दाेलेन्द्ररत्न शाक्य

सद्धर्म के, किन र कसरी ?

सद्धर्म के, किन र कसरी ?

66

नेपाल अधिराज्यभरिका थेरवार बौद्ध विहारहरूकाे नामावली, युवक बौद्ध मण्डल, नेपाल (Y.M.B.A) काे संक्षिप्त परिचय, त्रिशरण गमन, त्रिरत्न वन्दना पालि र नेपालीमा, धर्म के, किन र कसरी भन्ने विषयमा व्याख्या, चार आर्य सत्य, आर्यमार्ग, आनापान स्मृति भावना बिधि र भावना सम्बन्धी प्रश्नाेत्तर, पराभव सूत्र गृहस्थीहरूकाे नियम आदी बिषयबस्तुहरू समावेश गरिएकाे छ ।

युवक बाैद्ध मण्डल, नेपालकाे जानकारी र सद्धर्मकाे विषयमा जान्न चाहनेहरू ।

गुणकाे पूजा

गुणकाे पूजा

76

देवदेवीहरूमा निहित गुणहरूलाई आत्मसात गरी उक्त गुण आफूमा पनि विकसित गरी सही धर्मकाे पहिचान र आचरण गर्नु पर्छ । आराध्य देवदेवीमा रहेकाे गुण स्मरण गर्नु पर्ने त्यसबाट शिक्षा ग्रहण गरी त्यसलाई व्यवहारमा उपयाेग गर्नुपर्ने जस्तै बुद्ध, गणेश, ब्रम्हा, विष्णु, शिव, कृष्ण आदि देवताहरूकाे प्रतिकात्मककाे बारेमा शिक्षा लिनु पर्ने साथै विजयदशमी मनाउनुकाे कारण र उपसंहार सहित उल्लेख गरिएका छन् ।

सही धर्म पहिचान गर्न चाहानेहरू ।

पट्ठान पालि देशना

पट्ठान पालि देशना

350

त्रिपिटककाे तीनवटा पिटक मध्ये अति गहन र महत्त्वपूर्ण बुद्ध बचनहरूकाे संग्रह अभिधर्म पिटक अन्तर्गतकाे पट्ठान पालिका बारेमा म्यानमारका प्रभावशाली धर्मकथिक श्रद्धेय भिक्षु प्रज्ञाश्री स्थविरज्यूबाट दिनुभएकाे प्रवचनकाे अडियाे सी डी टेपलाई नेपाली भाषामा प्रस्तुत गरि पुस्तककाे रुप दिईएकाे हाे । यसमा पट्ठान पालिकाे २४वटा पच्चयाे पालि भाषा सहित हरूलाई निदान सहित प्रत्येककाे अर्थ सहित बिश्लेशनात्मक रूपमा व्याख्या गरि प्रस्तुत गरिएकाे छ ।

पट्ठान पालिका बारेमा अर्थ सहित अध्ययन र अध्यापन गर्नेहरू ।

विपश्यना ध्यान साधना

विपश्यना ध्यान साधना

172

यस पुस्तकमा जीव जगतकाे व्याख्यानसहित मानव र पशुबिचकाे भिन्नता सहित सद्दर्म र विपश्यनाकाे तुलनात्मक व्याख्या चार आर्यसत्य र कर्म र कर्मफल(विपाक)का विषयवस्तु सहित ध्यान चार स्मृतिप्रस्थान आनापानासतिकाे महत्व, ध्यानका फाइदा तथा यसकाे वाधक तत्वहरूलाइ सरल स्पमा प्रस्तुत गरिएकाे छ।

नयाँ तथा पुराना साधक, साधिकाहरूकाे लागी उपयाेगि ।

फूलका गुच्छाहरू

फूलका गुच्छाहरू

268

यस पुस्तकमा धर्म ज्ञानकाे १२ वटा गमलामा त्रिरत्न वन्दना, शील धर्म, आर्यसत्य र आर्यमार्ग, ध्यान, पञ्चस्कन्ध, उपमा तथा उपमेय आदि शिर्षकमा पालि र नेपाली अर्थसहित व्याख्या र विश्लेषण सहित प्रस्तुत गरिएकाे छ ।

बुद्ध शिक्षालाइ सरल रूपमा जान्न चाहनेहरूकाे लागी उपयाेगी ।

निर्वाण के हाे ?

निर्वाण के हाे ?

