नेपाली

बुद्धकाे सम्झना कल्याणकाे कामना

बुद्धकाे सम्झना कल्याणकाे कामना

186

बुद्ध र बुद्धधर्म सम्बन्धित विभिन्न पक्षहरूलाई देखाउने विभिन्न बाैद्ध भिक्षु, लेखक तथा विद्वानहरूकाे लेख रचनाहरू बुद्धधर्मकाे परिचय, शिक्षा, दर्शन, सिद्धान्त र व्यावहारिक गुण एवं कल्याणकारी भावनाहरूलाई समेटेर संग्रहकाे रूपमा प्रस्तुत गरिएकाे छ । जसलाई.आजकाे युगमा बुद्धकाे मूल्याङ्कन र परम्परा जस्ता विविध विषयबस्तु समावेश गरी प्रस्तुत गरिएकाे छ ।

बुद्धधर्म सम्बन्धि ज्ञान हासिल गर्न चाहनेहरू ।

जीवनकाे महत्त्व

जीवनकाे महत्त्व

73

मानविय चरित्र र नैतिकतालाई व्यवहार र जीवनमा उतारी सदाचार तथा सदभावपूर्ण जीवन जीउनका लागि महत्त्वपुर्ण भुमिका खेल्ने गुणस्वभाव, मूर्खकाे स्वभाव र जीवन सफल बनाउनकाे लागि आवश्यक कर्तव्य, शील, समाधि, र प्रज्ञालाई विभिन्न ९ वटा प्रेत कथाहरू सहित ४ वटा कविताद्वारा रूपले मात्र मानव भएर हुदैन व्यवहारले कर्म बन्छ भन्ने कुरालाई प्रस्तुत गरिएका छन् ।

सभ्य र सुसज्जित समाजकाे निर्माण गर्न चाहानेहरू ।

कसले मगायाे ? ट्रक नै भरिने याे गाेबरकाे थुप्राे

कसले मगायाे ? ट्रक नै भरिने याे गाेबरकाे थुप्राे

230

वास्तविक जीवनमा आइपर्ने समस्याहरूलाई स्वागतपूर्ण ढङ्गले स्वीकार्न मद्दत गर्ने प्रेरणादायी कथाहरूलाई आजकाे समय, परिस्थिति अवस्थाऽ सकारात्मक साेच, भावना र कार्यसंग मिल्ने १०८ वटा बिबिध शिर्षकहरू करुणा, सुख, दया, माया, प्रेमका खुराकहरू, डर, रिसकाे आवेग, मुत्ति, विनम्रता, गल्तिसुधार, क्षमा याचना र क्षमाप्रदान आदि मानवीय मूल्य र मान्यताकाे जग बुद्ध धर्मकाे आधारभूत सिद्दान्तहरूलाई समावेश गरी अभिप्रेरित र मनाेरन्जनपूर्ण तथा ज्ञानवर्दक रूपमा प्रस्तुत गरिएका छन् ।

व्यावहारिक जीवनमा धर्मलाई उतार्न चाहानेहरू

त्रिपिटक ज्ञान कक्षा स्मारिका

त्रिपिटक ज्ञान कक्षा स्मारिका

107

बि‍‍ सं २०६१ सालमा बाैद्धग्रन्थ त्रिपिटककाे माध्यमबाट बुद्धशिक्षा अध्यापन गर्नकाे लागि “त्रिपिटक ज्ञानकक्षा” नाम दिई प्रत्येक शनिवार दुई घण्टाकाे अध्यापन गर्ने गरी कक्षा शुरू गरिएकाे थियाे । यसकक्षाकाे प्रथम बर्षकाे ३ बर्ष पूर्णाबधिपश्चात बिद्यार्थीहरूलाई प्रमाणपत्र वितरण समाराेह आयाेजनाकाे उपलक्ष्यमा त्यस कक्षामा सम्मिलत बिद्यार्थीहरूले रचना गरिएका बिभिन्न १७ वटा लेखहरू समावेश गरि याे स्मारिका प्रकाशित गरिएकाे थियाे । यसमा त्रिपिटकमा उल्लेखित लेखहरूलाई बिभिन्न शिर्षक दिएकाे छ । जसमा पूर्ण भिक्षुकाे हिम्मतकाे कथा, शील र प्रज्ञाकाे उपदेश, धर्मचत्रपवर्तन, सुखमय जीवन, शाक्यकुलकाे उत्पत्तिबारेमा आदि विषयका बारेमा उल्लेख गरिएका छन् ।

त्रिपिटकमा उल्लेखित केही बिषयकहरुका बारेमा अध्ययन गर्न चाहानेहरू ।

पटाचारा

पटाचारा

बुद्धकालिन अग्रस्थान प्राप्त गर्ने श्राविकाहरूमध्ये विनयमा अग्रस्थान प्राप्त गर्ने श्राविका, स्मरणीय, उदाहरणीय महिला, सम्पन्न र कुलीन परिवारमा जन्मि, हुर्केबढेकी पटाचारा कसरी र किन आफ्ना पतिलगायत सन्तानहरुबाट बिछाेडिनु पर्याे र पछि भगवान बुद्धकाे उपदेशप्राप्त गरी अर्हत लाभ सम्म प्राप्त गरेकाे कुरालाई धर्मदेशना दिनुभएकाेलाई लेखकाे रुपमा प्रस्तुत गरिएकाे छ । यसै कुरालाई सक्षिप्त रुपमा सचित्र सहित पनि प्रस्तुत गरिएकाे छ ।

