नेपाली

महास्वप्न जातक

महास्वप्न जातक

54

भगवान् बुद्धले श्रावस्तीका कोशल नरेशलाई भविष्यमा यस संसारमा मानिसहरूको मनोबृत्ति र वातावरण कसरी परिवर्तन हुँदै जानेछन् भनी बुझाउने तरीकाले १६ वटा स्वप्नहरू सचित्र निमित्तको रूपमा देखाएर बताउनु भएको देशनालाई उल्लेख गरिएको छ ।

भगवान् बुद्धले कोशल नरेशलाई देशना गर्नु भएको १६वटा स्वप्नहरूको बारेमा अध्ययन गर्न चाहनेहरू

थेरवाद बुद्धधर्ममा पूण्यानुमोदन

थेरवाद बुद्धधर्ममा पूण्यानुमोदन

152

भगवान् बुद्ध कै समयदेखि चलिआएको पूण्यानुमोदनको पराम्परालाई आजसम्म कसरी अघि बढाउँदै आएको छ, पूण्यानुमोदनको अर्थ, किन गर्नुपर्छ? यसको प्रकृया के हो ? कसलाई पूण्य दिनुपर्छ? पूण्य अनुमोदन गर्ने देव, सत्त्व भूतहरू भनेका को को हुन भन्ने कुरा उल्लेख गरेका छन् । पूण्य र कुशल एउटै हुन भन्ने कुरालाई पनि उजागर गरिएको छ । श्रीलंका थाइलैण्ड बर्मा देशमा पूण्यानुमाेदन गर्ने तरीका नेपालमा भन्दा के कसरी फरक छ भन्ने विषयमा पनि चर्चा गरिएको छ ।

थेरवाद बुद्धधर्ममा पूण्यानुमोदनका बारेमा अध्ययन गर्न चाहनेहरू ।

देश विकासको लागि बुद्धशिक्षा

देश विकासको लागि बुद्धशिक्षा

82

बौद्ध दर्शनमा केन्द्रित रहि बिभिन्न शिर्षकमा लेखेका लेखहरूलाई संग्रहित गरिएका यस पुस्तकमा १७ वटा लेखहरू छन् । व्यवहारीक जीवनमा कुशल व्यवस्थापनका लागि बुद्ध शिक्षाको भूमिकालाई बिभिन्न शिर्षकमा उल्लेखित गरिएका छन् ।

व्यवहारीक जीवनमा कुशल व्यवस्थापनका लागि बुद्ध शिक्षाको भूमिका बारे जान्न चाहनेहरू ।

बुद्ध र बुद्धवाद (प्रथम भाग)

बुद्ध र बुद्धवाद (प्रथम भाग)

441

यस पुस्तकमा बुद्ध प्रादुर्भाव हुनुभन्दा अघिका भारतीय सिद्धान्तहरू, पश्चिमी राष्ट्रका पालि प्रज्ञाविद्हरू अन्वेषक प्रज्ञाविद्हरूका लेखाईहरूलाई आधार लिई बुद्धवादीहरूले जान्नु बुझ्नु पर्ने उचित तथ्यहरू – भवसंसार, पालिपिटक आत्मा-अनात्म, परलोक, मृत्यु, रूपवाद, जैनसिद्धान्त, उपनिषद र विज्ञानवाद आदि बिषयमा पश्चिमी विद्वानहरूको दृष्टिकोण समावेश गरीएका छन् ।

बुद्ध र बुद्धबादमा पश्चिमेली विद्वानहरूको बिचार विमर्शका बारेमा अध्ययन गर्न चाहनेहरू ।

मानसिक शान्ति र जीवन यात्रामा दार्शनिक दृष्टिहरू

मानसिक शान्ति र जीवन यात्रामा दार्शनिक दृष्टिहरू

51

महाबोधि सभा, सारनाथबाट बु.स. २४७९ देखि निरन्तर प्रकाशित हुने हिन्दी मासिक “धर्मदूत“ मासिक पत्रिकामा प्रकाशित हुँदै आएको प्रो. लालजीराम शुल्कको बुद्धधर्म, कला, संस्कृति, साहित्य, पुरातत्त्व आदि सम्बन्धि ८वटा लेखहरू संकलन र सम्पादन गरिएको र डा. भदन्त शान्ति शास्त्रिको “जीवनयात्रामा दार्शनिक दृष्टिहरू“ नेपाली भाषामा अनुवाद गरी प्रकाशित गरिएका छन् ।

