कोण्डन्य

लोक नीति

लोक नीति

32

लोकमा भएका मनुष्यहरुकाे उन्नती प्रगति लागि सहयोग पुर्याउने शिक्षा हेतु भिक्षु अनिरुद्धले प्रकाशित गर्नुभएको धम्मपद जातक आदिको पालि गाथाको शब्दार्थ र भावार्थलाई नेपाल भाषामा अनुवाद सहित पद्यानुवाद गरीएको यसमा पुस्तकमा पण्डित काण्ड, सुजन काण्ड, दुर्जन काण्ड, मित्र काण्ड, स्त्रीकाण्ड, राज काण्ड, पकिण्णक काण्ड आदि शिर्षकलाई समावेश गरी प्रस्तुत गरिएको छ ।

बुद्धशिक्षालाई लोकनीतिको रूपमा अध्ययन गर्न चाहनेहरू ।

सम्यक सम्बुद्ध

सम्यक सम्बुद्ध

361

महापण्डित राहुल सांस्कृत्यायनद्वारा संकलित “बुद्धचर्या” काे भावानुवाद हो । बुद्धजीवनी, प्रथम बर्षावास देखि ४६‌औं बर्षावाससम्म भगवान् बुद्धबाट देशना गरिएका उपदेशहरूलाई संक्षिप्त रुपमा प्रस्तुतिका साथै बुद्धकालीन राज्यहरू, परिव्राजकहरू, ब्रह्मादिदेवहरू, ब्राह्मणहरू, राजपरिवारहरू, गृहस्थीहरु, महिलाहरू र अन्य बिषयहरूलाई समावेस गरिएका छन् ।

भगवान् बुद्धको बर्षावासको बारेमा अध्ययन गर्न चाहनेहरू ।

सम्यक् संस्कार

सम्यक् संस्कार

अप्रमाद जीवन पद्धति, बुद्धकालिन संस्कृति, बौद्ध संस्कार, बौद्ध पर्व र बिबिध संस्कार, पालि शब्दहरू, सम्यक पाठ, चार आरक्षा भावना, परित्राण सूत्रहरु, सतिपट्ठान सूत्र, बिभिन्न बौद्ध गीतहरू, संक्षिप्त अभिधर्म, धम्मपदका बिभिन्न वर्गहरू, भिक्षु प्रातिमोक्ष, भिक्षुणी प्रातिमोक्ष, बुद्ध शिक्षा सम्बन्धि बिबिध बिषयहरू समेटिएर प्रस्तुत गरिएका छन् ।

बुद्धशिक्षाका बारेमा अध्ययन गर्न जान्न चाहनेहरू ।

विशुद्धिमार्ग

विशुद्धिमार्ग

640

त्रिपिटक-सार संक्षेप ग्रन्थका रूपमा सुपरिचित आचार्य बुद्धघोषकृत विशुद्धिमार्गलाई भिक्षु धर्मरक्षितद्वारा हिन्दी भाषामा अनुवादितलाई आधारभूत बनाई भिक्षु ज्ञानामोलिद्वारा अनुदित The Path of Purification को सहयोग लिई अनुवाद तथा संम्पादन गरीएको, आचार्य बुद्धघोषको पालि साहित्यको अमूल्य ग्रन्थ विशुद्धिमार्ग हो । बौद्धदर्शनकाे विवेचनात्मक गवेषणसहित योगाभ्यासको प्रारम्भिक अवस्था देखि लिएर सिद्धिसम्मको सारा विधिहरू उल्लेख गरिएका छन् । यसमा पहिलो परिच्छेदमा शील निर्देशबाट शुरू गरी तेइसौं परिच्छेदमा प्रज्ञाभावनाको आनिशंस निर्देश र निगमनलाई प्रस्तुत गरिएका छन् ।