बुद्धकालिन श्राविका पटाचाराकाे जीवनी बारे अध्ययन गर्न चाहानेहरू ।

मानव सभ्यता

मानव सभ्यता

82

जीवन सफल बनाउन बिशेष गुण हुन आवश्यक छ । एक सभ्य व्यत्तिले पालना गर्नुपर्ने शील, नियम, आदर गाैरव, दुःख पर्दा दिइने सान्त्वना, विरामी हेर्नजाँदा गर्नुपर्ने व्यवहार आदि आवश्यक गुण धर्मका कुराहरूलाई उदाहरण सहित विभिन्न ३९ शिर्षकमा प्रस्तुत गरिएकाे छ ।

ब्यावहारीक जीवनमा परिवर्तन गर्न चाहाने बालबालिकाहरू ।

नयाँ परित्राण निश्रय (भाग १)

नयाँ परित्राण निश्रय (भाग १)

284

परित्राणकाे निदान, परित्राण पाठ परम्परा, परित्राणकाे सुरूवात र निरन्तरताका केहि कुरा, देव आराधना, बुद्ध वन्दना देखि पुब्बण्ह सुत्त गरी १२ वटा पालिभाषामा परित्राण सुत्त सहित देव आराधना देखि मङ्गल सुत्तसम्मकाे शब्दार्थ, भावार्थ, अभिप्राय तथा कथात्मक प्रसंग सहित व्याख्या गरिएकाे छ ।

परित्राण सूत्रकाे भावार्थ सहित शब्दार्थ अध्ययन तथा अध्यापन गर्न चाहानेहरू ।

नयाँ परित्राण निश्रय (भाग २)

नयाँ परित्राण निश्रय (भाग २)

420

रतन सुत्त, मेत्त सुत्त, माेर सुत्त, वट्ट सुत्त आदि ९ वटा परित्राणहरूकाे पालिकाे शब्दार्थ, भावार्थ, अभिप्राय तथा व्याख्या सहित निदान र सुत्तलाई कथात्मक प्रसंग सहित व्याख्या गरी प्रस्तुत गरिएकाे छ ।

परित्राण सूत्रकाे शब्दार्थ र भावार्थ अध्ययन र अध्यापन गर्न चाहानेहरू ।

इतिबुत्तक

इतिबुत्तक

99

सुत्तपिटक अन्तर्गत खुद्दक निकायकाे चाैथाे गन्थ हाे । यसमा भगवान बुद्धका सानातिना र विशेष प्रकारकाे उपदेशहरू संग्रह गरिएकाे छ । जसमा चार परिच्छेदहरू रहेका छन । राग, द्वेश, माेह, सबैकाे त्याग, उचित मनन, राम्राे मित्र, आदि विविध कुराहरूद्वारा नराम्राे गर्दा नरक बास हुन्छ र दुःख कष्ट हुन्छ, राम्राे चिन्तन र मननबाट सुख शान्ति मिल्छ भन्ने भनाइहरूलाई प्रस्तुत गरिएकाे छ ।

कुशल वृद्धि गरी सुख, समृद्धि र मुत्ति प्राप्त गर्न चाहानेहरू ।

बुद्ध र बुद्धशिक्षा

बुद्ध र बुद्धशिक्षा

81

भक्तपुरबाट प्रकाशित “मजदूर” पत्रिकामा २०५८ साल देखि २०६२ सालसम्म प्रकाशित १७ वटा साना छाेटा लेखहरूकाे सँगालाे हाे । सम्पूर्ण लेखहरू बाैद्ध विनयमा आधारित रहेका छन् । सामाजिक व्यवहारलाई शील, समाधि, प्रज्ञामा व्यवस्थित गर्नुपर्छ, रूढीवादी परम्परालाइ त्यागेर सत्य मार्गमा लाग्नुपर्छ, बाैद्ध दृष्ट्रीकाेण र अर्थ नीति आदि विविध प्रसंगहरूलाई बाैद्धनैतिकतालाई अगाडि सारेर मानव मूल्य र मानव कर्तव्यलाई बिबिध शिर्षकहरू जस्तै “हाम्राे समाज र व्यवहार”, “पञ्चशील र यसकाे महत्व”, “आमा बुबाप्रति छाेराछाेरीकाे कर्तव्य” देखि “द्वेषभावनाकाे समाधान मैत्री भावना” आदि शिर्षकमा कथा सहित व्याख्या गरिएका छन् ।