बुद्ध शिक्षाका मानसिक शान्ति र दार्शनिक दृष्टिहरूका बारेमा जान्न चाहनेहरू ।

थेरगाथा

थेरगाथा

312

बुद्ध वचन त्रिपिटक अन्तर्गत सुत्तपिटकको खुद्दकनिकायको आठौं ग्रन्थमाला, यसमा बुद्ध प्रमुख महास्थविर भन्तेहरूको २६४ उदगार गाथाहरू रहेका छन् । यी गाथाहरूमा बुद्ध, धर्म, संघका गुण, प्रत्येक गाथामा आ-आफ्नो स्वअनुभव र निर्वाणको निम्ति प्रेरणाले युक्त भइरहेका उपदेश, संसारको भयावह चक्रबाट मुक्त भई सत्त्वप्रति करुणावान भई सबैलाई संसारको भयावह चक्रबाट मुक्त उत्प्रेरणाका गाथाहरू रहेका छन् ।

बुद्ध प्रमुख ३९ जना एकदग्ग प्राप्त भिक्षु सहित २६२ महास्थविर भन्तेहरूको उदगारका बारे अध्ययन गर्न चाहनेहरू ।

संक्षिप्त बुद्ध वंश (पहिलो, दोस्रो र तेस्रो भाग)

संक्षिप्त बुद्ध वंश (पहिलो, दोस्रो र तेस्रो भाग)

221

२८जना तथागत बुद्ध हरूको नामावली र परिचय, कल्प र कल्पको प्रकार, बिभावज, बुद्ध उत्पन्न भए अनुसार कल्पको नामाकरण, तीनवटा कोलाहल, पञ्च महाविलोकन, दीपंकर बुद्धदेखि गौतम बुद्धसम्मको संक्षिप्त जीवनी सहित दिपंकर बुद्धदेखि कस्सप बुद्धसम्मका बुद्धहरूसँग गौतम बुद्ध हुने बोधिसत्त्वको सम्बन्धका बारेमा उल्लेख गरेका छन् ।

२८जना तथागत बुद्धहरूको संक्षिप्त जीवनीऽ कल्पहरूका बारेमा अध्ययन र अध्यापन गर्न चाहनेहरू ।

सुत्तनिपात (नेपाली अनुवादसहित)

सुत्तनिपात (नेपाली अनुवादसहित)

398

त्रिपिटकको सुत्तपिटकको खुद्दक निकाय अन्तर्गतको छैठौ‌ ग्रन्थ सुत्तनिपाट हो । यस ग्रन्थमा ५ वटा वर्ग र ७२ सुत्रहरू छन् । तथागतको अमृत उपदेशले मानिसहरूलाई उच्चस्तरमा पुऱ्याउने, परमशान्ति र निर्वाण प्राप्त गर्ने तर्फ लागि परेका एकान्तवासी गृहत्यागीको लागि एक्लै विचरण गरी विमुक्त सुखको अनुभव गर्ने, अवनतिका कारण, भिक्षु र गृहस्थको जीवनचर्याको वर्णित, बुद्ध, धर्म र संघको सत्य-वचनको महिमा र कल्याण, पहिला इच्छा, भोक र जरा तीनवटा राेग थिए भने पशु बधप्रथा ९८वटा राेगको कारण, प्रव्रजित र गृहस्थहरूका कर्तव्यहरूको निर्देश, भगवान् बुद्धको गृहत्यागका कारणहरूको वर्णन, प्रिय र मधुर वचन बोल्नको निमित्त उपदेश, वर्णव्यवस्थाको खण्डन, गाली दिएर दुर्गित प्राप्त गरेको विवरण, प्रतीत्यसमुत्पादधर्मको अनुलोम

