Biography

बौद्धजगत्‌का स्मरणीय व्यक्तिहरू (आठौं भाग)

बौद्धजगत्‌का स्मरणीय व्यक्तिहरू (आठौं भाग)

124

बुद्धधर्म र बुद्ध शासनको संरक्षण, प्रवर्धनको लागि योगदान गर्नु भएका राष्ट्रिय तथा अन्तरराष्ट्रिय बिभिन्न १६ जना व्यक्तित्त्वहरूको संक्षिप्त व्यक्तित्व र चरित्रबारेमा चित्रण गरिएका छन् । नेपालका ६ जना व्यक्तित्वहरू - पण्डित अभयराज शाक्य, पण्डित रत्नबहादुर वज्राचार्य, भिक्षु विमलानन्द महास्थविर, हर्षमुनि शाक्य, साहु मोतिलाल शिल्पकार र अनागिरका उप्पलवणा (चिनी गुरुमां) सहित भारतका आचार्य शाक्यश्रीभद्र, चीनका प्रो. तान युन शान, श्रीलंकाका सर डोन बारोन जयतिलक, म्यानमारका भिक्षु ऊ. कित्तिमा, इटलीका भिक्षु ऊ. लोकनाथ महास्थविर, जर्मनीका डा. कार्ल साइडेनस्टूकर र डा. विलियम फ्रेडरिक स्टेड र बेलायतका लर्ड चाल्मर्स, भिक्षु शीलाचार (जे.एफ.एम. केखनी) र डा. एडवार्ड कोन्जे गरि १६ जना व्यक्तित्वहरू समेतिएका छन् ।

बौद्ध जगतका प्रेरणादायि व्यक्तित्त्वहरुको जीवनी र योगदानका बारेमा अध्ययन अध्यापन गर्न चाहनेहरू ।

भगवान बुद्धका आठ विजयहरु, बाह्र कर्म विपाकहरु तथा बोध कथाहरु

भगवान बुद्धका आठ विजयहरु, बाह्र कर्म विपाकहरु तथा बोध कथाहरु

भगवान बुद्धका आठ विजयहरु, बाह्र कर्म विपाकहरु तथा बोध कथाहरु लेखकहरु सयादो उ वामे, सयादो उ ञाउगां, धम्मवती गुरुमां, भिक्षु अश्वघोष र विद्यावती मालविकाद्धारा लेखेको यस पुस्तकमा बुद्ध शिक्षाहरुलाई चारवटा विभिबन्न पुस्तकहरुबाट छानेर समावेस गरिएका छन् ।

ललितविस्तर

ललितविस्तर

383

पालि त्रिपिटकका बारेमा संक्षिप्त रुपमा भूमिका समेटिएको छ । भगवान बुद्धको जीवन चरित्रका प्रमुख घटनाहरूका साथै भगवान बुद्धले बताउनु भएका शील समाधी प्रज्ञाका बिशेष उपदेशहरू र विशेष व्यक्तिहरूका बारेमा त्रिपिटकमा उल्लेख भएका घटनाहरूलाई समेटिएर प्रस्तुत गरिएका छन् ।

पालि त्रिपिटकको संक्षिप्त तथा भगवान बुद्धको जीवनी र विशेष उपदेशहरूका बारेमा अध्ययन गर्न चाहनेहरू ।

अजात शत्रु

अजात शत्रु

89

मूल पालि त्रिपिटक र पालि बाङ्गमयमा आधारित बुद्धकालीन राजनैतिक सामाजिक र धार्मिक इतिबृत्तकाे एक दृष्ट अंशमा आधारित मगध राजा बिम्बिसारका राज्यकालमा देवदत्तको कुसंगत र कुसल्लाहबाट राजकुमार अजात शत्रुले आफ्ना पितालाई सत्ताच्यूत मात्र नगरी हत्या समेत गरेर आखिरमा पापको प्रायश्चित गर्दै राजा अजात शत्रुले भगवान् बुद्धको शरण लिएको, पृथकजन मध्ये बुद्ध प्रति श्रद्धावान् राजा अजात शत्रुले बुद्धको परिनिर्वाणपछि गरेको संघायन इतिहास नै अविस्मरणीय रहेकाे र भगवान् बुद्धको अस्थिधातुको संरक्षणका बारे उल्लेख गरीएका छन् ।

