राह्मण, मातृपाेषक ब्राह्मण, धनपति ब्राह्मण, आदि गरी बिभिन्न ३१ जना ब्राह्मणहरूका चरित्रकाे साथै उहाँहरूसँग सम्बन्धित बिभिन्न निकायहरूमा उल्लेखित ४२वटा सूत्रहरूकाे बारेमा उल्लेख गरिएका छन् ।

बुद्धकालिन ब्राह्मणहरुका बारेमा अध्ययन र अध्यापन गर्न चाहनेहरू ।

बुद्धकालीन गृहस्थीहरु (भाग-३)

बुद्धकालीन गृहस्थीहरु (भाग-३)

622

बुद्धकालीन गृहस्थीहरु मध्ये २३जना पात्रहरू; पञ्चकङ्ग थपति, पाटलिय गामणि, पाटलि गाउँका उपासकहरु, पुण्ण काेलियपुत्र, पेस्स माहुनेपुत्र, पाेतलिय गृहपति, बेलट्ठ कच्चान, भद्रक गामणि, मणिचूल गामणि, मानदिन्न गृहपति, मेण्डक गृहपति, याेधाजीव गामणी, राजगृहसेठ, रासिय गामणिह, वज्जियमाहित गृहपति, वासेट्ट उपासक, सन्धान गृहपति, साल्ह मृगारनारी, सिङ्गलक गृहपतिपुत्र, सिरिवड्ढ गृहपति, सुप्पबुद्ध कुष्टी, स्राेण गृहपतिपुत्र र हालिद्दिकानि गृहपतिका बारेमा उल्लेख गरिएका छन् भने ती पात्रहरूका सम्बन्धमा त्रिपिटक मूलपालिमा प्राप्त जम्मा तिस (३०) वटा सूत्रहरूका बारेमा पनि अनुवाद प्रस्तुत गरिएका छन् ।

बुद्धकालिन गृहस्थीहरु जसकाे नाम “प” देखि “ह” सम्मका २३जनाका बारेमा अध्ययन गर्न चाहनेहरू ।

बुद्धकालीन गृहस्थीहरु (भाग-२)

बुद्धकालीन गृहस्थीहरु (भाग-२)

बुद्धकालीन गृहस्थीहरु मध्ये पच्चिस जना पात्रहरू; अस्साराेह गामणि, असिबन्धकपुत्र गामणि, इच्छानङ्गलक उपासक, उग्गह मेण्डकनत्ता, उदेन उपासक, उपकमण्डिकापुत्र, उपालि केटा, उपालि गृहपति, ऋषिदत्त र पुराण स्थपतिहरु, कल्यालभत्तिक गृहपति, केवट्ट गृहपति, घटिकार कुमाले, घाेषित गृहपति, चण्ड गामणी, चम्पावासी उपासकहरु, चुन्द कम्मारपुत्र, तालपुट नटगामणी, दशम गृहपति, दारुकम्मिक गृहपति, दीघजाणु काेलियपुत्र, दीघावु उपासक, धनिय गाेप, धम्मदिन्न उपासक, धम्मिक उपासक र नन्दिय शाक्यका बारेमा उल्लेख गरिएका छन् भने ती पात्रहरूका सम्बन्धमा त्रिपिटक मूलपालिमा प्राप्त जम्मा एकतिस (३१) वटा सूत्रहरूका बारेमा पनि अनुवाद प्रस्तुत गरिएका छन् ।

बुद्धकालिन गृहस्थीहरू जसकाे नाम “अ” देखि “न” सम्मका २५जनाका बारेमा अध्ययन गर्न चाहनेहरू ।