Social

मानवमय ज्ञान

मानवमय ज्ञान

107

समाजमा रहेका सम्पूर्ण व्यक्तिहरुलाई नैतिक शिक्षा, अनुशासन, आ आफ्नाे कर्तब्यलाई बुझी कर्तव्यपरायण बन्नका लागि अभिप्रेरित गर्न आमा, बुबा, छाेराकाे कर्तव्य, छाेरीकाे कर्तव्य देखि राजा, सिपाहिं गरि बिभिन्न ४८ शिर्षक दिई हरेकाे काम कर्तव्य आदीका बारेमा उल्लेख गरिएकाे छ ।

समाजका सम्पूर्ण जनसमूदायका व्यक्तिहरू ।

रसवाहिनी

रसवाहिनी

113

मनुष्य जीवनमा कुशल कर्म गर्नुपर्छ, दानधर्म गरेर पुण्य संचय गर्नुपर्छ, असल मानिसहरूकाे संगत गर्नुपर्छ, बुद्धशासनलाई चिरस्थायी गर्ने कार्यमा सहयाेग गर्नुपर्ने आदी पुण्यकार्यहरूलाई बिभिन्न २०वटा कथाहरू मार्फत प्रस्तुत गरिएका छन् ।

धर्मरसका बारेमा जानकारी लिन चाहानेहरू ।

संसारे छु दु ?

संसारे छु दु ?

भन्तेज्यूले संसारमा पुरूष र महिला दुई जना मात्र छ । त्यस बाहेक अरू छैन भनेकाे सम्बन्धमा उपासकहरले संसारमा यति धेरै सत्त्वप्राणीहरू छन् याे कसरी भयाे भनी साेध्नु भएकाेमा त्यसलाई प्रस्त्याउनकाे लागि पुरूष र महिला भनेकाे अत्तदिट्ठि मिथ्यादिट्ठि दुई जना हाे भनि उल्लेख गरिएकाे छ । साथै यसलाई अझ बिस्तृत रूपमा बताउनुकाे लागि परमार्थ धर्म, लाेकाेत्तर परमार्थ निर्वाणकाे स्वभाव, अनात्म बिषयहरूलाई प्रश्नाेत्तरकाे रूपमा प्रस्तुत गरिएकाे छ ।

संसारिक धर्मका बारेमा जान्न चाहानेहरू ।

गुणकाे पूजा

गुणकाे पूजा

76

देवदेवीहरूमा निहित गुणहरूलाई आत्मसात गरी उक्त गुण आफूमा पनि विकसित गरी सही धर्मकाे पहिचान र आचरण गर्नु पर्छ । आराध्य देवदेवीमा रहेकाे गुण स्मरण गर्नु पर्ने त्यसबाट शिक्षा ग्रहण गरी त्यसलाई व्यवहारमा उपयाेग गर्नुपर्ने जस्तै बुद्ध, गणेश, ब्रम्हा, विष्णु, शिव, कृष्ण आदि देवताहरूकाे प्रतिकात्मककाे बारेमा शिक्षा लिनु पर्ने साथै विजयदशमी मनाउनुकाे कारण र उपसंहार सहित उल्लेख गरिएका छन् ।

सही धर्म पहिचान गर्न चाहानेहरू ।

सुख शान्तिया लँपु

सुख शान्तिया लँपु

38

दुर्लभ मनुष्य जन्म प्राप्त गरी सार्थक गर्ने इच्छा भएका ब्यक्तिहरूले पहिला बहुश्रुत धन प्राप्त गर्नुपर्छ । बहुश्रुत धन धेरै भन्दा धेरै पुस्तकहरू अध्ययन गरेर र सुनेर प्राप्त गर्न सकिन्छ । बहुश्रुत भएपछि ज्ञानी भइन्छ र ज्ञानी व्यक्त्ति दुःख र सुखमा दुबै अवस्थामा संयमी भई कार्य गर्न सक्छ। यसैसन्दर्भका तीनवटा कथाहरू बन्धुल मल्लिक, चूल सुभद्र र शीलव जातक यसमा उल्लेख गरेकाे छ । यी कथामा बिपत्ती भएकाे समयमा धैर्यता पूर्वक कार्य गरेकाे, राम्राे ब्यक्त्तिकाे संगत भयाे भने मिथ्यादृष्टि हटेर सम्यकदृष्टि हुन्छ आदि कुराहरूका बारेमा बताइएकाे छ ।

