भिक्षु बाेधिसेन महास्थविर

जातक कथा

जातक कथा

74

पालि जातक अट्ठकथा अनुसार भगवान् बुद्धबाट विभिन्न घटना र कारणलाई लिएर बर्तमान र पूर्व जन्मका घटनाहरू सम्बन्धमा देशना भएका ५४७ वटा कथाहरू मध्ये कपिलवस्तु र काेलियवासीहरू बीच हुन लागेकाे झगडा हुन नदिनकाे लागि देशना गर्नुभएकाे ५ वटा जातक कथा (फन्दन जातक, दद्दर जातक, लटुकिक जातक, रूक्खधम्म जातक, सम्माेदमान जातक) र अन्य तीन वटा गरी जम्मा नौवटा जातक कथाहरू उल्लेख गरिएका छन् ।

जातक कथाहरू अध्ययन गर्न चाहनेहरू ।

स्वपू जातक बाखँ

स्वपू जातक बाखँ

43

बुद्धशिक्षामा कर्म र कर्मफलका बारेमा अध्ययन गर्नका लागि भगवान बुद्धले देशना गर्नु भएकाे जातककथाहरूकाे अध्ययन गर्नु पर्ने हुन्छ । जातककथाहरूमा अतीतकथालाई बर्तमान अवस्थासंग जाेडेर पूर्व काल र पूर्वजन्मका बारेमा कथाकाे रुपमा प्रकाश पारि उनीहरुकाे कर्म र विपाकका बारेमा उल्लेख गरिएकाे हुन्छ । यसैक्रममा यस पुस्तकमा तीनवटा जातकहरू (४८१) तक्कारिक जातक, (३९०) महयक जातक र (३२८) अननुसाेचिय जातक लाई प्रस्तुत गरेकाे छ ।

कर्म र कर्मफलका बारेमा अध्ययन गर्न चाहानेहरू ।

बाेधि कथा

बाेधि कथा

114

त्रिपिटक मध्ये विनय पिटक अन्तर्गत महावग्गमा उल्लेखित भएकाे कथा, बुद्धपुजा, ज्ञानमालाका केही भजनहरू सहित भगवानले दिनु भएकाे गम्भीर उपदेश (प्रतीत्यसमुत्पाद, चार आर्यसत्य, अनित्य, दुःख, अनात्मा) काे पालि गाथा र अर्थ सहित व्याख्या गरिनुकाे साथमा भगवान बुद्धले ज्ञान प्राप्त गर्नु भए देखि महाकश्यप भन्तेलाई दिनुभएकाे उपदेश सम्मकाे घट्नाहरूलाई कथात्मक रूपमा बिभिन्न १५ शिर्षकमा प्रस्तुत गरिएका छन् ।

बुद्धशिक्षा अध्ययन गर्न चाहानेहरू

अङ्गुत्तरनिकाय (अट्ठक र नवकनिपात) चाैथाे भाग

अङ्गुत्तरनिकाय (अट्ठक र नवकनिपात) चाैथाे भाग

296

त्रिपिटक अन्तर्गतकाे सूत्रपिटककाे पाँचवटा निकाय मध्ये अङ्गुत्तर निकाय एक हाे । जसमा एकदेखि बढाउँदै ११ अङ्ग भएका उपदेशहरू वा एककनिपातबाट शुरु भई एकादशकनिपातसम्म र सुत्तकाे हिसाबले ९५५७ सुत्तहरू छन् । जसमा मानव जीवनका बिभिन्न पक्षहरू जस्तै राम्रा नराम्रा मनस्थितिकाे चर्चा परिचर्चा, चिन्तन मनन, सुपरिणाम, दुष्परिणाम, फाइदा, बेफाइदा आदि बिषयलाई लिएर जीवनलाई कुन दिशातिर उन्मुख गरेमा माथि उचाल्न सकिन्छ त्यसकाे सही मार्गदर्शनका उपदेशहरू संलग्न गरेका छन् । साथै सामाजिक, आर्थिक, नैतिक, धार्मिक, आध्यात्मिक जस्ता बिषयहरू संगालेकाे यस पिटककाे चाैथाे भागमा आठवटा र नाैवटा समूहसँग सम्बन्धित उपदेशहरू समावेश गरी प्रस्तुत गरिएका छन् ।