समाजमा परिर्वतन चाहाने सबै ।

सुमेधा-जीवनी

सुमेधा-जीवनी

34

पालि त्रिपिटककाे सूत्रपिटक अन्तर्गतकाे खुद्दक निकायकाे १५ वटा ग्रन्धहरू मध्येकाे थेरीगाथा जसमा बुद्धकालिन समयमा आफ्नाे जीवन सार्थक बनाउन र सांसारिक दुःखबाट मुक्त हुन बाैद्ध राजकन्या (थेरी) हरूले गरेका कार्यहरुका बारेमा उल्लेख गरीएका मध्येका एक थेरी सुमेधाकाे जीवनीलाई कविताकाे रूपमा प्रस्तुत गरिएकाे छ ।

बुद्धकालिन राजकन्या सुमेधाकाे बारेमा अध्ययन गर्न चाहानेहरू ।

सारिपुत्रकाे मातालाई धर्मदेशना

सारिपुत्रकाे मातालाई धर्मदेशना

66

भगवान बुद्धका अग्रश्रावक सारिपुत्र स्थविरकाे संक्षिप्त परिचय, वहाँलाई तथागतले बिभिन्न प्रकारले प्रसंशा गरेकाेबारेमा उल्लेख गरिएकाे छ । सारिपुत्रकाे पूर्वजन्मकाे कथा सहित उहाँले मिथ्यादृष्टिमा अल्झिरहेकी आफ्नी आमालाई आमाकाे गुण सम्झेर मिथ्यादृष्टिबाट हटाउनकाे लागि धर्म उपदेश दिनुभएकाे साथै बुद्ध गुण, धर्म गुण, संघ गुणकाे बारेमा बाेध गराउनु भएकाे बारेमा उल्लेख गरिएका छन् ।

सारिपुत्र भन्तेकाे जीवनीबारे अध्ययन गर्न चाहानेहरू

बाेधि कथा

बाेधि कथा

114

त्रिपिटक मध्ये विनय पिटक अन्तर्गत महावग्गमा उल्लेखित भएकाे कथा, बुद्धपुजा, ज्ञानमालाका केही भजनहरू सहित भगवानले दिनु भएकाे गम्भीर उपदेश (प्रतीत्यसमुत्पाद, चार आर्यसत्य, अनित्य, दुःख, अनात्मा) काे पालि गाथा र अर्थ सहित व्याख्या गरिनुकाे साथमा भगवान बुद्धले ज्ञान प्राप्त गर्नु भए देखि महाकश्यप भन्तेलाई दिनुभएकाे उपदेश सम्मकाे घट्नाहरूलाई कथात्मक रूपमा बिभिन्न १५ शिर्षकमा प्रस्तुत गरिएका छन् ।

बुद्धशिक्षा अध्ययन गर्न चाहानेहरू

अनगारिका धर्मचारी तथा उपासिकारामकाे संक्षिप्त परिचय

अनगारिका धर्मचारी तथा उपासिकारामकाे संक्षिप्त परिचय

55

धर्माचारी गुरूमांकाे जीवनी, उहाँकाे बुद्धधर्म प्रचारप्रसारमा संघर्ष, निर्वाणमूर्ति उपासिकारामकाे स्थापना र महापरिनिर्वाण मूर्ति स्थापना, भिक्षुहरूकाे निष्काशनमा गुरुमांहरूकाे याेगदान आदि बिषयहरूका बारेमा उल्लेख गरिएका छन् ।

निर्वाणमूर्ति उपासिकारामकाे इतिहास बारे अध्ययन गर्न चाहानेहरू

अवबाेध

अवबाेध

भगवान बुद्धकाे समयमा घटेकाे २ वटा घटनाहरूका बारेमा उल्लेख गरिएका छन् । जसमा एकजना मिथ्यादृष्टिक वा अन्धबिश्वासी ब्राह्मण र एकजना चमत्कारीक वंगीश नामका ब्राह्मणलाई धर्माबाेध गरिएकाे कथा समावेश गरिएका छन् ।

मिथ्यादृष्टि वा अन्धबिश्वासका कुराका बारेमा जान्न चाहनेहरू ।

बुद्ध बैशाख पूर्णिमा

बुद्ध बैशाख पूर्णिमा

92

बैशाख पूर्णिमाकाे शुरूवात, नेपालमा बैशाख पूर्णिमाकाे महत्त्व, संयुत्त राष्ट्रसंघद्वारा विश्वदिवशकाे घाेषणा, सम्बाेधिज्ञान लाभ, चार आर्यसत्य, आमिस पूजा आदि बिषयहरू समावेश गरिएकाे छ । यसका साथै संयुत्त राष्ट्रसंघबाट बैशाख पूर्णिमालाई विश्वदिवशकाे रुपमा गरीएकाे घाेषणा पत्र र श्रीलंकाका राजदूतद्वारा बैशाख पूर्णिमाकाे विषयमा दिइएकाे प्रतिवेदन पत्र पनि समावेश गरिएकाे छ ।

बैशाख पूर्णिमा र बुद्धशिक्ष्याका विषयमा अध्ययन गर्न चाहानेहरू ।