Meditation

संवेजनीय धम्मुद्देश देशना

संवेजनीय धम्मुद्देश देशना

मानव जीवनमा शारीरिक बल, रोग, ब्याधि, धन, सम्पत्ति, उमेरको रंग, याैवन चिरकालसम्म सधैँको लागि यथावत रहिरहने चीज होइन् भनी यस अनित्यतालाई बुझी धर्म, कर्म अनि ध्यान-भावना समयमा नै गर्नुपर्छ भन्ने बुझेर स्मृतिपूर्वक ध्यान-भावना गर्नुपर्छ भनी ध्यान-भावना गर्ने तरीका बुझाईएको छ ।

ध्यान-भावना गर्न इच्छुक ध्यान साधक साधिकाहरू ।

सतिपट्ठान उपदेश

सतिपट्ठान उपदेश

129

ओवादाचरिय सयादो भदन्त ऊ पण्डिताभिवंश महास्थविरज्यूबाट सतिपट्ठान भावनाको अर्थ, सैद्धान्तिक र व्यावहारिक पक्षमा प्रयोग, यसको प्रतिफल आदिका बारेमा देशना गर्नुभएको उपदेशलाई अनुवाद गरि प्रस्तुत गरिएका छन् ।

सतिपट्ठान विपस्सना भावनालाई गम्भिर रूपमा अभ्यास गर्ने तथा अन्वेषण गर्न चाहने ध्यान योगीहरू ।

सद्धर्म पुष्पमाला

सद्धर्म पुष्पमाला

अनागारिका अग्गञाणी गुरुमां प्रवजित हुनुभएको रजत महोत्सव (२५ बर्ष) को उपलक्ष्यमा प्रकाशित यस पुस्तकमा समय समयमा बिभिन्न पत्र-पत्रिका, स्मारिका, स्मृतिग्रन्थहरूमा वहाँद्वारा विभिन्न भाषामा रचना गरिएका महत्वपूर्ण, अति सार-गर्भित बिभिन्न २५ वटा शिर्षकहरूका रचनाहरूलाई संकलन गरि प्रस्तुत गरिएका छन् । ती मध्ये केहि यसप्रकारका छन् ।

सद्धर्म प्रेमी एवम् ध्यान भावना र बुद्धशिक्षाबारे जिज्ञासुहरू ।

आनापानास्मृति भावना

आनापानास्मृति भावना

16

यस पुस्तकमा आनापाना स्मृतिकाे परिचय, महत्व, आनापानास्मृति भावना गर्ने विधिलाइ व्याख्या र विश्लेषण गरिएकाे छ ।

आनापानास्मृति भावनाकाे विषयमा अध्यन गर्न चाहनेहरूकाे लागी उपयाेगी ।

याेगीया अनुभव बाैद्ध ध्यान (भाग २)

याेगीया अनुभव बाैद्ध ध्यान (भाग २)

59

ध्यानको बारेमा जानकारी तथा याेगीहरूकाे अनुभव प्रस्तुत ।

ध्यान भावनाबारेमा जान्न इच्छुकवर्ग ।

बौद्ध ध्यान  (विपस्सना )

बौद्ध ध्यान (विपस्सना )

135

कल्याण मित्र श्री सत्यनारायण गोयन्काद्धार नेपालमा ध्यान भावना विधि सिकाएको थियो। त्यहि ध्यान विधि र ध्यान भावनाको बिषय उल्लेख छ ।

ध्यान भावनाको विधि र ध्यान भावनाको बारे अध्ययन गर्न चाहानेहरु ।

विपस्सना दीपनी

विपस्सना दीपनी

आधुनिक युगको लागि ब्यक्तिहरुको उपयोगी हुने किसिमले विपस्सनाबारे प्रस्तुत ग्रन्थमा ग्रन्थकारले बत्ति बालेर देखाईदिने जतिकै स्पष्ट रुपमा देखाईदिने भएको छ । यसैले यस पुस्तकको नाम विपस्सना दीपनी भनि राखेको छ ।

विपस्सनाको बारे जानकारी लिन इच्छुक ब्यक्तिहरुलाई ।

स्वचित्त शुद्धिमार्ग (ज्ञानध्यानया उपदेश )

स्वचित्त शुद्धिमार्ग (ज्ञानध्यानया उपदेश )

41

आफ्नो चित्त शुद्ध गर्नु, अह्मभाव, मिथ्याभाव, मारलाई हटाउनको लागि आवश्क उपायहरु ।

चित्त शुद्ध गर्न लागेकाहरुलाइ उपयोगी छ ।

चालिस प्रकारको समथ भावना

चालिस प्रकारको समथ भावना

27

चालिस प्रकारको समथ भावना, न तुम्हाकं सूत्र, अविज्जा सूत्र, ६ चरित्र, श्रामणेर प्रश्न, अनत्त लक्खण सुत्त, सप्ततिंसति बोधिपक्ष धर्म आदि बिषमयहरूको बारेमा उल्लेख गरिएका छन् ।

