Biography

बुद्धकाे जीवनी र दर्शन

बुद्धकाे जीवनी र दर्शन

99

The Life of Buddha नामक अग्रेजी पुस्तककाे नेपाली भाषामा अनुदित पुस्तक हाे । यसमा बुद्ध जीवनी अन्तर्गत जन्म, मनुष्यकाे चार अवस्था, बाेधिज्ञान प्राप्ति, मध्यम मार्ग, संघ आदि विविध शिर्षकमा बुद्ध जीवनी र दर्शनका कुराहरूलाई प्रस्तुत गरिएकाे छ ।

बुद्ध जीवनी र बुद्धकाे दर्शन बारे अध्ययन गर्न चाहानेहरू ।

श्राविका व मय्‌जुपिं

श्राविका व मय्‌जुपिं

76

भिक्षु अमृतानन्द्र महास्थविरले लेख्नु भएकाे बुद्धकालीन श्राविका चरित्र र बुद्धकालिन महिलाहरू मध्ये कपिलवस्तु र काेलियका बुद्धकाे समयका तीन जना क्षीणाश्रवी भिक्षुणी र तीन जना आर्य मार्गमा पुगेका महिलाहरूका सार संक्षिप्त जीवनीलाई नेपाल भाषामा अनुवाद गरी प्रस्तुत गरीएकाे छ । यसमा महाप्रजापति गाैतमी, यशाेधरा, नन्दा, कालिगाेधा शाक्य, राेहिणी क्षत्री कन्या, काेलीय सुप्रवाशाकाे जीवनीलाई समावेश गरीएका छन् । उनीहरूकाे जीवनमा के कस्ता घटनाहरू घटे, कस्ता कस्ता कार्यहरू गरी अग्रज स्थानमा पुग्नसके भन्ने बारेमा उल्लेख गरीएका छन् ।

बुद्धकालिन कपिलवस्तुका श्राविका र महिलाहरूका बारेमा अध्ययन गर्न चाहानेहरू ।

पटाचारा

पटाचारा

बुद्धकालिन अग्रस्थान प्राप्त गर्ने श्राविकाहरूमध्ये विनयमा अग्रस्थान प्राप्त गर्ने श्राविका, स्मरणीय, उदाहरणीय महिला, सम्पन्न र कुलीन परिवारमा जन्मि, हुर्केबढेकी पटाचारा कसरी र किन आफ्ना पतिलगायत सन्तानहरुबाट बिछाेडिनु पर्याे र पछि भगवान बुद्धकाे उपदेशप्राप्त गरी अर्हत लाभ सम्म प्राप्त गरेकाे कुरालाई धर्मदेशना दिनुभएकाेलाई लेखकाे रुपमा प्रस्तुत गरिएकाे छ । यसै कुरालाई सक्षिप्त रुपमा सचित्र सहित पनि प्रस्तुत गरिएकाे छ ।

बुद्धकालिन श्राविका पटाचाराकाे जीवनी बारे अध्ययन गर्न चाहानेहरू ।

धर्मचारी गुरूमां किन्द्व बहा निसें निर्वाणमूर्ति तक

धर्मचारी गुरूमां किन्द्व बहा निसें निर्वाणमूर्ति तक

धर्मचारी गुरूमांकाे बाल्यावस्था, विवाह, किन्द्वबहामा प्रवेश, गृहत्याग, उहाँकाे संघर्ष, निर्वाणमूर्तिकाे स्थापना आदि उहाँकाे जीवनी सहित हालकाे निर्वाण मूर्तिकाे नयाँ सदस्य र गुरूमांहरू र विहारकाे विषय बस्तुहरू समावेश गरिएकाे छ । धर्मचारी गुरूमांकाे जीवनीलाई अंग्रजीभाषामा पनि अनुवाद गरिएकाे छ ।

धर्मचारी गुरूमां र तत्कालिन निर्वाणमूर्तिकाे स्थापनामा उहाँकाे देन बारेमा अध्ययन गर्न चाहानेहरू ।

