भिक्षु धर्मगुप्त महास्थविर

न्हू सिद्धान्त पालि

न्हू सिद्धान्त पालि

180

बुद्धले दिनु भएको उपदेशहरु मागध पालि भाषाको संक्षिप्त ब्याकरणका साथै १५वटा अत्थकथा र १०वटा जातककथाहरु पालि र नेपाल भाषामा अर्थ साथै बिभिन्न आठवटा भाषाहरुको लिपि पनि संग्रह गरि उल्लेख गरीएका छन् ।

पालि भाषा अध्ययन गर्न चाहनेहरू ।

परित्राण महापरित्तपालि अभिधम्मातिका पाठ

परित्राण महापरित्तपालि अभिधम्मातिका पाठ

284

नेपालमा प्रचलित पालिपाठ शील प्रार्थना, बुद्ध बन्दना, परित्राण, महापरित्राण एवं अभिधम्ममातिका पाठ संग्रहित गरीएका छन् । यसमा मङ्गलमय जीवन देखि निर्वाणसम्मको मार्ग निर्देशण गरिएका छन् । अभिधम्ममातिका पाठ अभिधम्मपिटकका मातिकाका पालि र नेपाली भाषामा व्याख्या सहित प्रस्तुत गरिएका छन् ।

बुद्धवचन संग्रहित परित्राण, महापरित्राण एवं अभिधम्ममातिका पाठबारे अध्ययन र अनुसन्धान गर्न चाहनेहरू ।

धातुकथा

धातुकथा

108

त्रिपिटकको तीनवटा पिटकमध्ये अभिधम्म पिटक अन्तर्गतको सातवटा ग्रन्थमध्ये तेस्रो ग्रन्थ धातुकथा हो । यो ग्रन्थ चौध अध्यायमा विभाजन गरिएका छन् । यसमा स्कन्ध, आयतन, धातु, सत्य, इन्द्रिय, एवं प्रतित्यसमुत्पाद आदिको वर्णन गरेको छ । पञ्च स्कन्ध, बाह्र आयतन र अठ्ठार धातुको बिशेष रूपले प्रश्नउत्तर तरीकाबाट धर्मलाई यथार्थ रूपले साक्षात्कार गर्न सकिने गरी व्याख्या गरीएका छन् ।

अभिधम्म अन्तर्गतको धातुकथाका बारेमा अध्ययन र अध्यापन गर्ने चाहनेहरू ।

धम्मपद अट्ठकथा

धम्मपद अट्ठकथा

576

त्रिपिटककाे खुद्दकनिकाय अन्तर्गतकाे एक प्रसिद्ध ग्रन्थ धम्मपद हाे । यस धम्मपदलाई अर्थसहित सम्बन्धित घटनाहरूलाई समेत समेतिएर उल्लेख गरि प्रष्टयाउन यमक वर्ग देखि ब्राह्मण वर्गसम्म २६ वर्गलाई कथा वा घट्नाक्रम सहित प्रस्तुत गरिएका छन् ।

धम्मपद अट्ठकथा अध्ययन गर्न चाहनेहरू ।

उमङ्गजातक

उमङ्गजातक

195

बुद्धत्त्व प्राप्त गर्नुभन्दा अगाडि बाेधिसत्त्व वा महासत्त्वकाे अवस्थामा दश पारमिता गुणधर्मकाे अभ्यास गर्दाकाे समयमा घटित घटनाक्रमकाे संङ्गह हाे । त्रिपिटककाे खुद्दकनिकाय अन्तर्गतकाे ५४२औं नम्बरकाे जातक हाे । जातक कथा अन्तर्गतकाे बाेधिसत्वकाे जीवनीलाई विभिन्न शिर्षकमा जीवन उपयाेगी गहकिला विषय बस्तुहरू समावेश गरिएका छन्। समाजनमा विद्यमान रहेका परम्परा संस्कार जीवनशैली दृष्टिकाेण मान्यता विचारधारा धारण आदिलाई मानब पात्रका साथै पशुपंक्षी मार्फत सुधारकाे लागि उत्प्रेरण गरिएकाे छ ।