ध्यान भावनाको अभ्यास गर्न चाहानेहरु

झिगू बन्धन -दश संयोजन

झिगू बन्धन -दश संयोजन

59

दुखबाट मुक्त हुनको लागि गरिने ध्यानको १० बाधा (बन्धन) को बर्णन गरिराखेको छ ।

ध्यानको अभ्यास गर्नहरुलाइ ।

विपस्सना ध्यान

विपस्सना ध्यान

64

धर्मकीर्ति विहारकाे निमन्त्रणामा बर्माका प्रसिद्ध ध्यानगुरु ञाणिस्सर महास्थविरबाट नेपालमा विपस्सना ध्यान राख्नुभएकाे र त्यसैकाे बारेमा उल्लेख।

ध्यानमा रूची राख्नेहरू

धातुभेदानुपस्सना

धातुभेदानुपस्सना

89

भगवान बुद्धकाे धर्मलाइ सूत्र,विनय र अभिधर्म गरी तीन पिटकमा विभाजन गरिएकाे तथा धातुहरूकाे विभाजन बारे वर्णन।

ध्यानमा रूची भएका र साधकहरू ।

सतिपट्ठान उपदेश

सतिपट्ठान उपदेश

125

पण्डिताराम स्वे ताउँ गाै सासनायैता सयादाे भद्दन्त पण्डिताभिवंस महास्थविरबाट दिनु भएकाे देशनालाई नेपाल भाषामा भाषा अनुवाद गरी लेखन कार्य गरिएकाे यस पुस्तकमा सतिपट्ठानकाे अर्थलाई राम्ररी बुझ्ने गरी व्यवहारमा पनि अभ्यास गर्न सहयाेग पुग्ने गरी उल्लेख गरिएकाे छ ।

सतिपट्ठान विपस्सना भावना गर्ने याेगीहरु

ध्यानसम्बन्धी प्रेरक ३ अन्तर्वार्ता

ध्यानसम्बन्धी प्रेरक ३ अन्तर्वार्ता

33

ध्यान अभ्यास गर्न, अभ्यास विधि थाहा पाउन, ध्यान सम्बन्धी उपदेश प्रवचन, निर्देशन विधि सुन्न, पुस्तक लेख सामग्री अध्ययन गर्ने, ध्यान भावनाकाे अभ्यास भएका व्यक्तिहरुकाे अनुभव सुन्ने र छलफल गर्ने कार्यबाट ध्यान गर्न प्रेरणा लिन सकिने कुरालाई ध्यानमा राखी ध्यानसम्बन्धी ३ प्रेरक व्यक्तित्त्व (१) श्रद्धेय भिक्षु ज्ञानपूर्णिक महास्थविर, (२) अन्तर्राष्ट्रिय बाैद्ध भावना केन्द्र शंकमूलमा २०६३ मा बर्माका विज्जाेत सयादाेकाे ध्यान शिविर सम्बन्धि अन्तर्वार्ता र (३) नेपालप्रति सद्भाव राखेर नेपालीहरु विशेषतः स्कूले विद्यार्थीहरुलाई सहयाेग गर्दै आउनु भएका जापानी मित्र तेस्न्युकि ‌ओहासीकाे ध्यान अभ्यासकाे बारेका अन्तर्वार्ताहरु समावेश गरीएका छन् ।

ध्यान भावना गर्न ध्यान साधकहरु ।

उत्तमपुरिस दीपनी

उत्तमपुरिस दीपनी

व्यावहरिक जीवनमा उपयाेग गरिराख्ने लाैकिक सम्पत्ति, पद-प्रतिष्ठा सबैलाई कम महत्त्व दिई लाेकुत्तर मार्गकाे अनुशरण गर्ने बाटाे खुलस्त पार्ने विषयका कुरा, कुशलकर्म गर्दा पनि तृष्णा र दिट्ठिलाई किनारा लगाउनु पर्ने कुरामा पनि जाेड, अनिश्रयतिर (निर्वाणतिर) लाग्नु पर्ने संकेत यस पुस्तकमा पाउन सकिन्छ ।

ध्यान अभ्यास गर्न अभिरूचि राख्ने ध्यान साधकहरु ।

विमुक्ति रस

विमुक्ति रस

61

बुद्ध शिक्षा अनुसार दान, शील, श्रद्धा, स्मृति, वीर्य, समाधी र प्रज्ञाले युक्त भई आर्यअष्टांगिक मार्गकाे अनुशरण, राग, द्वेष, माेहरुपी क्लेश क्रमशः निवारण गरी निर्वाण साक्षात्कार गर्न सकियाेस र सम्पूर्ण दुःखमय भव संसारचक्रबाट कसरी छुटकारा पाउन सकिन्छ भनि सरल भाषामा उल्लेख गरीएकाे छ ।

ध्यान अभ्यास गर्नेहरुका लागि र ध्यान बारे अभिरूचि राख्ने ध्यान साधकहरु ।