धम्मदिन्ना थेरी

धम्मदिन्ना थेरी

65

बुद्धकालीन अग्रस्थान प्राप्त गर्ने प्रमुख श्राविकाहरू मध्ये धर्मकथिकामा अग्रस्थानमा धम्मदिन्ना हुनुहुन्छ । ४० कराेड धनसम्पत्तिका मालिक बिशाखासेठ (धम्मदिन्नाका पति) ले बुद्धकाे धर्माेपदेश सुनेर पछि सकृदागामी र अनागामी फलसम्म प्राप्त गरे । त्यसपछि धम्मदिन्नfले आफूले पनि लाेकाेत्तर ज्ञानमार्गमा लागेर ज्ञान साक्षात्कार गर्ने दृढ निश्चय गरी आफ्नाे स्वामी बिशाखासेठसित आज्ञा लिएर भिक्षुणीहरूकाे आश्रममा गई भिक्षुणी भई कालान्तरमा कर्मस्थान भावना गरी प्रतिसम्भिदा सहित अर्हतपद समेत प्राप्त गर्न सफल भए । यसरी बुद्धकालीन महिलाहरूमा प्रमुख भएकी धम्मदिन्ना थेरीकाे पूर्वजन्म देखि उहाँकाे जीवनमा घटेका घट्नाहरूलाई विभिन्न शिर्षक (अरहत्वलाभ, धम्मदिन्नाकाे परिक्षा, विशाखकाे प्रश्न) हरू दिई वहाँकाे जीवनीका बारेमा उल्लेख गरिएकाे छ ।

बुद्धकालीन अग्रश्राविका धम्मदिन्ना थेरीकाे जीवनी अध्ययन गर्न चाहानेहरू ।

कुमार कश्यप माता

कुमार कश्यप माता

21

अशुभ भावनाकाे ब्याख्या, जन्मजरा ब्याधि, मरणबाट मुक्त भई माेक्ष प्राप्त गर्ने बारेमा र “आफ्नाे मालिक आफै हाे” भन्ने बिषयमा कथा मार्फत प्रकाश पारेका छन् । भगवान बुद्धले जेतवन विहारमा एक महासम्पत्ति भएका साहुका एक मात्र छाेरीले प्रवज्याकाे लागि आफ्ना आमा बुबाबाट अनुमति प्राप्त नभए पछि बिबाह पश्चात आफ्नाे पतिबाट प्रवज्याकाे लागि स्विकृती प्राप्त गरी प्रवर्जित भएकाे साथै वहाँकाे जीवनीका बारे देशना गर्नु भएकाेलाई कथाकाे रुपमा प्रस्तुत गरेकाे छ ।

बुद्धशिक्षा अनुसार जीवनका बारेमा जान्न चाहानेहरू ।

महास्थविर धम्मालाेक भन्ते

महास्थविर धम्मालाेक भन्ते

24

राणा शासन कालमा निष्कासनमा परेका ८जना बाैद्ध भिक्षुहरू मध्येका एक भिक्षु धम्मालाेककाे जीवनीका बारेमा उल्लेख गरिएकाे छ । साथै धम्मालाेक भन्तेकाे ग्रन्थहरूकाे सूचि पनि उल्लेख गरेकाे छ ।

धम्मालाेक भन्तेका जीवनीका बारेमा अध्ययन गर्न चाहानेहरू ।

प्रजापति गाैतमी

प्रजापति गाैतमी

61

‌प्रजापति गाैतमी, आजभन्दा २६०० बर्ष पूर्वका नारी समाजका एक अग्रगामी प्रगतिशील शिर्ष नारी हुनुहुन्छ। वहाँले बिशेषगरी श्रमण जीवनकाे लागि जुन कठाेर परिश्रम र प्रयत्न गर्नु भई नारीहरूकाे लागि निर्वाणकाे ढाेका उघारी दिनु भयाे । वहाँ प्रजापति गाैतमीकाे जन्म, नामकरण देखि परिनिर्वाण संकल्प र परिनिर्वाणसम्मका सम्पूर्ण जीवनीका बारेमा उल्लेख गरिएका छन् ।