अजात शत्रुको जीवनी र भगवान् बुद्धको अस्थिधातुको संरक्षणका बारेमा अध्ययन र अध्यापन गर्न चाहनेहरू ।

राहुलयात तथागतया उपदेश

राहुलयात तथागतया उपदेश

55

सु-सभ्य, सु-संस्कृत, शिष्ट र भद्र स्वभावको प्रतिकको रुपमा अग्र श्रेणीमा रहेका कुमार राहुलको परिचय विभिन्न स्मरणीय घटनाहरुका, भगवान बुद्धले राहुललार्इ दिनु भएको विविध उपदेशहरुका साथै राहुलद्वारा भगवान् बुद्ध समक्ष राख्नु भएका विविध जिज्ञासा र समाधानहरुलाई प्रस्तुत गरिएको छ ।

राहुलको जीवनीलाई संक्षिप्तमा अध्ययन गर्न चाहनेहरू ।

पोथुज्जन व अरिय

पोथुज्जन व अरिय

शील प्रार्थना त्रिरत्न गुण विविध पूजा विधि अर्थ सहित प्रतित्य समुत्पादको बारेमा सचित्र परियच, बुद्धकालिन पञ्चवर्गीय भिक्षुहरुको संक्षिप्त जीवनी, भिक्षु नालक, भिक्षु यश र उहाँका साथीहरू, तीन जना जटिलहरु – उरुवेल काश्यप, नदि काश्यप र गया काश्यपहरु जस्ता केही आर्य पुद्गलहरुको छोटो जीवनी र उहाँहरुले बुद्ध शासनमा पुर्याउनु भएको महत्वपूर्ण योगदानहरुका साथै पद्मसुगन्ध विहारमा दैनिक प्रार्थना गरिने केहि ज्ञानमाला भजनहरुलाई समेत संकलन गरी प्रस्तुत गरिएका छन् ।

बुद्धकालिन महत्वपूर्ण केही भिक्षुहरुको जीवनी र योगदानका बारेमा अध्ययन गर्न इच्छुकहरू ।

पटाचारा

पटाचारा

115

बुद्धकालिन श्रावस्ती नगरको एक साम्भ्रन्त परिवारमा माया र ममतामा हुर्केकी छोरी आफ्नै घरमा काम गर्ने दाससँग प्रेमको बशमा परि भागेर विवाह गर्छन् । लामो समयपछि गर्भवति अवस्थामा माइत जाने रहरले माइततिर गइरहेको क्रममा जङ्गगलको बाटोमा नवजात शिशुको जन्म हुन्छ भने श्रीमानलाई सर्पले टोकेर मृत्यु हुन्छ । त्यसपछि आफ्ना दुई बच्चाहरु मध्ये एउटा बच्चालाई खोला पार गर्ने क्रममा बगाउँछ भने अर्को नवजात शिशुलाई चीलले मासुको डल्लो सम्झेर आहारा बनाउँछ । यसरी परिवारको बिछोडको पीडामा छट्पटिएर फर्कने क्रममा माइतमा पनि आमा-बुबा र भाई समेत प्रकृतिक दुर्घटनामा परि मृत्यु भएको समाचारले मानसिक सन्तुलन गुमाउन पुग्छिन । यही प्रेम द्वन्द अनि वियोगका मार्मिक घट्नाहरूका