अनिश्चित भविष्यलाई सुरक्षित बनाउन चाहनेहरु ।

अभिधम्मत्थसङ्गह

अभिधम्मत्थसङ्गह

231

आचार्य अनुरुद्धद्वारा पालि भाषामा रचना गरिएकाे महत्त्वपूर्ण यस ग्रन्थमा अभिधर्मपिटककाे सार तत्त्वलाई संक्षिप्तमा वर्णन गरिएकाे छ। जसमा अभिधर्मार्थसंग्रह, ग्रन्थारम्भकथा, चार परमार्थ धर्म, चित्त परिच्छेद, चैतसिक परिच्छेद आदि गरी ९ परिच्छेदमा बिभाजन गरी उल्लेख गरिएका छन्।

अभिधर्मकाे संक्षिप्तमा अध्ययन गर्न चाहनेहरू।

सामावती

सामावती

116

पालि त्रिपिटककाे खुद्दकनिकाय अन्तर्गत धम्मपदकाे अप्रमाद वर्गकाे प्रथम तीन गाथाकाे व्याख्यासहितकाे बुद्धघाेष रचित कथा हाे । संसार वृत्तमा घुमिरहेका प्राणीहरूलाई आफूले गरेकाे कर्मकाे विपाक फल आउँछ भन्ने प्रसंङ्गलाई कथासंंग जाेडिएर विभिन्न कथाहरू (दुइ राजाकाे प्रव्रज्या, उदेनकाे उत्पत्ति, घाेषक सेठकाे उत्पत्ति) आदि सहित संक्षिप्त पालि व्याकरण समेत उल्लेख गरिएका छन् ।

सामावती र पाली संक्षिप्त व्याकरणका बरेमा अध्ययन गर्न चाहनेहरू ।

धातुविवण्णक प्रेतया खँ (धातुविवण्णपेतवत्थुवण्णना

धातुविवण्णक प्रेतया खँ (धातुविवण्णपेतवत्थुवण्णना

भगवान बुद्धकाे परिनिर्वाणपछि राजा अजात शत्रुले अस्तिधातुकाे भाग सात बर्ष सात महिनासम्म बुद्धकाे गुण अनुस्मरण गर्दै महान पूजा गर्नु भयाे । यसबाट कयाैं मानिसहरू चित्त शुद्ध गरी प्रसन्न भई स्वर्गगामी भए त्यस्तै काेही दिर्घकाल सम्म अश्रद्धावान मिथ्यादृष्टि भई चित्त प्रसन्न नभएकाहरू मृत्यु भई उक्त्त पाप कर्मकाे कारणले प्रेत भए । त्यसपछि महाकाश्यपले सत्त्वप्राणी प्रति करुणा राखी ऋृद्धीद्वारा मानिसहरूले ती प्रेतहरू र देवताहरू देख्ने गरी अभिनिर्मित गर्नु भयाे र उनीहरुले भाेग गरिरहेका दुःख र सुखका कुराहरू बारे प्रकाश पार्नु हुदै धर्म देशना गरेकाे बिषयलाई समेटेर प्रस्तुत गरेका छन् । यसकाे साथै कर्म, फल, विपाक, दश कुशल र सिद्धं वर्णमालालाई पनि उल्लेख

कर्म र कर्मफल तथा सिद्धं वर्णमालाका बारेमा अध्ययन गर्न चाहनेहरू ।

झिम्ह बाेधिसत्त्वपिं

झिम्ह बाेधिसत्त्वपिं

68

बुद्धत्त्व प्राप्ति गर्न बाेधिसत्त्वहरूले गर्ने पारमिता धर्मका साथै दशजना बाेधिसत्त्वहरूकाे पारमिता धर्मका बारेमा क्रमिकरूपमा उल्लेख गरेका छन् ।

पारमिता धर्म र बाेधिसत्त्वहरूका बारेमा अध्ययन गर्न चाहनेहरू ।

पुग्गलपञ्ञत्ति

पुग्गलपञ्ञत्ति

121

त्रिपिटक अर्न्तगतकाे अभिधर्म पिटककाे सातवटा ग्रन्थहरु मध्ये चैथाे ग्रन्थ यस पुग्गलपञ्ञत्तिमा बिभिन्न ३९४ अथवा ३५७ जना व्यक्तिहरुकाे व्यवहार संस्कार र चरित्रकाे आधारमा वर्णन गरिरात्खेका छन् । कुनै कुनै व्यक्तिहरु दाेहरिएका पनि छन् । यसमा १० वटा निर्देशमा वर्गिकरण गरि व्यक्तिहरुकाे गुण र अवगुणका बिषयबस्तु समावेश गरिएका छन् ।

मानिसहरुकाे किसिम र तिनिहरुकाे व्यवहारहरुका बारेमा अध्ययन गर्न चाहनेहरु ।