भिक्षु हम्मालरा सद्धातिस्सले अग्रेजी भाषामा लेख्नु भएकाे “What is Nirmana ?” शिर्षकीय लघु पुस्तकलाई सबैले बुझ्ने गरी नेपाली भाषामा अनुवाद गरी प्रस्तुत गरिएकाे छ ।

बुद्ध शिक्षाकाे अन्तिम लक्ष्य निर्वाणका बारेमा अध्ययन गर्न चाहनेहरु ।

बुद्धकालीन १२ सन्नारीहरु

बुद्धकालीन १२ सन्नारीहरु

101

बुद्धकालीन १२ जना सन्नारीहरुकाे जीवनी संक्षिप्तमा विभिन्न पुस्तकहरुबाट संकलन गरिएका साथै कुनै अंग्रजीबाट कुनै नेपाल भाषाबाट कुनै हिन्दी भाषाबाट नेपाली भाषामा अनुवाद गरी प्रस्तुत गरीएका छन् । यस पुस्तकमा धम्मकथिक, धम्मदिन्ना थेरी, प्रज्ञावती खेमा, किशा गाेत्तमी, महारानी मल्लिका, विनयधर-पटाचारा, पराेपकारी रुपावती, मैत्रीका धनी श्यामावती, विर्यवती - साेना, अद्वेषी उत्तरा, मृगार-माता विशाखा, नरगशाेभिनी अम्बपाली, सुजाता उपासिका र यशाेधराकाे देन समावेश गरीएका छन् ।

बुद्धकालीन १२ जना महिलाहरुका बारेमा अध्ययन गर्न चाहनेहरु ।

जिज्ञासुका लागिः बुद्ध शिक्षा

जिज्ञासुका लागिः बुद्ध शिक्षा

88

भिक्षु बुद्धदासाले बुद्ध-धर्मका सिद्धान्तहरुलाई प्रश्नाेत्तरकाे रुपमा धर्मका मूलभूत सिद्धान्तकाे आधारमा त्यसकाे उत्तरलाई बिस्तृत रुपमा सरल भाषामा प्रस्तुत गरीएकाे पुस्तकलाई नेपाली भाषामा अनुवाद गरि प्रस्तुत गरिएकाे छ ।

बुद्ध-धर्मका मूलभूत सिद्धान्तकाे अध्ययन गर्ने र अध्यापन गर्न चाहनेहरु ।

समस्या उपर कसरी विजय पाउने ?

समस्या उपर कसरी विजय पाउने ?

भदन्त डा. के. श्री धम्मानन्दद्वारा जीवनाेपयाेगी अग्रेजी भाषामा लेखिएकाे पुस्तकलाई सरल र स्पष्टरुपले बुझ्ने गरी नेपाली भाषामा हाम्राे जीवनमा के कस्ता समस्याहरु आईपर्दछन् र ती समस्याहरु समाधान गर्ने उपाय वा विधिहरु के के छन् भन्ने बारेमा बुद्ध शिक्षाकाे आधार लिई समसामयिक बुँदाहरु समेटेर व्यवहारिक रुपमा राेचक ढंगले प्रस्तुत गरिएकाेे छ ।

बुद्धकाे उपदेशलाई व्यवहारिक रुपमा लागु गर्न अध्ययन र अध्यापन गर्न चाहनेहरु ।

उत्तमपुरिस दीपनी

उत्तमपुरिस दीपनी

व्यावहरिक जीवनमा उपयाेग गरिराख्ने लाैकिक सम्पत्ति, पद-प्रतिष्ठा सबैलाई कम महत्त्व दिई लाेकुत्तर मार्गकाे अनुशरण गर्ने बाटाे खुलस्त पार्ने विषयका कुरा, कुशलकर्म गर्दा पनि तृष्णा र दिट्ठिलाई किनारा लगाउनु पर्ने कुरामा पनि जाेड, अनिश्रयतिर (निर्वाणतिर) लाग्नु पर्ने संकेत यस पुस्तकमा पाउन सकिन्छ ।

ध्यान अभ्यास गर्न अभिरूचि राख्ने ध्यान साधकहरु ।

विमुक्ति रस

विमुक्ति रस

61

बुद्ध शिक्षा अनुसार दान, शील, श्रद्धा, स्मृति, वीर्य, समाधी र प्रज्ञाले युक्त भई आर्यअष्टांगिक मार्गकाे अनुशरण, राग, द्वेष, माेहरुपी क्लेश क्रमशः निवारण गरी निर्वाण साक्षात्कार गर्न सकियाेस र सम्पूर्ण दुःखमय भव संसारचक्रबाट कसरी छुटकारा पाउन सकिन्छ भनि सरल भाषामा उल्लेख गरीएकाे छ ।

ध्यान अभ्यास गर्नेहरुका लागि र ध्यान बारे अभिरूचि राख्ने ध्यान साधकहरु ।

बुद्धकालिन पाँच आर्य श्राविका (भाग २)

बुद्धकालिन पाँच आर्य श्राविका (भाग २)

108

बुद्धकालिन पाँच जना महिलाहरूकाे जीवनी प्रस्तुत ।

बुद्धकालिन महिलाहहरूकाे विषयमा जान्न इच्छुक वर्ग ।

बुद्धकालिन आठ अग्र श्राविका

बुद्धकालिन आठ अग्र श्राविका

100

बुद्धकालिन आठ अग्र श्राविकाहरूकाे जीवनी उल्लेख ।

बुद्धकालिन श्राविकाहरूकाे विषयमा रूचि राख्नेहरू ।