आनन्दकुटी विहार गुठी, आनन्दकुटी विहार, स्वयम्भू, काठमाण्डाैँ

बुद्धकालीन गृहस्थीहरु (भाग-१)

बुद्धकालीन गृहस्थीहरु (भाग-१)

बुद्धकालीन दश जना गृहस्थी उपासकहरू जसलाई बुद्धद्वारा प्रशंसित छन् - तपुस्स र भल्लुक गृहपति, अनाथपिण्डिक गृहपति, चित्र गृहपति, हस्तक आलवक, महानाम शाक्य, वैशालीवासी उद्‌गत गृहपति, हस्तिग्रामवासी उद्‌गत गृहपति, शूर अम्बष्ठ गृहपति, जीवक वैद्य र नकुल‌पिता गृहपतिका बारेमा उल्लेख गरिएका छन् ।

बुद्धकालिन गृहस्थी उपासकहरूका बारेमा अध्ययन गर्न चाहनेहरू ।

बुद्धकालीन महिलाहरु (भाग-१)

बुद्धकालीन महिलाहरु (भाग-१)

पालिबाङ्गमयमा दुई ठाउँमा उपासिकाहरूका नामहरू संग्रहित भएकाेमा अङ्गुत्तरनिकायकाे एतद्‌अग्रका दश उपासिकाहरू सुजाता उपासिका, विशाखा महाउपासिका, खुज्जुत्तरा उपासिका, श्यामवती महारानी, उत्तरानन्दमाता, सुप्पवासा उपासिका, सुप्पिया उपासिका, कात्यायनी उपासिका, नकुलमाता गृहपत्नी र कुररघरकी काली बारेमा मूलसूत्रहरू, सूत्रहरूका संग्रहमा र अरू त्यस पात्र सम्बन्धी अर्थकथाहरूमा भेट्टिएका कारणहरूलाई समेत एकत्रितपारी परिचयकाे रूपमा उल्लेख गरिएका छन् ।

भगवान् बुद्धकाे समयमा एकद्अग्र प्राप्त उपासिकाहरूका बारेमा अध्ययन गर्न चाहनेहरू ।

बुद्धकालीन परिव्राजकहरू (भाग-३)

बुद्धकालीन परिव्राजकहरू (भाग-३)

बुद्धकालिन ग्रन्थमाला अन्तर्गत बुद्धकालिन १७ परिव्राजकहरूकाे जीवनी उनीहरुकाे शास्त्रार्थ प्रवृत्ति परिभ्रमण वृत्तान्त विचारकाे विचारकाे नि संकाेच स्पष्ट प्रस्तुत गर्ने स्वभाव आदीका बार्रेमा उल्लेख गरीएका छन् । यसमा भग्गवगाेत्तिय परिव्राजक, मागण्डिय परिव्राजक, पुण्डिय परिव्राजक, माेलिय सीवक परिव्राजक, वेखनस परिव्राजक, सञ्जय परिव्राजक, सच्चक निगण्ठपुत्र, सज्झ परिव्राजक, सन्दक परिव्राजक, सभिय परिव्राजक, सभर परिव्राजक, सामण्डक परिव्राजक, सुतवा परिव्राजक, सुप्पिय परिव्राजक, सुभद्द परिव्राजक, सुसीम परिव्राजक र सूचिमुखी परिव्राजकहरूका बारेमा र २१वटा सूत्रहरुमध्ये ब्रह्मजाल सूत्रकाे पनि अनुवाद समावेश गरेका छन् ।

बुद्धकालीन परिव्राजकहरूका बारेमा अध्ययन गर्न चाहनेहरू ।

बुद्धकालीन परिव्राजकहरू (भाग-२)

बुद्धकालीन परिव्राजकहरू (भाग-२)

शान्तिनायक बुद्ध भगवान्‌काे समयका तेइस परिव्राजकहरूका दर्शनहरू तथा उनीहरुका चरित्र चित्रण गरीएका छन् । यसमा अचेल कस्सप, अजित परिव्राजक, उग्गाहमान परिव्राजक, उत्तिय परिव्राजक, उपक आजीवक, कन्दरक परिव्राजक, कुण्डलिय परिव्राजक, केणिय जटिल, काेकनुद परिव्राजक, छन्न परिव्राजक, जालिय परिव्राजक, तिम्बरुक परिव्राजक, नन्दिय परिव्राजक, निग्राेध परिव्राजक, अचेल पाथिकपुत्र, पिलाेतिक परिव्राजक, पाेट्ठपाद परिव्राजक, पाेतलियपुत्र परिव्राजक, पाेतलिय परिव्राजक र वाहिय दारुचीरिय परिव्राजकहरूका बारेमा र २३वटा सूत्रहरु पनि अनुवाद समावेश गरेका छन् ।

