सुत्रपिटक अन्तर्गत खुद्दकनिकायकाे १५ वटा ग्रन्थमध्ये एउटा ग्रन्थ धम्मपद हाे । त्यसकाे कथागत प्रसंग सहित विभिन्न घटनाहरू लेखिएकाे नै धम्म्पदअट्ठकथा हाे।
धम्मपदबारे पढ्न चाहनेहरूलाइ
लाेभ, दाेष र माेह वृध्दि हुने हीन, तुच्छ धर्मकाे सेवन नगर । आहार,मैथुन, भय तथा निद्रामा मात्र लाग्ने पशुतुल्य जीवन सज्जनवर्गकाे निम्ति याेग्य छैन । तसर्थ प्रमादी भै आफ्नाे जीवन बर्बाद नगर्नु, अप्रमादी भै रहनु । आफूले नजानेकाे अवस्थामा गरिएका ती अकुशल कार्यलाइ पछि आफूले जानी, सुनी, थाहा पाएपछि नगर्ने र छाेड्ने व्यक्तिलाइ तथागतादि सज्जनवर्गले प्रशंसा गरिएका छन् ।
विभिन्न बुद्धकालीन समयमा घटेका कथाहरूबारे जान्न इच्छुकहरू ।
व्यावहरिक जीवनमा उपयाेग गरिराख्ने लाैकिक सम्पत्ति, पद-प्रतिष्ठा सबैलाई कम महत्त्व दिई लाेकुत्तर मार्गकाे अनुशरण गर्ने बाटाे खुलस्त पार्ने विषयका कुरा, कुशलकर्म गर्दा पनि तृष्णा र दिट्ठिलाई किनारा लगाउनु पर्ने कुरामा पनि जाेड, अनिश्रयतिर (निर्वाणतिर) लाग्नु पर्ने संकेत यस पुस्तकमा पाउन सकिन्छ ।
ध्यान अभ्यास गर्न अभिरूचि राख्ने ध्यान साधकहरु ।
बुद्ध शिक्षा अनुसार दान, शील, श्रद्धा, स्मृति, वीर्य, समाधी र प्रज्ञाले युक्त भई आर्यअष्टांगिक मार्गकाे अनुशरण, राग, द्वेष, माेहरुपी क्लेश क्रमशः निवारण गरी निर्वाण साक्षात्कार गर्न सकियाेस र सम्पूर्ण दुःखमय भव संसारचक्रबाट कसरी छुटकारा पाउन सकिन्छ भनि सरल भाषामा उल्लेख गरीएकाे छ ।
ध्यान अभ्यास गर्नेहरुका लागि र ध्यान बारे अभिरूचि राख्ने ध्यान साधकहरु ।
मानव जीवनलाई सार्थकता तर्फ डाेरयाउनका लागि उत्प्रेरणा मिल्ने गहन धर्म, दर्शन, व्यवहार, मन, अध्यात्म, चिन्तन, ध्यान, शान्ति आदी बिषयमा सहज सरल एवं मर्मस्पर्शी ह्रहयस्पर्शी जीवनाेपयाेगी उपदेशमूलक गाथा समाहित रहेका छन् । यसमा धम्मपदकाे दुईवटा वग्गाेहरु; चित्तवग्गाे र पुप्फवग्गाेका साथै पाठिक आजीवककाे कथा, छत्तपाणी उपासककाे कथा, विशाखाकाे कथा, शील, महाकाश्यप, गाेधिक स्थविर र गरहदिन्नकाे कथाका बारेमा उल्लेख गरेका छन् ।
धम्मपदकाे अट्ठकथा अध्ययन गर्न चाहनेहरु ।
मानव जीवनलाई सार्थकता तर्फ डाेरयाउनका लागि उत्प्रेरणा मिल्ने गहन धर्म, दर्शन, व्यवहार, मन, अध्यात्म, चिन्तन, ध्यान, शान्ति आदी बिषयमा सहज सरल एवं मर्मस्पर्शी ह्रहयस्पर्शी जीवनाेपयाेगी उपदेशमूलक गाथा समाहित रहेका छन् । यसमा धम्मपदकाे तीनवटा वग्गाेहरु; अरहन्तवग्गाे, सहस्सवग्गाे र पापवग्गाे बारेमा उल्लेख गरेका छन् ।
धम्मपदकाे अट्ठकथा अध्ययन गर्न चाहनेहरु ।
बुद्धकालीन समयका नारीहरु, उनीहरुकाे समाज निर्माणमा भूमिकाका साथै भगवान बुद्धकाे नारीहरु प्रतिकाे ब्यवहारका बारेमा उल्लेख गरिएका छन् । यसमा संघ-नायिका (महाप्रजापति गाैतमी), पुत्र-वियाेगिनी (कृशा गाैतमी), कठाेर-भाषी (सुजाता), दासी-स्त्री (खुज्जुत्तरा), स्वबन्धु-त्यक्ता (पटाचारा) र ईर्ष्यालु-गणिका (सिरिमा) समावेश गरिएका छन् ।
बुद्धकालिन नारीहरुका बारेमा अध्ययन गर्न चाहनेहरु ।