General knowledge

शान्ति विहारकाे शान्ति सन्देश

शान्ति विहारकाे शान्ति सन्देश

65

शान्ति विहारकाे निर्माणका बारेमा हिजाे, आज, भाेलि शिर्षक दिएर विहारकाे बारेमा जानकारी दिएकाे, पापकर्म नगर्नु, कुशल कार्य सम्पादन गर्नु, आफ्नाे चित्तलाई परिशुद्ध गर्नु, शील प्रार्थना, त्रिरत्न वन्दना, बुद्धपुजा, पटनका कारणहरू, उत्तम मंगल, मध्यम मार्गका आठ अंगका बारेमा उल्लेख गरेका छन् । यसकाे साथै शान्ति विहार निर्माण कार्यमा भएका नगद आम्दानी र खर्चकाे विवरण, आजीवन सदस्यहरु हुनु भएका श्रद्धालुहरूकाे नामावलीका साथै विहार भिक्षुसंघलाई प्रदान गरी दिने प्रमुख ब्यक्तिहरूकाे नामावली आदी बिषयबस्तुहरुका बारेमा प्रस्तुत गरेका छन् ।

शान्ति विहारका बारेमा जान्न चाहनेहरू ।

असल शिक्षा भाग ४

असल शिक्षा भाग ४

98

असल मानिस बनाउने बुद्धकाे मुख्य शिक्षाले स्वतन्त्र चिन्तन, दुःख अन्त्यकाे लागि चाहिने सम्यक दृष्टि, प्रज्ञा र आध्यात्मिक उन्नतिकाे कुरा, चित्त शुद्ध गर्न धर्म उपदेश सुन्नु पर्ने, उत्तम जीविका, मानिसकाे मन किन अपवित्र हुने गर्छ आदि बिषयहरू समेतिएर बुद्धकाे उपदेशसित जाेडिएर प्रस्तुत गरेका छन् ।

बुद्धशिक्षालाई व्यवहारिक जीवनमा प्रयाेग गर्न चाहनेहरू ।

दीर्यायू हुने उपाय

दीर्यायू हुने उपाय

63

निर्वाण र संस्कार तथा तृष्णाबाट मुत्ति सम्बन्धि गहन एवं गम्भिर विषयलाई लिएर बिभिन्न १२वटा शिर्षक दिएर प्रष्त्याएर प्रस्तुत गरिएका छन् । जसमा श्रद्धा, शील, श्रुत, त्याग, प्रज्ञालाई दैनिक व्यवहारीक जीवनमा प्रयाेग, माया, माेह, तृष्णाबाट अलग हुनु पर्ने, सन्ताेषी हुनु पर्ने, शान्तिका लागि असल बन्नु पर्ने, कर्तव्य परायण हुनु पर्ने, विश्वासपात्र बन्नु पर्ने, शैक्षिक प्रमाणपत्र मात्र भएर पुग्दैन याेग्यता, अनुभव र क्षमताले मात्र मानिस सफल हुन्छ आदि विषयहरु समेतिएर प्रस्तुत गरेका छन् ।

बुद्धशिक्षा अन्तर्गतकाे मुख्य बिषय निर्वाण, संस्कार र तृष्णालाई व्यवहारिक जीवनमा प्रयाेग गर्न चाहनेहरू ।

शिक्षा (प्रथम भाग)

शिक्षा (प्रथम भाग)

64

बुद्धशिक्षालाई ब्यावहारिक रुपमा अपनाएर दैनिक जीवनमा आइपर्ने विभिन्न समस्या र बाधाहरूलाई सहज रुपमा समाधान गरी जीवनलाई सुखि र आनन्दीत बनाउन सकिन्छ भन्नेबारेमा बिभिन्न घटनाहरु समेटिएर उल्लेख गरि प्रस्तुत गरिएका छन् ।

बुद्धशिक्षालाई ब्यावहारिक रुपमा जान्न चाहनेहरू ।

त्याग

त्याग

25

सप्तरत्न धन र त्यागकाे महत्त्वबारेमा व्यावहारिक जीवनमा यसकाे आवश्यकताका बिषयमा व्याख्या गरिएका छन् ।

त्यागकाे विषयमा अध्ययन गर्न चाहनेहरू ।

मांयात निर्वाण-स्वाँ

मांयात निर्वाण-स्वाँ

51

मिलिन्द प्रश्नकाे वेसन्तरवर्ग अर्न्तगत मरेका ज्ञातिजनकाे नामबाट दिइने दान, स्वप्न बिषयक प्रश्न, अकाल मृत्यु, निर्वाणकाे बिषयमा निर्वाणकाे रुप र आकार आदि बिबिध बिषयमा गरिएका प्रश्नाेत्तरहरू समावेश गरि प्रस्तुत गरिएका छन् ।

अकाल मृत्यु, स्वप्न आदि बिबिध बिषयका जिज्ञासुहरू सबै ।

बुद्धया अनुयायी

बुद्धया अनुयायी

उपन्यासकाे रुपमा विश्वकाे रूपरेखा मानवसमाज, दर्शन, दिग्दर्शन, बैज्ञानिक, भाैतिकवादलाई बैशालीका सेनापति सिंहकाे आत्मजीवनीकाे रुपमा प्रस्तुत गरिएका छन् ।