भगवान बुद्धका उपदेशहरूलाई अङ्गकाे आधारमा अध्ययन गर्न इच्छुकहरू ।

अङ्गुत्तरनिकाय (छक्क र सत्तकनिपात) तेस्राे भाग

अङ्गुत्तरनिकाय (छक्क र सत्तकनिपात) तेस्राे भाग

297

त्रिपिटक अन्तर्गतकाे सूत्रपिटककाे पाँचवटा निकाय मध्ये अङ्गुत्तर निकाय एक हाे । जसमा एकदेखि बढाउदै ११ अङ्ग भएका उपदेशहरू वा एककनिपातबाट शुरु भई एकादशकनिपातसम्म र सुत्तकाे हिसाबले ९५५७ सुत्तहरू छन् । जसमा मानव जीवनका बिभिन्न पक्षहरू जस्तै राम्रा नराम्रा मनस्थितिकाे चर्चा परिचर्चा, चिन्तन मनन, सुपरिणाम, दुष्परिणाम, फाइदा, बेफाइदा आदि बिषयलाई लिएर जीवनलाई कुन दिशातिर उन्मुख गरेमा माथि उचाल्न सकिन्छ त्यसकाे सही मार्गदर्शनका उपदेशहरू संलग्न गरेका छन् । साथै सामाजिक, आर्थिक, नैतिक, धार्मिक, आध्यात्मिक जस्ता बिषयहरू संगालेकाे यस पिटककाे तेस्राे भागमा छवटा (श्रेष्ठतम दर्शन, श्रेष्ठतम श्रवण श्रेष्ठतम लाभ, श्रेष्ठतम शिक्षा, श्रेष्ठतम परिचर्या, श्रेष्ठतम अनुस्मरण, त बुद्धानुस्मृति, धर्मानुस्मृति, संघानुस्मृति, शीलानुस्मृति, त्यागानुस्मृति, देवतानुस्मृति आदि

भगवान बुद्धका उपदेशहरूलाई अङ्गकाे आधारमा अध्ययन गर्न इच्छुकहरू ।

अङ्गुत्तरनिकाय (चतुक्क र पञ्चकनिपात) दोस्राे भाग

अङ्गुत्तरनिकाय (चतुक्क र पञ्चकनिपात) दोस्राे भाग

त्रिपिटक अन्तर्गतकाे सूत्रपिटककाे पाँचवटा निकाय मध्ये अङ्गुत्तर निकाय एक हाे । जसमा एकदेखि बढाउँदै ११ अङ्ग भएका उपदेशहरू वा एककनिपातबाट शुरु भई एकादशकनिपातसम्म र सुत्तकाे हिसाबले ९५५७ सुत्तहरू छन् । जसमा मानव जीवनका बिभिन्न पक्षहरू जस्तै राम्रा नराम्रा मनस्थितिकाे चर्चा परिचर्चा, चिन्तन मनन, सुपरिणाम, दुष्परिणाम, फाइदा, बेफाइदा आदि बिषयलाई लिएर जीवनलाई कुन दिशातिर उन्मुख गरेमा माथि उचाल्न सकिन्छ त्यसकाे सही मार्गदर्शनका उपदेशहरू संलग्न गरेका छन् । साथै सामाजिक, आर्थिक, नैतिक, धार्मिक, आध्यात्मिक जस्ता बिषयहरू संगालेकाे यस पिटककाे दाेस्राे भागमा चारवटा (शील, समाधि, प्रज्ञा र विमुत्ति) र पाँचवटा (श्रद्धा, लज्जा, डर, वीर्य र प्रज्ञा) समूहसँग सम्बन्धित उपदेशहरू समावेश गरी प्रस्तुत गरिएका

भगवान बुद्धका उपदेशहरूलाई अङ्गकाे आधारमा अध्ययन गर्न इच्छुकहरू ।

अङ्गुत्तरनिकाय (एकक दुक र तिकनिपात) प्रथम भाग

अङ्गुत्तरनिकाय (एकक दुक र तिकनिपात) प्रथम भाग

328

त्रिपिटक अन्तर्गतकाे सूत्रपिटककाे पाँचवटा निकाय मध्ये अङ्गुत्तर निकाय एक हाे । जसमा एक देखि बढाउदै ११ अङ्ग भएका उपदेशहरू वा एककनिपातबाट शुरु भई एकादशकनिपातसम्म र सुत्तकाे हिसाबले ९५५७ सुत्तहरू छन् । जसमा मानव जीवनका बिभिन्न पक्षहरू जस्तै राम्रा-नराम्रा मनस्थितिकाे चर्चा-परिचर्चा, चिन्तन मनन, सुपरिणाम, दुष्परिणाम, फाइदा, बेफाइदा आदि बिषयलाई लिएर जीवनलाई कुन दिशातिर उन्मुख गरेमा माथि उकास्न सकिन्छ, त्यसकाे सही मार्गदर्शनका उपदेशहरू संलग्न गरेका छन् । साथै सामाजिक, आर्थिक, नैतिक, धार्मिक, आध्यात्मिक जस्ता बिषयहरू संगालेकाे यस पिटककाे प्रथम भागमा एकवटा (रूप, शब्द, गन्ध, रस, स्पर्श, कामच्छन्द, थिनमिद्ध आदि), दुईवटा (दाेष, ध्यान, भावना, सुख, धर्म, आदि) र तीनवटा (शरीर वचन र मन,