‌प्रजापति गाैतमीकाे जीवनीका ‌बारेमा‌ ‌अध्ययन‌ र अध्यापन ‌गर्न‌ ‌चाहानेहरु‌ ‌।

अग्रमहिषी मल्लिकादेवी

अग्रमहिषी मल्लिकादेवी

69

बुद्धकालिन काेशल नरेश प्रसेनजितका अग्रमहिषी तथा बुद्धिमती, धर्मप्राण र बुद्धका उपासिका मल्लिकादेवीकाे जीवनीसंग सम्बन्धित घट्नाहरूलाई सिलसिलाबद्ध रूपले बिबिध शिर्षकहरू दिई उल्लेख गरिएकाे छ ।

बुद्धकालिन अग्रमहिषी मल्लिकादेवीकाे विषयमा अध्ययन गर्न चाहानेहरू ।

यशाेधरा

यशाेधरा

76

राष्ट्रिय प्रजातन्त्र दिवशकाे अवसरमा पहिलाे पटक २०१६ साल फागुन ७ गते नाटक प्रतियाेगिता शुरू भएकाे उल्लेख गरिएकाे, यसैक्रममा २०२८ सालमा प्रस्तुत यशाेधरा नाटकलाई पुस्तकाकाे रूपमा प्रस्तुत गरिएकाे हाे । यसमा बुद्धकालिन समयमा नारी जातिकाे अधिकारलाई आधार गरी यशाेधराकाे जीवनीलाई नाटककाे रुपमा प्रस्तुत गरिएकाे छ ।

बुद्धकालिन नारी यशाेधराकाे जीवनीका बारेमा जान्न चाहानेहरू ।

सुमेधा-जीवनी

सुमेधा-जीवनी

34

पालि त्रिपिटककाे सूत्रपिटक अन्तर्गतकाे खुद्दक निकायकाे १५ वटा ग्रन्धहरू मध्येकाे थेरीगाथा जसमा बुद्धकालिन समयमा आफ्नाे जीवन सार्थक बनाउन र सांसारिक दुःखबाट मुक्त हुन बाैद्ध राजकन्या (थेरी) हरूले गरेका कार्यहरुका बारेमा उल्लेख गरीएका मध्येका एक थेरी सुमेधाकाे जीवनीलाई कविताकाे रूपमा प्रस्तुत गरिएकाे छ ।

बुद्धकालिन राजकन्या सुमेधाकाे बारेमा अध्ययन गर्न चाहानेहरू ।

सारिपुत्रकाे मातालाई धर्मदेशना

सारिपुत्रकाे मातालाई धर्मदेशना

66

भगवान बुद्धका अग्रश्रावक सारिपुत्र स्थविरकाे संक्षिप्त परिचय, वहाँलाई तथागतले बिभिन्न प्रकारले प्रसंशा गरेकाेबारेमा उल्लेख गरिएकाे छ । सारिपुत्रकाे पूर्वजन्मकाे कथा सहित उहाँले मिथ्यादृष्टिमा अल्झिरहेकी आफ्नी आमालाई आमाकाे गुण सम्झेर मिथ्यादृष्टिबाट हटाउनकाे लागि धर्म उपदेश दिनुभएकाे साथै बुद्ध गुण, धर्म गुण, संघ गुणकाे बारेमा बाेध गराउनु भएकाे बारेमा उल्लेख गरिएका छन् ।

