विवेकशील मानव जीवन पशु योनी भन्दा उत्कृष्ट मानिन्छ । सारयुक्त जीवनका सन्दर्भमा बुद्धकालिन महिलाहरू, गृहस्थीहरू, थेरी गाथा, आलवक सुत्रमा उल्लेखित घटनाहरुलाई सम्पादन गरी प्रस्तुत गरिएको छ ।
सारयुक्त तथा उत्कृष्ट जीवन जीउन चाहनेहरू ।
विवेकशील मानव जीवन पशु योनी भन्दा उत्कृष्ट मानिन्छ । सारयुक्त जीवनका सन्दर्भमा बुद्धकालिन महिलाहरू, गृहस्थीहरू, थेरी गाथा, आलवक सुत्रमा उल्लेखित घटनाहरुलाई सम्पादन गरी प्रस्तुत गरिएको छ ।
सारयुक्त तथा उत्कृष्ट जीवन जीउन चाहनेहरू ।
जीवनको पूर्णता गर्नको लागि भौतिक धन सम्पत्तिको साथै आध्यात्मिक धन सम्पति पनि भएको खण्डमा जीवन शुसोभित हुने र यहि आध्यात्मिक गुणहरू नै वास्तविक अमूल्य धन हो भनि उल्लेख गरीएका छन् । मैत्री, करुणा, मुदिता र उपेक्षा जस्ता गुण युक्त जीवन हुनु लज्जा र भयलाई आत्मसाथ गरि जीवनयापन गर्नु अनि श्रद्धाधन, शीलधन, श्रुतधन, त्यागधन, प्रज्ञाधन आदि नै मानव मात्रको अमूल्य धन हो भन्ने कुरा प्रकाश पारिएको छ ।
धार्मिकरुपमा सारयुक्त जीवनयापन गर्ने चाहनेहरू।
धर्मकाे सम्बन्धमा बुद्धकाे स्वतन्त्र चिन्तन, बुद्ध धर्मकाे विशेषता, पूनर्जन्म र अनात्मवाद, पुस्तकपूजा, अहिंसबर गाैतम बुद्ध, बाैद्ध संस्कृति, परित्राण र उपलब्धि आदि विविध शिर्षककाे माध्यमबाट बुद्धकाे अर्थ, उहाँकाे उपदेशहरूलाई समेटेर यथार्थ धर्मबारे चित्रण गरिएकाे छ ।
बुद्धधर्मकाे व्यवहारिक ज्ञान हासिल गर्न चाहनेहरू ।
मानिसले आफ्नाे जीवन सुख र शान्ती पुर्वक जीउनका लागि कमसेकम पञ्चशीलकाे पालना गर्नु पर्छ । यी फरक फरक पाँचवटा शीलहरू पालना गर्दा हरेककाे लाभ र त्यसकाे विपाक वा दाेषहरूकाे बारेमा छुट्टाछुट्टै रुपमा उल्लेख गरिएकाे छ
स-धर्मप्रेमी सबै ।
दान दिनु भनेकाे आफ्नाे बस्तु अरूलाइ दिनु हाे दान मात्र दिएर यसकाे पुरा फल प्राप्त हुँदैन समान वस्तु दान गरे पनि समान फल प्राप्त हुँदैन तसर्थ कसलाई दान दिने, आठवटा गुण भएकाेलाई दान दिनुकाे फल, कुन दान सर्वश्रेष्ठ छ आदि विभिन्न दानकाे विषयमा व्याख्या गरिएकाे छ ।
दानकाे विषयमा जान्न चाहानेहरू ।
युवा बाैद्ध समूहबाट बिक्रम सम्बत २०५५ र २०५६ सालमा सन्ध्या टाइम्स पत्रिकामा सम्यक् चिन्तन शिर्षकमा रचना गरिएका लेखहरूकाे संग्रह हाे । यसमा जीवनमा के के गरेकाे खण्डमा राम्राे हुन्छ भन्ने बिषयसंग सम्बन्धि १७वटा लेखहरू समावेश गरिएकाे छ ।