बुद्धधर्म प्रेमी सम्पूर्ण पाठकहरू ।

भिक्षु अश्वघाेषका छानिएका रचनाहरू

भिक्षु अश्वघाेषका छानिएका रचनाहरू

281

संघनायक भिक्षु अश्वघाेष महास्थविरकाे संक्षिप्त चिनारी सहित व्यावहारिक बुद्धशिक्षा तथा कर्मवादी चिन्तन सम्बन्धि उहाँकाे विभिन्न लेखहरू मध्ये ४१ वटा लेख रचनाहरू जस्तैः बुद्धकाे विचार, बुद्ध धर्मकाे विशेषता, धर्म र मनुष्य, राम्राे काम झट्टै गर्नु पर्छ आदि व्यवहारवादी शिक्षा मूलक ज्ञानहरूलाई समावेश गरिएका छन् ।

बुद्धशिक्षा सम्बन्धि व्यावहारीक शिक्षा हासिल गर्न चाहनेहरू ।

तृतीय प्रवेश शिक्षा (कक्षा ६) चतुर्थ पत्र

तृतीय प्रवेश शिक्षा (कक्षा ६) चतुर्थ पत्र

279

यस पुस्तकलाई तीन खण्डमा बिभाजन गरिएकाे छ । प्रथम खण्ड अन्तर्गत आचार्य भिक्षु अमृतानन्द महास्थविरद्वारा लिखित तथा अनुवादित यशाेधरा (जन्म, विवाह, पुत्रलाभ, बुद्धसंग भेट, अग्रस्थान) आदि यशाेधराकाे विषयमा उल्लेख गरिएकाे, दाेस्राे खण्डमा महास्थविर लेदी सयादाेद्वारा लिखित तथा सुश्री नानीमैयाँ मानन्धरद्वारा अनुवादित मग्गङ्ग दीपनी (आर्य अष्टांगिक मार्ग, सात प्रकारकाे विशुद्धि, चार स्मृतिप्रस्थान) आदिकाे व्याख्या र प्रकार उल्लेख गरिएकाे र तेस्राे खण्डमा काेण्डन्यद्वारा लिखित तथा संकलित बाैद्ध सामान्य ज्ञान अन्तर्गत बुद्ध धर्म, संस्कृति एवं दर्शन सम्वन्धि जानकारी ।

परियत्ति प्रवेश तृतीय वर्षका विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।

परियत्तिः तृतीय प्रवेश शिक्षा (कक्षा ६) तृतीय पत्र

परियत्तिः तृतीय प्रवेश शिक्षा (कक्षा ६) तृतीय पत्र

136

यस पुस्तकलाई तीन खण्डमा बिभाजन गरिएकाे छ । प्रथम खण्ड अन्तर्गत भिक्षु सुदर्शन महास्थविरद्वारा लिखित तथा काेण्डन्यद्वारा अनुवादित चैत्य पूजा ( बुद्धपूजा, चैत्य पुजा, चैत्यकाे प्रकार, आमिस पूजा) आदि उल्लेख गरिएकाे, दाेस्राे खण्डमा विद्यावतीद्वारा लिखित तथा सम्यक सम्बाेधि प्राणपुत्रद्वारा अनुवादित आदर्श बाैद्ध महिला (महाप्रजापति गाैतमी, खेमा, सुजाता, विशाखा) आदि १४ जना बाैद्ध महिलाहरूकाे बारेमा उल्लेख गरिएकाे र तस्राे खण्डमा भिक्षु विवेकानन्द महास्थविरद्वारा लिखित तथा भिक्षु संघरक्षितद्वारा अनुवादित मैत्री भावना (भावना, द्वेष चरित्र, द्वेष उत्पत्तिकाे कारण, जातक कथा) आदि पालि गाथा, भावार्थ सहित उल्लेख गरिएका छन् ।

परियत्ति प्रवेश तृतीय वर्षका विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।