बुद्धकालीन परिव्राजकहरुका बारेमा अध्ययन गर्न चाहनेहरू ।

बुद्धकालीन परिव्राजकहरू (भाग-१)

बुद्धकालीन परिव्राजकहरू (भाग-१)

शान्तिनायक बुद्ध भगवानकाे समयका परिव्राजकहरूका दर्शनहरू तथा उनीहरूका चरित्र चित्रण गरीएका छन् । यसमा दशजना परिव्राजकहरु; पुरण काश्यप, मक्खली गाेशाल, अजित केशकम्बल, प्रकुध कात्यान, सञ्जय बेलट्ठपुत्र, निगण्ठ नाटपुत्र, दीर्घनख परिव्राजक, जम्बुखादक परिव्राजक, सकुलुदायी परिव्राजक र वत्सगाेत्र परिव्राजकहरूका बारेमा र ६१वटा सूत्रहरु पनि समावेश गरेका छन् ।

बुद्धकालीन परिव्राजकहरूका बारेमा अध्ययन गर्न चाहनेहरू ।

बुद्धकालीन राजपरिवार (भाग-३)

बुद्धकालीन राजपरिवार (भाग-३)

बाैद्ध साहित्यमा अति स्मरणीय पात्रहरु र त्यस बेलाकाे धार्मिक, सामाजिक, राजनैतिक विषयबस्तुकाे साथै आचार संहिता तथा शान्ति सन्देशहरु सम्बन्धी कुराहरु प्रस्तुत गरिएका छन् । यस पुस्तकमा पन्ध्र जना पत्रहरु जयसेन राजकुमार, तरुण महामात्य, नन्दक लिच्छवी, पायासि राजन्य, पुक्कुस्स मल्लपुत्र, बाेधि राजकुमार, भद्रिय लिच्छवी, भद्रीय शाक्य, राेजमल्ल, लिच्छवीहरु, षड्ढ लिच्छवी, वप्प शाक्य, स्राल्ह लिच्छवी, स्रीह सेनापति र सुनीध वस्सकार समावेश गरिएका छन् । यसका साथै महावग्गपालिबाट ७वटा, चुल्लवग्गपालिबाट १वटा, मज्झिमनिकायबाट ३वटा, संयुत्तनिकायबाट ३वटा, दीघनिकायबाट २वटा र अङ्गुत्तरनिकायबाट ८वटा गरी जम्मा २४वटा सूत्रहरुकाे अनुवाद पनि उल्लेख गरिएकाे छ ।

बुद्धकालिन बिशेष पत्रहरुका बारेमा अध्ययन गर्न चाहनेहरू ।

बुद्धकालीन राजपरिवार (भाग-२)

बुद्धकालीन राजपरिवार (भाग-२)

बाैद्ध साहित्यमा अति स्मरणीय राजपरिवारहरु र त्यस बेलाकाे धार्मिक, सामाजिक, राजनैतिक विषयबस्तुकाे साथै आचार संहिता तथा शान्ति सन्देशहरु सम्बन्धी कुराहरु प्रस्तुत गरिएका छन् । यस पुस्तकमा सात जना राजाहरु अजातशत्रु, अभय राजकुमार, अभय लिच्छवी, उग्ग राजमहामात्य, कपिलवस्तुका शाक्यहरु, कालखेमक शाक्य र गाेध शाक्य समावेश गरिएका छन् । यसका साथै चुल्लवग्गपालिबाट ४वटा, संयुत्तनिकायपालिबाट ६वटा, दीघनिकायपालिबाट ३वटा, अङ्गुत्तरनिकायबाट ३वटा, मज्झिमनिकायपालिबाट ३वटा र महावग्गपालिबाट १वटा गरी जम्मा २०वटा सूत्रहरूकाे अनुवाद पनि समावेश गरिएका छन् ।