मानवसमाज र बाैद्ध दर्शनकाे बिषयमा अध्ययन गर्न चाहनेहरू ।

भूमिका

भूमिका

382

भिक्षु ज्ञानपूर्णिक महास्थविरले भाषा अनुवाद गरिएका तथा अन्य रचना गरिएका बिभिन्न पुस्तकमा आदरणिय भिक्षुहरू तथा विद्वानहरुले दिनु भएका भूमिकाहरूलाई संग्रह गरिएका छन् जुन अति नै ज्ञानवर्धक छन् ।

श्रद्धेय ज्ञानपूर्णिक महास्थविरका प्रकाशित र त्यसमा उल्लेख भएका भूमिकाहरूका बारेमा अध्ययन गर्न चाहनेहरू ।

भिक्षुया पात्र (भाग १)

भिक्षुया पात्र (भाग १)

33

चिठ्ठीपत्रकाे प्रश्न र उत्तरकाे रूपमा बिषय बस्तुलाई समाबेश गरिएकाे छ । जसमा बुद्धपूजा, आनापानसति, हीनयान-महायान, अभिधर्म जस्ता महत्त्वपूर्ण बिषयहरु समावेश गरिएका छन् ।

बुद्धधर्मकाे बिषयमा अध्ययन गर्न चाहनेहरू ।

विवेक बुद्धि

विवेक बुद्धि

44

बुद्धशिक्षा र व्यावहारिक ज्ञानबारे बिभिन्न लेखकहरूले लेखिएका रचनाहरुलाई संग्रह गरि प्रस्तुत गरिएका छन् ।

बुद्धशिक्षाकाे व्यवहारिक ज्ञानकाे बारेमा अध्ययन गर्न चाहनेहरू ।

दान

दान

22

भगवान बुद्धले देशना गर्नुभएकाे दान धर्मकाे बिविध गुण र महत्व कस्ता व्यत्तिलाई दान दिने दानकाे फल आदिका बारेमा बिशेष रूपले व्याख्या गरि प्रस्तुत गरिएका छन् ।

बुद्धशिक्षामा दान धर्मकाे महत्वबारे अध्ययन अनुसन्धान गर्न चाहनेहरू ।

धर्मया ज्ञान भाग २

धर्मया ज्ञान भाग २

62

मज्झिम निकाय अन्तर्गत धर्मकाे ज्ञान व्यवहारमा उत्तार्ने र मन शुद्ध एवं राम्राे हुनु पर्ने बुद्धशिक्षाका ११वटा सूत्रहरुलाई सम्क्षिप्त रूपमा प्रस्तुत गरिएका छन् । जस्ताे कि अम्बलट्ठिक राहुलाेबाद सूत्र भद्दालि सूत्र सब्वासव सूत्र द्वधावितक्क सूत्र आदि रहेका छन् ।

बुद्धकाे शिक्षा व्यवहारमा अभ्यास गर्न चाहनेहरू ।

याेगिया चिट्ठी

याेगिया चिट्ठी

63

धर्म र ध्यान भावनालाई व्यावहारिक रूपमा दैनिक जीवनमा कसरी प्रयाेग गर्ने भन्ने विषयमा चिट्ठी आदान प्रदान गरेकाे किसिमले बुझाउन बिभिन्न शिर्षकलाई समेटेर प्रस्तुत गरिएकाे छ ।

भगवान बुद्धकाे धर्म र ध्यान भावनाकाे दैनिक जीवनमा प्रयाेगका बारेमा जान्नचाहनेहरू ।

ज्ञान मार्ग

ज्ञान मार्ग

46

बुद्धशिक्षाले भक्तिमार्ग भन्दा ज्ञानमार्गमा जान प्रेरित गर्ने बिबिध शिर्षक जस्तै देवधर्म, चारवटा गृहस्थी सुख, सम्यक दृष्टि, उपाली र छन्न सारथी आदि शिर्षकलाई कथात्मक रूपमा व्याख्या सहितका लेख संग्रह गरि प्रस्तुत गरिएका छन् ।

बुद्धशिक्षाले दिएका ज्ञानमार्गहरूलाई जान्नचाहनेहरू ।

बाखं-२

बाखं-२

27

उदानपालि, धम्मपदट्ठकथा र श्रद्धेय अमृतानन्द भन्तेकाे बुद्धकालीन पुस्तककाे आधार लिइ बुद्धशिक्षालाई नैतिकशिक्षाकाे रूपमा समाजमा पुर्याउने उद्देश्यले कथात्मक प्रसंग सहित प्रस्तुत गरिएकाे छ । जीवित हुँदा हेला गर्ने र मृत्यु पश्चात सेवा, आदर गर्ने, हृदय परिवर्तन, बुद्धले सही मार्गदिशाकाे लागि निष्काशित भिक्षुहरू, याेग्य गुरु, ईर्ष्या, अवबाेध आदिका बारेमा उल्लेख गरिएका छन् ।

धर्मप्रेमी सबै व्यक्तिहरू ।

बाैद्ध शिक्षा

बाैद्ध शिक्षा

61

मज्झिम निकायकाे आधारमा बाैद्धधर्म, संस्कृति, बाैद्ध दर्शन बिषयलाई बिभिन्न शिर्षकमा प्रस्तुत गरिएका छन् । जसमा क्लेश हटाउने, मनका मयल हटउने, चित्त परिशुद्धि, निर्वाण जाने मूलमन्त्र, सम्यकदृष्टि, दुःखकाे हेतु, सुगति दुर्गतिकाे हेतु आदि शिर्षकमा व्याख्या गरिएका छन् ।

बाैद्ध दर्शन र बाैद्ध शिक्षाका बारेमा अध्ययन गर्न चाहनेहरू ।