दुर्लभ मनुष्य जीवनलाई सार्थक बनाउन चाहानेहरु ।

सुखया साधन पञ्चशील

सुखया साधन पञ्चशील

36

मानिसले आफ्नाे जीवन सुख र शान्ती पुर्वक जीउनका लागि कमसेकम पञ्चशीलकाे पालना गर्नु पर्छ । यी फरक फरक पाँचवटा शीलहरू पालना गर्दा हरेककाे लाभ र त्यसकाे विपाक वा दाेषहरूकाे बारेमा छुट्टाछुट्टै रुपमा उल्लेख गरिएकाे छ

स-धर्मप्रेमी सबै ।

उपासक परिहानी तथा सद्धर्म चिरस्थायी मज्वीगु कारण

उपासक परिहानी तथा सद्धर्म चिरस्थायी मज्वीगु कारण

80

बर्मा म्यानमारकाे पण्डिताराम विपस्सना सासना यैताका प्रमुख ओवादाचार्य सयादाे अग्गमहापण्डित भद्दन्त पण्डिताभिवंश महास्थविरले २०५१ सालमा अन्तर्राष्ट्रिय बाैद्ध भावना केन्द्र शंखमूलमा अंगुत्तर निकाय, दुक खण्डकाे सत्तम निपात (३) वज्जिसत्तक वग्ग (९) दुतिय परिहानी सुत्तका बारेमा देशना गर्नु भएकाे थियाे । उत्त देशनालाई पुस्तककाे रुपमा प्रस्तुत गरिएकाे हाे । यसमा उपासकहरूलाई परिहानी हुने सातवटा धर्म र अपरिहानी हुने सातवटा धर्महरूका बारेमा प्रस्तुत गरीएकाे छ ।

उपासकहरूलाई परिहानी र अपरिहानी हुने धर्महरूका बारेमा अध्ययन गर्न चाहानेहरू ।

जीवनकाे महत्त्व

जीवनकाे महत्त्व

73

मानविय चरित्र र नैतिकतालाई व्यवहार र जीवनमा उतारी सदाचार तथा सदभावपूर्ण जीवन जीउनका लागि महत्त्वपुर्ण भुमिका खेल्ने गुणस्वभाव, मूर्खकाे स्वभाव र जीवन सफल बनाउनकाे लागि आवश्यक कर्तव्य, शील, समाधि, र प्रज्ञालाई विभिन्न ९ वटा प्रेत कथाहरू सहित ४ वटा कविताद्वारा रूपले मात्र मानव भएर हुदैन व्यवहारले कर्म बन्छ भन्ने कुरालाई प्रस्तुत गरिएका छन् ।

सभ्य र सुसज्जित समाजकाे निर्माण गर्न चाहानेहरू ।

कसले मगायाे ? ट्रक नै भरिने याे गाेबरकाे थुप्राे

कसले मगायाे ? ट्रक नै भरिने याे गाेबरकाे थुप्राे

230

वास्तविक जीवनमा आइपर्ने समस्याहरूलाई स्वागतपूर्ण ढङ्गले स्वीकार्न मद्दत गर्ने प्रेरणादायी कथाहरूलाई आजकाे समय, परिस्थिति अवस्थाऽ सकारात्मक साेच, भावना र कार्यसंग मिल्ने १०८ वटा बिबिध शिर्षकहरू करुणा, सुख, दया, माया, प्रेमका खुराकहरू, डर, रिसकाे आवेग, मुत्ति, विनम्रता, गल्तिसुधार, क्षमा याचना र क्षमाप्रदान आदि मानवीय मूल्य र मान्यताकाे जग बुद्ध धर्मकाे आधारभूत सिद्दान्तहरूलाई समावेश गरी अभिप्रेरित र मनाेरन्जनपूर्ण तथा ज्ञानवर्दक रूपमा प्रस्तुत गरिएका छन् ।

व्यावहारिक जीवनमा धर्मलाई उतार्न चाहानेहरू

बुद्धया सत्उपदेश

बुद्धया सत्उपदेश

56

ज्ञान हासिल गर्ने इच्छा भएका ब्यक्तिहरूले धार्मिक सामाजिक सम्बन्धि विविध प्रकारका पुस्तकहरू अध्ययन गर्नु पर्छ जसले गर्दा इहलाेक र परलाेक दुईवटै लाेकमा हित सुख हुन्छ । भगवान बुद्धकाे चारवटा सत्उपदेशहरू संग्रह गरिएकाे छ । जसमा श्रद्धाले प्रवर्जित भएका मध्ये एतदग्ग प्राप्त राष्ट्रपालकाे जीवनी, वीर्य उत्साह भएका भिक्षुणीहरू मध्ये एतदग्ग प्राप्त साेणा स्थविराकाे कथा र छाेरा बुहारीकाे अपमान सहन नसकि घरबाट निस्केका धनपति ब्राह्मणलाई दिनुभएकाे उपदेशहरूलाई कथाकाे रुपमा प्रस्तुत गरिएकाे छ