पटाचाराको जीवनलाई पद्यमय नाटकको रुपमा पढ्न चाहनेहरू ।

संघनायक भिक्षु ज्ञानपूर्णिक स्मृतिग्रन्थ

संघनायक भिक्षु ज्ञानपूर्णिक स्मृतिग्रन्थ

नेपालमा थेरवाद बुद्धधर्म उन्नति र अभिबृद्धिकाे लागि जीवन समर्पण गरी अमूल्य योगदान दिनु भएका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा सम्मानीत अग्गमहापण्डित श्रद्धेय संघनायक भिक्षु ज्ञानपूर्णिक महास्थविरकाे प्रथम बार्षिक पूणित तिथिकाे उपलक्ष्यमा प्रकाशित स्मृतिग्रन्थ हाे । यसमा श्रद्धेय भन्तेकाे फोटो सहित संक्षिप्त जीवनी, स्मृतिग्रन्थ प्रकाशनको अवसरमा प्राप्त श्रद्धासुमनका पत्रहरू, विश्व शान्ति विहार स्थापना कालमा विहार व्यवस्थापनको लागि दायक कमिटी परिषद गठन सम्बन्धि श्रद्धेय भन्तेज्यूको हस्तलिखित लेख, श्रद्धेय भन्तेज्यूको स्मरणमा नेपालभाषा, नेपाली भाषा र अंग्रजी भाषामा लेखिएका १३० वटा लेखहरू संग्रह गरिएका छन् ।

श्रद्धेय भिक्षु ज्ञानपूर्णिक महास्थविरका बारेमा अध्ययन गर्न चाहनेहरू ।

भिक्षु अश्वघाेष महास्थविर

भिक्षु अश्वघाेष महास्थविर

54

श्रद्धेय अग्गमहासद्धम्मजाेतिकधज भिक्षु अश्वघाेष महास्थविरकाे ७७ औं बर्षकाे जन्मउत्सवकाे अवसरमा प्रकाशित यस पुस्तकमा उहाँकाे जीवनी, प्रवज्या, वर्षावास, शिक्षा, संघर्ष, धर्म प्रचार कार्यमा दिनु भएकाे याेगदान, उहाँकाे प्रकाशित कृति, आदि उहाँकाे जीवनसंग सम्वन्धित विषय घट्नाहरू उल्लेख गरिएकाे छ ।

श्रद्धेय भिक्षु अश्वघाेष महास्थविरकाे जीवनीबरे अध्ययन गर्न चाहनेहरू ।

भिक्षु सुमंगल महास्थविर

भिक्षु सुमंगल महास्थविर

यस स्मृति ग्रन्थमा दिवंगत भिक्षु सुमंगल महास्थविरकाे व्यत्तिगत विवरण सहित भिक्षुहरू, गुरूमांहरू, विभिन्न बाैद्ध विद्वान उपासक उपासिकाहरू, विहारहरूबाट उहाँकाे स्मृतिमा लेखिएकाे पत्रहरूलाई संग्रह गरिएकाे छ ।

भिक्षु सुमंगल महास्थविरकाे बारेमा अध्ययन गर्न चाहनेहरू ।

सुबोध- बुद्ध धर्म प्रकाश

सुबोध- बुद्ध धर्म प्रकाश

112

भिक्षु सुबेधानन्द महास्थविरद्वारा रचित बुद्ध, बुद्ध धर्म सम्बन्धि काब्यात्मक उपदेश (कबिता, सोत्त्र, भजन) हरु संग्रहित गरिएका छन् । लेखकका प्रकाशित पुस्तकहरूको सूचि पनि उल्लेख गरिएका छन् ।

बुद्ध धर्म सम्बन्धि उपदेशहरू गीतका रुपमा अध्ययन गर्न चाहने पाठकवर्गहरु ।

संघनायक भदन्त प्रज्ञानन्द महास्थविरया जीवनी

संघनायक भदन्त प्रज्ञानन्द महास्थविरया जीवनी

347

प्रथम संघनायक भिक्षु प्रज्ञानन्द महास्थविरको जीवनीऽ नेपालमा बुद्ध धर्मको स्थापना र विस्तारमा पुर्याउनु भएको अद्वितिय योगदान र संघर्ष, जीवनमा भएका उतार-चढावहरुको विस्तृत रुपमा बयान, भन्तेज्यूले बिभिन्न पक्षहरूका बारेमा लेख्नु भएका पुस्तकहरुको सूचिका साथै उपासक उपासिकाहरूको नगरमा भन्ते शिर्षक दिई उनीहरूको बिचारहरू पनि संग्रह गरि प्रस्तुत गरिएका छन् ।

संघनायक भिक्षु प्रज्ञानन्द महास्थविरको जीवनी र योगदानका बारेमा अध्ययन गर्न चाहनेहरू ।