बुद्धकालिन राजपरिवारहरु र त्यसबेलाकाे सामाजिक बिषयबस्तुका बारेमा अध्ययन गर्न चाहनेहरू ।

बुद्धकालीन श्रावक चरित (भाग-५) (सारिपुत्र परिचय)

बुद्धकालीन श्रावक चरित (भाग-५) (सारिपुत्र परिचय)

बाैद्ध साहित्यमा अति स्मरणीय धर्मसेनापति अग्रश्रावक प्रज्ञावानहरु मध्ये अग्र मनुष्यलाेकमा प्रथम अभिधर्मदेशक आदि पदहरुले पनि विभूषित साथै अनन्त गुणहरु भएका सारिपुत्र महास्थवीरकाे परिचयलाई प्रस्तुत गरिएका छन् ।

बुद्धकालिन श्रावक सारिपुत्रकाे बारेमा अध्ययन गर्न चाहनेहरु ।

बुद्धकालीन श्रावक चरित (भाग-४) (सारिपुत्र चरित-३)

बुद्धकालीन श्रावक चरित (भाग-४) (सारिपुत्र चरित-३)

बाैद्ध साहित्यमा अति स्मरणीय धर्मसेनापति अग्रश्रावक प्रज्ञावानहरु मध्ये अग्र मनुष्यलाेकमा प्रथम अभिधर्मदेशक आदि पदहरुले पनि विभूषित साथै अनन्त गुणहरु भएका सारिपुत्र महास्थवीर सम्बन्धी त्रिपिटकमा भेट्टीएका कुराहरु प्रस्तुत गरिएका छन् ।

बुद्धकालिन श्रावक सारिपुत्रकाे बारेमा अध्ययन गर्न चाहनेहरु ।

बुद्धकालीन श्रावक चरित (भाग-३) (सारिपुत्र चरित-२)

बुद्धकालीन श्रावक चरित (भाग-३) (सारिपुत्र चरित-२)

बाैद्ध साहित्यमा अति स्मरणीय धर्मसेनापति अग्रश्रावक प्रज्ञावानहरू मध्ये अग्र मनुष्यलाेकमा प्रथम अभिधर्मदेशक आदि पदहरुले पनि विभूषित साथै अनन्त गुणहरू भएका सारिपुत्र महास्थवीर सम्बन्धी त्रिपिटकमा भेट्टीएका कुराहरु प्रस्तुत गरिएका छन् ।

बुद्धकालिन श्रावक सारिपुत्रकाे बारेमा अध्ययन गर्न चाहनेहरू ।

बुद्धकालीन श्रावक चरित (भाग-१) काैडिन्य-चरित

बुद्धकालीन श्रावक चरित (भाग-१) काैडिन्य-चरित

बाैद्ध साहित्यमा भगवान् बुद्धकाे धर्मलाई सर्वप्रथम ज्ञात गरी तदनुकूल आफ्नाे जीवनमा उतार्ने पुरुषहरूमध्ये पहिलाे मान्छे काैडिन्य स्थविर सम्बन्धी त्रिपिटकमा भेट्टीएका कुराहरू प्रस्तुत गरिएका छन् ।

बुद्धकालिन श्रावक काैडिन्य स्थविरका बारेमा अध्ययन गर्न चाहनेहरू ।

बुद्धकालीन श्रावक चरित (भाग-२) (सारिपुत्र चरित-१)

बुद्धकालीन श्रावक चरित (भाग-२) (सारिपुत्र चरित-१)

बाैद्ध साहित्यमा अति स्मरणीय धर्मसेनापति अग्रश्रावक प्रज्ञावानहरू मध्ये अग्र, मनुष्यलाेकमा प्रथम अभिधर्मदेशक आदि पदहरुले पनि विभूषित साथै अनन्त गुणहरू भएका सारिपुत्र महास्थवीर सम्बन्धी त्रिपिटकमा भेट्टीएका कुराहरू प्रस्तुत गरिएका छन् ।

बुद्धकालिन श्रावक सारिपुत्रकाे बारेमा अध्ययन गर्न चाहनेहरू ।

बुद्धकालीन श्राविक-चरित (भाग-१) (भिक्षुणी-चरित)

बुद्धकालीन श्राविक-चरित (भाग-१) (भिक्षुणी-चरित)