भगवान् बुद्धको धर्म, दर्शन तथा इतिहासका बारेमा अध्ययन गर्न चाहनेहरू ।

महावंश

महावंश

239

भगवान् बुद्ध तीनपटक श्रीलङ्का जानुभई त्यहाँका मानिसहरूलाई सद्धर्मको उपदेश दिनु भएको बारेमा उल्लेख भएको, भारतीय बौद्ध विद्वान श्रद्धेय भिक्षु आनन्द कौसल्यायनले सन् १९२९मा हिन्दीमा अनुवाद गर्नुभएको ग्रन्थलाई नेपाली भाषामा अनुवाद गरिएको छ । सिंहलमा पालि त्रिपिटक र अट्ठकथाहरुको अतिरिक्त दीपवंश र महावंशको दुबै ग्रन्थ सिंहलको ए‌ेतिहासिक ग्रन्थ हुन् । महावंशमा श्री लङ्काका महान व्यक्तिहरूको वंश परिचय (पाँचौ शताव्दी (ई.पू.) देखि चौथौ (ई.) सम्मको झण्डै साँढे आठ सय बर्षको), भगवान् बुद्धको श्रीलङ्का आगमनका साथै विजय राजा देखी महासेन राजासम्मको कालानुक्रमणिका, भारतका राजा विम्विसार देखि सम्राट अशोक सम्मका राजाहरूको वंशक्रम र बुद्धका शिष्य उपालि महास्थविर देखि लिएर अशोक पुत्र महेन्द्र महास्थविरसम्मको आचार्य

श्रीलङ्काको ए‌तिहासिक कालखण्डमा बुद्ध सासनको अवस्थाका बारेमा अध्ययन गर्न चाहनेहरू ।

मज्झिमनिकाय

मज्झिमनिकाय

1049

बुद्धवचन त्रिपिटकको सुत्तपिटक अन्तर्गतको दोस्रो निकाय मज्झिमनिकायमा १५२वटा मझौला खालका सूत्रहरूको संग्रह गरिएका छन् । बौद्ध साहित्यको एक महत्त्वपूर्ण यस ग्रन्थमा भगवान् बुद्धको जन्म, महाभिनिष्क्रमण, तपस्या, बुद्धत्त्व प्राप्ति, धर्मचक्र प्रवर्तनको मूल र प्रामाणिक स्रोतहरूका साथै बुद्धकालीन सामाजिक, आर्थिक, राजनैतिक साँस्कृतिक तथ्यहरूलाई समेतिए तीन प्रमुख वर्गलाई दशदशवटा सूत्र भएका चौधवटा वर्ग र बाऱ्हवटा सूत्र भएको एक वर्ग समेत गरी पन्ध्रवटा वर्ग रहेका छन् ।

भगवान् बुद्धले देशित मझौला खालका सूत्रहरुका बारेमा अध्ययन अध्यापन गर्न चाहनेहरू ।

विमानवत्थु

विमानवत्थु

186

बुद्धवचन तिपिटक अन्तर्गत सुत्तपिटकको खुद्दक निकायको छैठौ ग्रन्थ विमानवत्थुमा पूण्य कर्मबाट प्राप्त भएका विमान र देवभूमिहरूलाई इत्थिविमान र पुरिसविमान गरी दुई भागमा विभाजन गरिएका छन् । यसमा चौरासी देवभूमि मध्ये पचास इत्थिविमान र पैतिस पुरिसविमानका बारेमा ती विमान र देवभूमिहरू के कस्ता पूण्यकर्मको फलबाट प्राप्त भएको भन्नेबारेमा उल्लेख गरीएका छन् ।

भगवान् बुद्धको शिक्षा अनुसार पूण्य कर्मको फलका बारेमा अध्ययन र अध्यापन गर्न चाहनेहरू ।

चरियापिटकपालि

चरियापिटकपालि

105

सुत्तपिटकको पाँचौ मुख्य निकाय खुद्दकनिकाय अन्तर्गतको यस ग्रन्थमा भगवान् बुद्धले कल्पकल्पहरूको बोधिसत्त्वको अवस्थामा पूर्ण गरेका दान, शील, नैश्क्रम्य, अधिष्ठान, सत्य, मैत्री र उपेक्षा गरी सात पारमिताका बारेमा संक्षिप्त वर्णन गरिएका छन् । यस ग्रन्थलाई छ परिच्छेदमा विभक्त गरी पैतिसवटा जीवन चर्याहरुलाई जातककथाको माध्यमबाट प्रस्तुत गरिएका छन् ।