तृतीय प्रवेश शिक्षा (कक्षा ६) द्वितीय पत्र

तृतीय प्रवेश शिक्षा (कक्षा ६) द्वितीय पत्र

217

यस पुस्तकलाई तीन खण्डमा बिभाजन गरिएकाे छ । प्रथम खण्ड अन्तर्गत भिक्षु अमृतानन्द महास्थविरद्वारा अनुवादित धम्मपद (बाल वर्ग, पण्डित वर्ग, अरहत् वर्ग) अर्थ सहित पालि गाथा, दाेस्राे खण्डमाआचार्य भिक्षु अमृतानन्दद्वारा लिखित संक्षिप्त कथा सहित धम्मपद-अप्रमाद वर्ग अन्तर्गत श्यामावती, चूलपन्थक आदि, चित्त वर्ग अन्तर्गत मेघिय स्थविर, संघरक्षित स्थविर) गाथा सहित कथा उल्लेख गरिएकाे र तेस्राे खण्डमा रत्न सुन्दर शाक्यद्वारा लिखित स्मरणीय व्यत्तिहरू (भिक्षु प्रज्ञानन्द् महास्थविर, भिक्षु शाक्यानन्द महास्थविर, भिक्षु धर्मालाेक महास्थविर) आदि व्यत्तिहरूकाे बारेमा उल्लेख गरिएका छन्।

परियत्ति प्रवेश तृतीय वर्षका विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।

परियत्तिः तृतीय प्रवेश शिक्षा (कक्षा ६) प्रथम पत्र

परियत्तिः तृतीय प्रवेश शिक्षा (कक्षा ६) प्रथम पत्र

273

यस पुस्तकलाई तीन खण्डमा बिभाजन गरिएकाे छ । प्रथम खण्ड अन्तर्गत आचार्य अमृतानन्द महास्थविरद्वारा संकलित बुद्धकालीन श्रावक चरित्र (सारिपुत्रकाे परिचय, गृहत्याग, भाइबहिनीहरू, अग्रस्थान) आदि, दाेस्राे खण्डमा भिक्षु ज्ञानपूर्णिक महास्थविरद्वारा अनुवादित परित्त सुत्त (महाजयमङ्गल सूत्र, जयमङ्गल सूत्र) काे अर्थ र तेस्राे खण्डमा भिक्षु बुद्धदत्तद्वारा लिखित तथा भिक्षु शीलभद्रद्वारा अनुवादित पालि भाषावतरणमा मिश्रित त्रिया, संज्ञा, कर्म वाच्य आदि उल्लेख गरिएका छन् ।

परियत्ति प्रवेश तृतीय वर्ष का विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहानेहरू

परियत्ति सद्धम्म पालककाे प्रवेश द्वितीय बर्ष (कक्षा ५)

परियत्ति सद्धम्म पालककाे प्रवेश द्वितीय बर्ष (कक्षा ५)

453

यस पुस्तकलाई तीन खण्डमा बिभाजन गरी तीन वटा पत्रहरूकाे लागि एकै पुस्तकमा समेटिएका छन् । प्रथम खण्डमा पृष्ठ १ देखि ११५ सम्म परित्त सुत्त (बाेझङ्ग सूत्र, बुद्धानुस्सति सूत्र) पालि अर्थ र निदान, भिक्षु अमृतानन्दद्वारा लिखित तथा केशव लाल कर्माचार्यद्वारा अनुदित बुद्ध जीवनीमा धर्मप्रचार देखि महापरिनिर्वाण, धातु विभाजन र भिक्षु बुद्धदत्तद्वारा लिखित तथा भिक्षु शीलभद्रद्वारा अनुवादित पालिभाषावतरणमा भविष्यकालकाे त्रियापद, पुलिङ्ग, संज्ञा आदि उल्लेख गरिएका छन् । दाेस्राे खण्डमा पृष्ठ ११९ देखि ३०७ सम्म भिक्षु अमृतानन्द महास्थविरद्वारा अनुवादित धम्मपद अन्तर्गतकाे चित्त् वर्ग, पुष्प वर्गकाे अर्थसहित पालि गाथा, भिक्षु अमृतानन्दद्वारा लिखित संक्षिप्त कथासहित धम्मपद (चक्षुपाल स्थविर, मट्टकुण्डली, आदि १२ वटा कथा गाथा र

परियत्ति सद्धम्म पालककाे प्रवेश द्वितीय बर्ष (कक्षा ५)का विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।

परियत्ति सद्धम्म पालककाे प्रवेश प्रथम बर्ष  (कक्षा ४)

परियत्ति सद्धम्म पालककाे प्रवेश प्रथम बर्ष (कक्षा ४)