बाैद्ध साहित्यमा बुद्धद्वारा श्रेष्ठ धाेषित अर्थात अग्रस्थान पाएका तेह्र १३ भिक्षुणीहरूका चरित-कथाहरू संग्रहित भएका छन् । यसमा ती भिक्षुणीहरू अर्थात श्राविकाहरूकाे गृही-जीवनका शुरुका दिन देखिका कुराहरू समावेश गरिएका छन् ।

बुद्धकालिन श्राविकाहरू जसले बुद्धद्वारा अग्रस्थान पाएका श्राविकाहरूका बारेमा अध्ययन गर्न चाहनेहरू ।

धर्म-ज्योति

धर्म-ज्योति

ध्यान गुरु श्री सत्यनारायण गोयन्काले‚ भगवान बुद्धको दुःखबाट मुक्त हुने मार्ग वा उपदेशलाई बौद्धिक दृष्टिकोणले मात्रै नभई आध्यात्मिक दृष्टिकोणले पनि रोचक शैलीमा जीवनको यथार्थलाई सम्झाउने उदेश्यले स्वभाव र धर्मलाई स्वयम् अनुभूतिद्वारा साधकहरूलाई यथार्थ ज्ञान अवबोध गराउने हेतुले विपश्यना ध्यान शिविरहरूमा दिनु भएका प्रवचनहरूको केहि अंश संकलन गरी तयार पारेको पुस्तक "धर्म-ज्योति" नामको नेपाली भाषामा अनुवाद गरी प्रस्तुत गरिएको हो ।

भगवान बुद्धका उपदेशहरूलाई बौद्धिक र आध्यात्मिक दृष्टिकोणले अध्ययन गर्न चाहनेहरू ।

नेपालमा थेरवाद बुद्धधर्मकाे संक्षिप्त इतिहास

नेपालमा थेरवाद बुद्धधर्मकाे संक्षिप्त इतिहास

आचार्य भिक्षु अमृतानन्द प्रव्रजित हुनु अगाडी नेपालमा थेरवाद भिक्षुहरुकाे अवस्था, तिब्बेतियन परम्परा अनुसार काठमाण्डाैंमा प्रव्रजित हुनु भएका चारजना प्रव्रजितहरूलाई तत्कालिन राणा शासकले देश निकाला गरेकाे, त्यसपछि प्रव्रजितहरूकाे अवस्थाका साथै नेपालमा बुद्धधर्मलाई पुनःउत्थान गर्न त्यसबेलाका अन्य भिक्षुहरूका साथै भिक्षु अमृतानन्दले गर्नु भएका स्मरणीय घटनाहरु तथा याेगदानका बारेमा उल्लेख गरेका छन् । स्वयम्भुमा नेपालकाे प्रथम थेरवाद विहारकाे स्थापना र अन्य स्थानहरूमा पनि विहारहरूकाे स्थापना (विहारकाे नाम र बिहार प्रमुखकाे नाम सहित) र प्रव्रजितहरूकाे संख्या, यसकाे साथै बाैद्ध साहित्यहरूकाे प्रकाशन जसमा पत्रिकाहरुका साथै भिक्षु अमृतानन्दका पुस्तकहरूकाे सूचिका साथै अविस्मरणिय फाेटाेहरू पनि समावेश गरेका छन् ।

नेपालमा थेरवाद बुद्धधर्मकाे बारेमा संक्षिप्त रुपमा अध्ययन गर्न इच्छुकहरू‌ ।

संक्षिप्त बुद्ध जीवनी

संक्षिप्त बुद्ध जीवनी

197

चतुर्थ विश्व बाैद्ध सम्मेलनकाे सुअवसरमा प्रकाशित गरेकाे यस पुस्तकमा बुद्ध जीवनीलाई पाँच खण्ड र २० परिच्छेदमा विभाजन गरिएकाे जसकाे पहिलाे खण्डमा महामायाकाे गर्भ धारण, महामायालाई देवताकाे आरक्षा देखि पाँच खण्डमा धातु काेलाहल, धातु विभाजन, दश चैत्य स्थापना सम्मका घटनाहरु समावेस गरि प्रस्तुत गरिएका छन् ।

बुद्ध जीवनी अध्ययन गर्न चाहनेहरू ।