सारिपुत्र भन्तेकाे जीवनीबारे अध्ययन गर्न चाहानेहरू

अनगारिका धर्मचारी तथा उपासिकारामकाे संक्षिप्त परिचय

अनगारिका धर्मचारी तथा उपासिकारामकाे संक्षिप्त परिचय

55

धर्माचारी गुरूमांकाे जीवनी, उहाँकाे बुद्धधर्म प्रचारप्रसारमा संघर्ष, निर्वाणमूर्ति उपासिकारामकाे स्थापना र महापरिनिर्वाण मूर्ति स्थापना, भिक्षुहरूकाे निष्काशनमा गुरुमांहरूकाे याेगदान आदि बिषयहरूका बारेमा उल्लेख गरिएका छन् ।

निर्वाणमूर्ति उपासिकारामकाे इतिहास बारे अध्ययन गर्न चाहानेहरू

अनागतवंस

अनागतवंस

84

भविष्यमा उत्पन्नहुने १० जना बुद्धहरूकाे वर्णन गरिएकाे छ । पालि भाषामा गद्य र पद्यकाे मिश्रणकाे रूपमा छ । यसमा शाक्यमुनि बुद्ध र धर्मसेनापति सारिपुत्रकाे बीचमा भएकाे सम्वादकाे रूपमा लेखिएकाे छ । यसमा भविष्यमा हुने बुद्धहरू मैत्रेय, राम, काेसल नरेश प्रसेनजित, अभिभू देवपुत्र, दीर्घश्राेणि, चङ्कि, शुभ, ताेदेय्य ब्राह्मण, नालागिरि र पारिलेय्य बाेधिसत्वहरूले क्रमश सम्बाेधि प्राप्त गर्ने भविष्यकाे वर्णन गरिएकाे छ । विषेश गरी मैत्रेय बाेधिसत्वकाे विस्तृत वर्णन गरिएकाे छ ।

भविष्यमा उत्पन्नहुने बुद्धहरूकाे विषयमा अध्ययन गर्न चाहनेहरू ।

Amritanjali A Homage to the late Ven. Bhikkhu Amritanada

Amritanjali A Homage to the late Ven. Bhikkhu Amritanada

235

Bhikkhu Amritananda Mahanayaka Mahathera is one of the pioneer leaders of Nepal as far as the country’s revival of Theravada Buddhism in Nepal. Early in 1990 a committee was formed in Kathmandu under the aegis of the Ananda Kuti Vihar Trust to commemorate the 50th year of Upasampada (Higher Ordination) on 4th of October 1990 of the Venerable Bhikkhu Amritananda. A few days ahead of the 50th year of Upasampada special program, unfortunately Ven. Bhikkhu Amritananda passed away on 20th August 1990 due to a cardiac arrest. This book is collections of messages of condolence received from diplomats from various

Those who want to know about the role of Bhikkhu Amritananda Mahathera to revive Theravada Buddhism in Nepal.

वे बुद्ध के चरणचिन्ह पर चले थे

वे बुद्ध के चरणचिन्ह पर चले थे

51

अनागारिका धर्मपालले बुद्धकाे संवेजनीय स्थलहरू मध्ये बिशेषतः बुद्धगया र सारनाथलाई पुनरुद्धार गर्न जुन आन्दाेलन शुरू गर्नुभएकाे थियाे त्याे अति नै सङ्घर्षपूर्ण हुन गएकाे थियाे । वहाँकाे बुद्धगया र सारनाथमा बुद्धधर्म स्थापना गर्न जुन सङ्घर्ष र याेगदान गर्न भएकाे थियाे त्यसका साथै बिश्वमा बुद्धधर्म प्रचारप्रसारमा पुर्याउनु भएका याेगदानहरुका बारेमा पनि उल्लेख गरेका छन् । यसकाे साथै लेखक सन्तनिहाल सिंह र अनुवादक भदन्त आनन्द काैशल्यायनकाे बारेमा पनि उल्लेख गरेका छन् ।

अनागारिक धर्मपालले बुद्धधर्ममा पुर्याउनु भएकाे याेगदानका बारेमा अध्ययन गर्न चाहनेहरू ।