379

यस पुस्तकलाई तीन खण्डमा बिभाजन गरी तीन वटा पत्रहरूकाे लागि एकै पुस्तकमा समेटिएका छन् । प्रथम खण्ड अन्तर्गत पृष्ठ १ देखि ११८ सम्म परित्त सुत्त (स्कन्ध सूत्र, पुब्बण्ह सूत्र) पालि अर्थ र निदान, भिक्षु अमृतानन्दद्वारा लिखित तथा केशव लाल कर्माचार्यद्वारा अनुवादित बुद्ध जीवनीमा बाेधिसत्वकाे जन्म , ज्ञानप्राप्ति, धर्मप्रचार र भिक्षु बुद्धदत्तद्वारा लिखित तथा भिक्षु शीलभद्रद्वारा अनुदित पालि भाषावतरणमा अक्षर विभाजन, विभत्ति र वचन वर्तमान काल आदि उल्लेख गरिएका छन् । दाेस्राे खण्डमा पृष्ठ १२१ देखि २२९ सम्म भिक्षु अमृतानन्द महास्थविरद्वारा अनुदित धम्मपद (यमक वर्ग, अप्रमाद वर्ग) अर्थ सहित पालि गाथा, भिक्षु सुदर्शनद्वारा लिखित तथा वीणा कंसाकारद्वार अनुदित माता पिताकाे सेवा

परियत्ति सद्धम्म पालककाे प्रवेश प्रथम बर्ष (कक्षा ४)का विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।

बुद्धधर्म व अर्थनीति

बुद्धधर्म व अर्थनीति

चार अध्यायमा बिभाजित यस पुस्तकमा बुद्धधर्मका चार आर्यसत्य, निर्वाण, गृहीविनय, आलवक सूत्र र बुद्धकाे अर्थनीति सम्बन्धि विविध बिषयबस्तुहरु उल्लेख गरिएका छन् ।

बुद्धधर्म र अर्थनीति सम्बन्धि जानकारी हासिल गर्न चाहनेहरू ।

दश पारमिता

दश पारमिता

289

सुमेध तापसले दीपंकर बुद्धकाे पालामा बुद्ध हुनकाे लागि गरेकाे प्रणिधानदेखि बुद्धत्व ज्ञान प्राप्त गर्ने समयसम्म बाेधिसत्वकाे रूपमा पूर्ण गर्नुभएका दशवटा पारमिता धर्मका बारेमा, बाेधिसत्त्वकाे पूर्वजन्मका बारेकाे जातक कथाहरू समेत समावेश गरी पारमी, पारमिता धर्मकाे लक्षण, पारमिताकाे किसिम, पारमिता सम्पादन गर्ने उपाय र समय, बाेधिसत्त्वहरूकाे छ अज्झास सहित दश पारमिताकाे अर्थका साथै पारमिताकाे कथात्मक व्याख्या पनि प्रस्तुत गरिएका छन् ।

बाेधिसत्त्वले पूर्ण गरेका दशपारमिताका बारेमा अध्ययन गर्न इच्छुकहरू ।

महास्थविर भिक्षु सुदर्शनयात आदराञ्जली

महास्थविर भिक्षु सुदर्शनयात आदराञ्जली

121

भिक्षु सुदर्शन महास्थविरको आदराञ्जलीको रुपमा विभिन्न लेखहरूको संग्रह ।

भिक्षु सुदर्शनको बारेमा जानकारी लिन चाहनेहरुलाई

कुमार भन्ते संक्षिप्त चिनारी

कुमार भन्ते संक्षिप्त चिनारी

81

आचार्य भिक्षु कुमार काश्यप महास्थविर धार्मिक कोष बुद्ध विहार भृकुटीमण्डप, काठमाडौं ३१ पुस्तकको मुख्य विषयः नेपालका एकमात्र त्रिपिटकाचार्य उपसंघनायक भिक्षु कुमार काश्यप महास्थविरको संक्षिप्त जीवनीसम्बन्धी लेखसंग्रह ।

कुमार काश्यपको बारे जानकारी लिन इच्छुक ब्यक्ति सबैलाई ।