श्रद्धा, वीर्य र उत्साहकाे महत्वका बारेमा जान्न चाहाने सबै पाठकहरू ।

माता पिता सेवा

माता पिता सेवा

50

पुस्तककाे मुख्य विषयः भगवान बुद्धले जेतवन विहारमा आफ्ना शिष्य भिक्षुहरूलाइ माता पिताकाे सेवाकाे महत्व एवं गुण र प्रतिफल बारे दिएकाे उपदेश समावेस गरिएकाे छ । यसमा विशेषत भगवान बुद्धकाे पूर्व जन्ममा वहाँ बोधिसत्व साेनकुमार र भाइ नन्द कुमारले माता पिताकाे दत्तचित्तले समर्पण भइ सेवा गरेकाे घटनावारे विस्तृत रूपमा वर्णन गरिएकाे छ । संक्षिप्त विषय सूचिका वारेमाः साेन कुमार र नन्द कुमारहरूकाे माता पिताकाे सेवाकाे साथै पूर्व जन्मका वारेका यस सँग सम्बन्धित सार्न्दभिक घटनाहरू भगवान बुद्धवाट मातापिताकाे उपस्थान , गुणवान हात्तीकाे मातृ सेवा , आत्मत्यागी बाँदरकाे कथा एवं सारिपुत्रकाे अन्तिम मातृ सेवा बारे वर्णन गरिएकाे छ ।

भगवान बुद्धले पूर्व जन्महरूमा विभिन्न सार्न्दभिक घटनाहरू समावेस गरिएकाेले अहिलका युवाहरूलाइ माता पिताकाे सेवा र प्रतिफल बारे अध्ययन गर्न उपयाेगी हुने देखिन्छ । साथै शिक्षण संस्थाहरूमा माता पिताकाे सेवाकाे महत्व बारे अध्ययन गर्न चाहनेहरूलाइ उपयाेगी हुने देखिन्छ ।

न्हापाँयाम्ह गुरु सु ख? व अमुल्यगु धन

न्हापाँयाम्ह गुरु सु ख? व अमुल्यगु धन

97

आमा बुबालाई पहिलो गुरुको रुपमा र सप्तरत्न धनलाई अमूल्य धनको रुपमा लिन सकिन्छ ।

पहिलो गुरु र अमूलय धनको बिषयमा अध्ययन गर्न इच्छुक सबैलाई ।

वनवासीतिस्स आनन्दसेठ व चूलएकसाटक ब्राह्मणया बाखँ

वनवासीतिस्स आनन्दसेठ व चूलएकसाटक ब्राह्मणया बाखँ

46

दानको महत्वलाई बुझाउनको लागि उदाहरण सहित प्रस्तुत गरिएको धम्मपदअट्ठकथा

दानको बारे जानकारी लिन चाहाने इच्छुक सबैलाई ।

भिक्षु विवेकानन्द महास्थविर व वसपोया रचना संग्रह

भिक्षु विवेकानन्द महास्थविर व वसपोया रचना संग्रह

91

विवेकानन्द महास्थविरको चिनारी सहित उहाँको लेख रचनाहरु छन् ।

विवेकानन्द महास्थविरको बारे जानकारी लिन चाहनेहरुलाई ।

पञ्चशीलया महत्व

पञ्चशीलया महत्व

57

शरीर, वचन लाई संयमित गर्नको लागि पञ्चशीलको महत्व छ । शील विना समाधि प्राप्त हुदैन ।

पञ्चशीलको महत्वको बारे अध्ययन गर्न इच्छुक सम्पुर्णलाई ।

ईश्र्या व शंका

ईश्र्या व शंका

20

बुद्धको विचार अनुसार ईश्र्या र शंका गर्नेहरु भएर नै मानिस मनोमनी हुँदैन र राम्रो ब्यक्ति भाइ अगाडि बढ्न सकिन्छ ।

ईश्य र शंका बाट टाढा हुन चाहानेहरु ।