बोधिसत्त्वले पूर्ण गरेका पारमिताहरूका बारेमा अध्ययन अध्यापन गर्न चाहनेहरू ।

दीघनिकाय

दीघनिकाय

663

बुद्ध र बुद्धधर्मको मूल र प्रामाणिक रूप अध्ययन गर्न उपलब्ध वाङ्गमयहरूमध्ये पालि त्रिपिटकको सूत्रपिटकको पहिलो निकाय हो । यस निकायमा चौतिस वटा लामालामा सूत्र छन् । बुद्धकालीन भूगोल र इतिहास, समाज र स‌ंस्कार, धर्म र दर्शनको संश्लेषणात्मक र विश्लेषणात्मक अध्ययन गर्न शील, समाधि प्रज्ञा अवबोध गर्न, बुद्धको दर्शन गर्न तथा अन्ततः निर्वाण धर्म साक्षात्कार गर्नको निमित्त अमूल्य ग्रन्थरत्न हो । बुद्धको दर्शन, धर्मसेनापति सारिपुत्र महास्थविर आयुष्मान् महाकाश्यप, आयुष्मान आनन्द, आयुष्मान अनुरूद्ध आदि श्रावकहरूको आदर्शका बारेमा उल्लेख गरीएको छन् । बुद्धकालीन बासट्ठि वटा विभिन्न दृष्टिजालहरूको जानकारीका बारेमा ब्रह्मजाल सुत्त, मिथ्या तपस्यालाई उदाङ्ग पार्न महासीहनाद-सुत्त र उदुम्बरिक सुत्त, परलोकवादलाई उजागर गर्ने पायासिराजञ्ञ

भगवान् बुद्धले देशित लामालामा सूत्रहरुका बारेमा अध्ययन अध्यापन गर्न चाहनेहरू ।

अजात शत्रु

अजात शत्रु

89

मूल पालि त्रिपिटक र पालि बाङ्गमयमा आधारित बुद्धकालीन राजनैतिक सामाजिक र धार्मिक इतिबृत्तकाे एक दृष्ट अंशमा आधारित मगध राजा बिम्बिसारका राज्यकालमा देवदत्तको कुसंगत र कुसल्लाहबाट राजकुमार अजात शत्रुले आफ्ना पितालाई सत्ताच्यूत मात्र नगरी हत्या समेत गरेर आखिरमा पापको प्रायश्चित गर्दै राजा अजात शत्रुले भगवान् बुद्धको शरण लिएको, पृथकजन मध्ये बुद्ध प्रति श्रद्धावान् राजा अजात शत्रुले बुद्धको परिनिर्वाणपछि गरेको संघायन इतिहास नै अविस्मरणीय रहेकाे र भगवान् बुद्धको अस्थिधातुको संरक्षणका बारे उल्लेख गरीएका छन् ।

अजात शत्रुको जीवनी र भगवान् बुद्धको अस्थिधातुको संरक्षणका बारेमा अध्ययन र अध्यापन गर्न चाहनेहरू ।

मैत्री

मैत्री

122

थेरवाद बुद्ध धर्ममा स्नातकोत्तर तह उपाधिको शोधपत्रको शिर्षक “मैत्री, मैत्री पारमिता र यसको उपादेयता” शोधकार्यको आधारमा मैत्रीको अर्थ, महत्त्व र आनिशंस देखि बोधिसत्त्वको मैत्री पारमिता, मैत्री भावनाका पद्धतिहरू आदि विषयबस्तुका बारेमा प्रस्तुत गरिएका छन् ।

बुद्ध धर्ममा मैत्रीको बारेमा अध्ययन गर्न चाहनेहरू ।

बुद्ध धर्मका प्रारम्भिक ज्ञान

बुद्ध धर्मका प्रारम्भिक ज्ञान

76

महाकारूणिक तथागत बुद्धले बहुजन हित र सुखको निमित्त गरिएका देशनाहरूलाई अध्ययन र सही रूपले आचारण एवं अभ्यास गर्न सकिने गरी बुद्ध धर्मका ज्ञान प्रदान गर्ने हेतुले पञ्चशील, अष्टशील, श्रामणेर प्रव्रजित शील, सुचरित्र, दुश्चरित्र, त्रिरत्न वन्दना, बुद्ध, धर्म, संघका गुणहरू, बुद्ध जीवनी, चतुरार्य सत्य, स्मृतिप्रस्थान ध्यान भावना, मंगल सूत्र, महोपकारक महासी सयादोका ओवाद कविताहरू, मैत्री भावना कविता, भोजन प्रत्यवेक्षण आदि शिर्षकहरूलाई समावेश गरी प्रस्तुत गरिएका छन् ।

भगवान् बुद्धका शिक्षालाई प्रारम्भिक ज्ञानका रुपमा जान्न चाहनेहरू ।