संघनायक भिक्षु बुद्धघोष महास्थविरया च्वसुमाः

संघनायक भिक्षु बुद्धघोष महास्थविरया च्वसुमाः

नेपालमा बौध्द परियत्ति शिक्षा स्थापना शुरुवात गर्नुहुने तथा पाँचौं संघनायक श्रध्देय भद्दन्त भिक्षु बुध्दघोष महास्थविरको छोटकरीमा चिनारी, वहाँले सम्पदान तथा अनुवाद गरी प्रकाशित पुस्तकहरूको सूचि, भन्तेज्यूको गुरू शिष्य परम्पराको सूचिका साथै बर्मिज भाषाले लेखिएका लेखहरूको अनुवाद र बिभिन्न समयमा लेखिएका १६ बिभिन्न लेखहरूको संग्रह गरिएको छ ।

श्रध्देय भद्दन्त भिक्षु बुध्दघोष महास्थविरको जीवनी र योगदानका बारेमा जानकारी लिन चाहनेहरू ।

सुचक (श्रद्धेय अश्वघाेष विषेश)

सुचक (श्रद्धेय अश्वघाेष विषेश)

156

नेपालका छैठाैं संघनायक श्रद्धेय भिक्षु अश्वघाेष महास्थविरज्यूकाे ९०औं जन्मदिनकाे उपलक्ष्यमा प्रकाशित यस अंकमा उहाँकाे जीवनी, धर्मप्रचार तथा साहित्यकाे क्षेत्रमा दिनु भएकाे याेगदानकाबारे विभिन्न व्यक्तिहरूकाे विचारमूलक लेख रचनाहरू संग्रह गरिएकाे छ ।

श्रद्धेय भिक्षु अश्वघाेष महास्थविरज्यूकाे बारे जिज्ञासुहरू ।

बिम्बिसार

बिम्बिसार

96

बुद्धकालीन मगध सम्राट बिम्बिसारको जीवनी, सम्राट बिम्बिसारले युवराज अजातशत्रुलाई राज्य सुम्पिने विषयमा देश र जनताको हित अनि कर्तव्य र जिम्मेवारि बिचको अन्तरद्वन्द, राज्याभिषेकपछि सम्राट अजातशत्रुद्वारा पिता बिम्बिसारको जेल चलान र उनको मृत्यु, अन्त्यमा सम्राट अजातशत्रुको पुत्र लाभ भएपछि पितृ प्रेम भावको आभाषपछि अजातशत्रुले माता पिता माथि गरिएको अन्यायको पश्चाताप गरेको प्रसंगलाई नाटकको रुपमा प्रस्तुत गरिएको छ ।

सम्राट बिम्बिसार र अजातशत्रुको बारेमा अध्ययन गर्न चाहनेहरू ।

यशोधरा

यशोधरा

त्रिपिटक र अट्ठकथाबाट समेटिएकाे बुद्धकालीन श्राविका अन्तर्गत “अभिञ्ञा” मा “एतदग्ग” (अभिज्ञामा अग्रतम) स्थानमा पुग्नुभएकी थेरी यशाेधरादेवीकाे जीवनीमा कुल, जन्म, नामाकरण, बाल्यकाल, याैवन, विवाह मङ्गल, सिद्धार्थसंगकाे दाम्पत्य जीवन, पुत्रलाभ, सिद्धार्थकाे महाभिनिष्क्रमण पछिकाे शील, सदाचारकाे जीवन, बुद्धकाे कपिलबस्तुकाे पहिलाे आगमन, यशोधरादेवीकाे बुद्धकाे पाद-बन्दना, राहुलबाट दायाद याचना, यशोधरकाे प्रबज्या, क्षीणाश्रव धशाेधरा थेरीकाे बुद्धमा क्षमायाचना, अभिञ्ञा प्रदर्शन र अठहत्तर बर्षकाे उमेरमा निर्वाणका साथै अतीतका सम्बन्धहरू र अन्तिम जन्म आदिलाई समेत प्रस्तुत गरिएकाे छ ।

यशाेधरादेवीकाे अतीत जीवन देखि अन्तिम जन्मसम्मकाे बारेमा अध्ययन गर्न चाहनेहरू ।