ब्यावहारिक जीवन सुखमय बनाउन चाहानेहरू ।
सेवा नै धर्म हाे र यसले नै कर्म बलियाे बनाउछ, पापभन्दा धर्मकाे शक्त्ति बलियाे छ, जीवन राम्ररी बिताउन धर्म नभई हुँदैन, शान्तिकाे लागि धर्म नभई हुँदैन भन्ने कुरा बुझाउनकाे लागि बुद्धकालीन घटनाहरू र अहिलेका घटनाहरू राखी धर्म मरेकाे छैन भन्ने प्रमाण प्रस्तुत गरेकाे छ । धर्म चिरस्थायी गर्न पूजा पाठसँगै सेवाभाव पनि नभई हुँदैन भन्ने कुरा बुझाउनकाे लागि घटनात्मक कथाहरूलाई बिबिध शिर्षकहरू जस्तैः “धर्म गरी कर्म बलियाे भएकाे कुरा”, “नाम मन पर्दैन”, “रातदिन धर्म बृद्धि हुने काम”, “लाज भए धर्म मरेकाे छैन” आदी समावेश गरिएका छन् । यसकाे साथै लेखक भिक्षु अश्वघाेष महास्थविरले संघाराम बिहारकाे बारेमा र त्यस विहारकाे पहिलाे
धर्मकाे विषयका साथै संघाराम विहारका बारेमा संक्षिप्तमा अध्ययन गर्न चाहानेहरू ।
महापुरूषकाे गुण सहित चार ब्रह्मविहार, “मन शुद्ध हुनुपर्ने”, “रिसले वैरभाव शान्त हुदैन”, “सत्य भए पनि सबै ठाउँमा बाेल्नु हुँदैन”, “आध्यात्मिक उन्नति”, “बुद्धि आइमाईमा पनि हुन्छ” आदि विभिन्न शिर्षकहरूमा व्यावहारिक सत्य घट्नालाई उदाहररण सहित प्रस्तुत गरिएका छन् ।
सर्ब-साधारण सबै
बिभिन्न साप्ताहिक पत्रिकाहरुमा प्रकाशित नैतिक शिक्षा मूलक लेख रचनाहरुलाई पुनःसम्पादन गरि यसमा समावेस गरेकाे छ । सहनशीलताकाे चमत्कार, अहंकारले मान्छेलाई तल झार्छ, धर्मात्मा व्यक्ति मृत्युदेखि डराउँदैन, मानिस बन्ने कि विद्वान, मानिस र पशु बिचकाे फरक जस्ता रचनाहरु समावेस गरिएका छन् ।
नैतिक एवं व्यवहारिक ज्ञानमुलक लेख रचनाहरु अध्ययन अध्यापन गर्न चाहनेहरू ।
बुद्धका उपदेशहरूलाई व्यावहारिक शिक्षामूलक विषयवस्तुसंग सम्बन्धित रहि बिबिध शिर्षकमा जस्तै आर्यमौन, पतनका कारण आदि तथा कथाहरूलाई पनि समेतिएर प्रस्तुत गरीएका छन् ।
बुद्धका उपदेशहरुका बारेमा जान्न चाहने सम्पूर्ण व्यक्तिहरू।
सुखी जीवन जीउने उपाय, आमाबुबा नै प्रथम गुरू तथा ब्रम्हा हुन्, दुःख मुक्तका आठ वटा बाटाे, दशवटा दुर्लभ कुराहरु, भिक्षु सारिपुत्रकाे चरित्र, बुद्ध जीवनी आदि विविध व्यवहारिक विषयबस्तुलाई कथात्मक घट्नासंग जाेडेर प्रस्तुत गरिएका छन् ।
लक्षित वर्गः सुखी जीवन जीउन चाहनेहरू ।