भगवान बुद्धका उपदेशहरूलाई अङ्गकाे आधारमा अध्ययन गर्न इच्छुकहरू ।

पेतवत्थु

पेतवत्थु

180

थेरवाद बुद्धधर्मकाे ग्रन्थ त्रिपिटक हाे। सुत्तपिटक, विनयपिटक र अभिधम्मपिटक यी तिन पिटकलाइ त्रिपिटक भनिन्छ। याे पेतवेत्थु सुत्त पिटक अन्तर्गत खुद्दकनिकायकाे साताै ग्रन्थमाला हाे । याे विशेष गरी पाप कर्मकाे दुःखदायी तथा सन्तापदायी हुन्छ भन्ने बुझाउने कथावस्तु हाे। कुन कर्मले गर्दा कस्ताे फल भाेग्नुपर्छ भन्ने बारेमा गाथाहरू समावेश भएका छन ।

त्रिपिटकबारे जान्न चाहनेहरूकाे लागी ।

अंगुत्तरनिकाय (एकक दुक र तिकनिपात) प्रथम भाग

अंगुत्तरनिकाय (एकक दुक र तिकनिपात) प्रथम भाग

बाैद्ध ग्रन्थ त्रिपिटक अन्तर्गत पाँचवटा निकाय अन्तर्गतकाे अङ्गुत्तर निकाय अन्तर्गत एक देखि एघार अङ्ग भएका उपदेशहरु मध्ये एक देखि तीन सम्मकाे मानव जीवनकाे बिभिन्न पक्षलाई संगालेर विभिन्न राम्रा नराम्रा मनस्थितिकाे चर्चा परिचर्चा चिन्तन मनन सुपरिणाम दुष्परिणाम फाइदा बेफाइदा आदि लिएर विशद वर्णन गरिएका छन् ।

मूल पालि त्रिपिटक अध्ययन गर्न इच्छुक व्यक्तिहरू

जातक कथा

जातक कथा

74

दैनिक जीवनमा आवश्यक पर्ने ज्ञान गुणका कुराहरू समावेश भएकाे केही जातकहरु उल्लेख भएकाे छ ।

विभिन्न किसिमकाे समस्याकाे सहि समाधान पहिचान गर्ने क्षमता वृध्दि गर्ने इच्छुक व्यक्तिहरूकाे लागि उपयाेगी हुन्छ ।

पेतवत्थु

पेतवत्थु

180

बुद्धकालिन समयमा बुद्धले मानिसहरू आफ्नाे कर्म अनुसार गति भाेग गर्नु पर्दछ भन्दै नराम्राे काम गरेबापत प्रेत याेनीमा जन्म लिन जान्ने कुराकाे उल्लेख ।

के के काम गर्याे भने प्रेत याेनीमा जन्म लिन जान्छ भन्ने विषयमा रूची भएकाहरू

थेरी गाथा

थेरी गाथा

191

बुद्धकालिन ७३ जना थेरीहरूकाे जीवन पालि गाथासहित नेपालीमा अनुवाद

बुद्धकालिन थेरिहरू प्रति इच्छुक वर्ग

दूरे निदान कथा

दूरे निदान कथा

110

सुमेध नामक ब्राह्मण दीपंकर बुद्धकाे समयमा आफु पनि भविष्यमा सम्यक सम्बुद्ध हुन सकुं भनी आशिका गरि जन्मजन्मान्तरमा पारमिता धर्मकाे पूर्ण पालन गरि अन्ततः गाैतम बुद्धकाे रूपमा चिनिनुभयाे । उहाँ बोधिसत्वले कुन कुन बुद्धकाे समयमा के के भएर जन्मनु भयाे भन्ने संक्षिप्तमा उल्लेख गरिएकाे छ ।

सुमेध ऋृषिले अन्य बुद्धहरूकाे समयमा के के भएर जन्म लिनु भयाे र के के गर्नु भयाे भन्ने ज्ञान राख्न चाहनेहरूलाइ उपयाेगि हुने ।