बर्माबाट नेपाल आउनुभएका मा गुणवती गुरुमांले नेपाल बसाइकाे आफ्नाे अनुभव प्रस्तुत ।
विदेशी भन्ते, गुरुमांहरूकाे बारेमा अध्ययनमा रूची राख्नेहरू ।
भद्दन्त रट्ठपाल स्थवीरले सम्पूर्ण द्वीप बासिहरुलाई हित सुख कल्याणकाे कामना गरी मगध भाषामा रुपान्तरण गरीराखेकाेलाई भद्दन्त वेदेह साभिंले संशाेधन गरी लेखिएकाे याे पुस्तक महामहेन्द प्रमुख अरहन्तहरुकाे दान कथा, सील कथा आदि घटनाक्रमलाई समेतेर दिएका उपदेशहरुलाई नेपाल भाषामा अनुवाद गरिएका छन् ।
अरहन्तहरुकाे दान र सीलका बारेमा अध्ययन गर्न चाहनेहरु ।
यस पुस्तकमा बर्मी भिक्षु धम्मावुधले अल इन्डिया रेडियाेमा दिनु भएकाे उपदेशहरू समेटिएकाे छ । यस उपदेश उहाँले बुद्धकाे जन्मस्थान, शाक्य जातीकाे उत्पति, बर्मी रनेपाली बिचकाे सम्बन्धकाे इतिहाससहित शाक्यमुनी बुद्धकाे समग्र जीवनीलाइ संक्षिप्त र सरल व्यवहारिकरूपमा प्रस्तुत गरिएकाे छ ।
शाक्य जाती र शाक्यमुनी बुद्धकाे विषयमा जान्न चाहनेहरूकाे लागी उपयाेगी ।
यस पुस्तकमा थाइल्याण्डकाे बुद्ध धर्म, बाैद्ध सम्पदा चाडपर्वकाे विषयवस्तु सहित नेपालमा बाैद्ध धर्म प्रचार गर्न प्रमुखदेन दिनुभएकाे संघराजा साेमदेत फ्रा. ञानसम्बरकाे याेगदानकाे बिषयमा उल्लेख भएकाे पाइन्छ । उँहाकाे नै याेगदान स्वरूप नेपाली भिक्षु, श्रामणेर र अनागारिकाहरू थाइलयाण्डमा बुद्ध शिक्षा अध्यन गर्ने अवसर सहित थाइल्याण्ड र नेपाल बिचकाे सुमधुर सम्बन्धकाे विषयमा प्रस्तुत गरिएकाे छ ।
थाइल्याण्ड र नेपाल बिचकाे धार्मिक सम्बन्धकाे विषयमा अध्यन गर्न चाहनेहरूकाे लागी ।
यस पुस्तकमा बाैद्धजगत एवं एशियाका एक महान सम्राट कनिष्क, प्राचीन चीनिया यात्री फाहियान सघंनायक भिक्षु शाक्यनन्द महास्थविर, नेपालका जेष्ठ अनागारिकात्रय, शाक्यमुनी बुद्धका अग्रश्रावकद्धयमा अस्थिधातु, प्राचीन बाैद्ध विश्व विद्यालय र २० अैा शताब्दीका हुयानसाङ्ग एवं राहुल साकृत्यानकाे यात्राद्धय गरी जम्मा १० वटा विषयवस्तुका रचनाहरू यसमा समावेश भएकाे पाइन्छ ।
बाैद्ध इतिहास अध्यन गर्ने विद्यार्थी वर्गहरूकाे लागी उपयाेगी ।