धर्म, ब्रम्हा, मार्ग प्रदर्शक बुद्ध आदि विविध विषयवस्तुलाई कथा सहित यर्थाथ चित्रण गरिएकाे छ ।
सबै व्यत्तिहरू ।
बुद्ध, बुद्धका उपदेश र शिक्षाहरूलाई व्यावहारीक जीवनमा महत्त्व र उपयाेगिताका बारेमा समसामयिक शिर्षक दिइ प्रस्तुत गरेका छन् । जस्तै; मनुष्य जीवनकाे सार्थकताका लागि धर्मकाे भूमिका र महत्त्व, अहंकारले मानिस तल झर्छ, लाेभ र निर्वाण, बुढीआमाकाे धर्मचेतना, बुद्ध उत्तम मनुष्य र मार्ग प्रदर्शक हुनुहुन्छ, बुद्ध र स्वास्थ्य, आमाकाे गुण, मैत्री भावना र अन्य विषयका बारेमा उल्लेख गरेका छन् ।
बुद्धधर्म र बुद्धशिक्षाका बारेमा जान्न चाहनेहरू ।
बुद्धशिक्षा अनुसार शील (सदाचार) समाधि (चित्त एकाग्रता) प्रज्ञा (विवेक बुद्धि) मैत्री, करुणा, मुदिता, उपेज्ञा, मंगल आदि समसामयिक बिषयहरूलाई बिभिन्न शिर्षकहरू दिई बुद्धका उपदेशलाई प्रस्तुत गरेका छन् । गृहस्थी जीवन सफल हुने धर्म मार्ग, दशवटा दुर्लभ तत्त्वहरू, बाैद्ध र अबाैद्ध दृष्टिकाेणमा भिन्नता, बुद्धलाई चिनाैं, नचिताएकाे हुन्छ चिताएकाे नहुने गर्छ, मुर्खसित झगडा नगर्नु, भन्न सजिलाे गर्न गार्हाे, मानिसकाे आचरण उन्नति र पटनकाे कारण र अन्य शिर्षकहरू रहेका छन् ।
बुद्धशिक्षा प्रति इच्छुकहरू ।
असल मानिस बनाउने बुद्धकाे मुख्य शिक्षाले स्वतन्त्र चिन्तन, दुःख अन्त्यकाे लागि चाहिने सम्यक दृष्टि, प्रज्ञा र आध्यात्मिक उन्नतिकाे कुरा, चित्त शुद्ध गर्न धर्म उपदेश सुन्नु पर्ने, उत्तम जीविका, मानिसकाे मन किन अपवित्र हुने गर्छ आदि बिषयहरू समेतिएर बुद्धकाे उपदेशसित जाेडिएर प्रस्तुत गरेका छन् ।
बुद्धशिक्षालाई व्यवहारिक जीवनमा प्रयाेग गर्न चाहनेहरू ।
निर्वाण र संस्कार तथा तृष्णाबाट मुत्ति सम्बन्धि गहन एवं गम्भिर विषयलाई लिएर बिभिन्न १२वटा शिर्षक दिएर प्रष्त्याएर प्रस्तुत गरिएका छन् । जसमा श्रद्धा, शील, श्रुत, त्याग, प्रज्ञालाई दैनिक व्यवहारीक जीवनमा प्रयाेग, माया, माेह, तृष्णाबाट अलग हुनु पर्ने, सन्ताेषी हुनु पर्ने, शान्तिका लागि असल बन्नु पर्ने, कर्तव्य परायण हुनु पर्ने, विश्वासपात्र बन्नु पर्ने, शैक्षिक प्रमाणपत्र मात्र भएर पुग्दैन याेग्यता, अनुभव र क्षमताले मात्र मानिस सफल हुन्छ आदि विषयहरु समेतिएर प्रस्तुत गरेका छन् ।
बुद्धशिक्षा अन्तर्गतकाे मुख्य बिषय निर्वाण, संस्कार र तृष्णालाई व्यवहारिक जीवनमा प्रयाेग गर्न चाहनेहरू ।