प्रव्रजित भएर पनि भिक्षुणीहरूले पालन गर्नुपर्ने धर्म आचरणलाइ राम्राे सँग मन नराखी केवल खाने, पिउने, लाभ सत्कार वा कीर्ति प्रशंसाकाे मात्र लालच गर्ने भिक्षुणीकाे बारेमा चर्चा ।
भिक्षु भिक्षुणीहरूकाे नियमहरूकाे बारेमा अध्ययन गर्न चाहनेहरू ।
लाेभ, दाेष र माेह वृध्दि हुने हीन, तुच्छ धर्मकाे सेवन नगर । आहार,मैथुन, भय तथा निद्रामा मात्र लाग्ने पशुतुल्य जीवन सज्जनवर्गकाे निम्ति याेग्य छैन । तसर्थ प्रमादी भै आफ्नाे जीवन बर्बाद नगर्नु, अप्रमादी भै रहनु । आफूले नजानेकाे अवस्थामा गरिएका ती अकुशल कार्यलाइ पछि आफूले जानी, सुनी, थाहा पाएपछि नगर्ने र छाेड्ने व्यक्तिलाइ तथागतादि सज्जनवर्गले प्रशंसा गरिएका छन् ।
विभिन्न बुद्धकालीन समयमा घटेका कथाहरूबारे जान्न इच्छुकहरू ।
त्रिपिटक अर्न्तगतकाे अभिधर्म पिटककाे सातवटा ग्रन्थहरु मध्ये चैथाे ग्रन्थ यस पुग्गलपञ्ञत्तिमा बिभिन्न ३९४ अथवा ३५७ जना व्यक्तिहरुकाे व्यवहार संस्कार र चरित्रकाे आधारमा वर्णन गरिरात्खेका छन् । कुनै कुनै व्यक्तिहरु दाेहरिएका पनि छन् । यसमा १० वटा निर्देशमा वर्गिकरण गरि व्यक्तिहरुकाे गुण र अवगुणका बिषयबस्तु समावेश गरिएका छन् ।
मानिसहरुकाे किसिम र तिनिहरुकाे व्यवहारहरुका बारेमा अध्ययन गर्न चाहनेहरु ।
बुद्ध शिक्षा अनुसार दान, शील, श्रद्धा, स्मृति, वीर्य, समाधी र प्रज्ञाले युक्त भई आर्यअष्टांगिक मार्गकाे अनुशरण, राग, द्वेष, माेहरुपी क्लेश क्रमशः निवारण गरी निर्वाण साक्षात्कार गर्न सकियाेस र सम्पूर्ण दुःखमय भव संसारचक्रबाट कसरी छुटकारा पाउन सकिन्छ भनि सरल भाषामा उल्लेख गरीएकाे छ ।
ध्यान अभ्यास गर्नेहरुका लागि र ध्यान बारे अभिरूचि राख्ने ध्यान साधकहरु ।
बुद्धकालीन समयका नारीहरु, उनीहरुकाे समाज निर्माणमा भूमिकाका साथै भगवान बुद्धकाे नारीहरु प्रतिकाे ब्यवहारका बारेमा उल्लेख गरिएका छन् । यसमा संघ-नायिका (महाप्रजापति गाैतमी), पुत्र-वियाेगिनी (कृशा गाैतमी), कठाेर-भाषी (सुजाता), दासी-स्त्री (खुज्जुत्तरा), स्वबन्धु-त्यक्ता (पटाचारा) र ईर्ष्यालु-गणिका (सिरिमा) समावेश गरिएका छन् ।
बुद्धकालिन नारीहरुका बारेमा अध्ययन गर्न चाहनेहरु ।