दुण्डबहादुर बज्राचार्य

जातक (दोस्रो भाग)

जातक (दोस्रो भाग)

356

त्रिपिटकको सुत्तपिटकको खुद्दक निकाय अन्तर्गतको दशौं ग्रन्थ जातक हो । यसलाई छ भागमा बिभाजन गरी प्रकाशन गरिएको मध्येको दोस्रो भाग हो । यस ग्रन्थमा दोस्रो निपात र तेस्रो निपात अन्तर्गत जातक न‌ं. १५१ देखि जातक नं. ३०० सम्मका बोधिसत्त्वका पूर्वजन्मका घटनालाई भगवान् बुद्धले बिभिन्न समय र प्रसंङ्ग अनुसार देशना गर्नु भएका उपदेशहरूलाई बिभिन्न पारमिता धर्मको रुपमा उल्लेख गरिएका छन् ।

भगवान् बुद्धले बोधिसत्त्वको रुपमा पूर्ण गरेका पारमिता धर्महरूका बारेमा अध्ययन गर्न चाहनेहरू ।

संयुक्तनिकाय

संयुक्तनिकाय

1277

बुद्धवचन त्रिपिटकको सुत्तपिटक अन्तर्गतको तेस्रो निकाय संयुक्त निकायमा लामा, छाेटा सबै प्रकारका सूत्रहरूलाई सगाथा वर्ग, निदान वर्ग, खन्ध वर्ग सलायतन वर्ग र महावर्ग गरी ५ वर्गमा छपन्न संयुक्त्त अन्तर्गत ११५३ सूत्रहरू संग्रह गरिएका छन् । बौद्ध साहित्यको एक महत्त्वपूर्ण यस ग्रन्थमा ज्ञान, धर्म, दर्शन र मुक्ति मार्गका बारेमा वर्णन गरिएका छन् ।

भगवान् बुद्धद्वारा देशित सबै खालका सूत्रहरु ज्ञान, धर्म, दर्शन र मुक्ति मार्गका बारेमा अध्ययन अध्यापन गर्न चाहनेहरू ।

मज्झिमनिकाय

मज्झिमनिकाय

1049

बुद्धवचन त्रिपिटकको सुत्तपिटक अन्तर्गतको दोस्रो निकाय मज्झिमनिकायमा १५२वटा मझौला खालका सूत्रहरूको संग्रह गरिएका छन् । बौद्ध साहित्यको एक महत्त्वपूर्ण यस ग्रन्थमा भगवान् बुद्धको जन्म, महाभिनिष्क्रमण, तपस्या, बुद्धत्त्व प्राप्ति, धर्मचक्र प्रवर्तनको मूल र प्रामाणिक स्रोतहरूका साथै बुद्धकालीन सामाजिक, आर्थिक, राजनैतिक साँस्कृतिक तथ्यहरूलाई समेतिए तीन प्रमुख वर्गलाई दशदशवटा सूत्र भएका चौधवटा वर्ग र बाऱ्हवटा सूत्र भएको एक वर्ग समेत गरी पन्ध्रवटा वर्ग रहेका छन् ।

भगवान् बुद्धले देशित मझौला खालका सूत्रहरुका बारेमा अध्ययन अध्यापन गर्न चाहनेहरू ।

दीघनिकाय

दीघनिकाय

663

बुद्ध र बुद्धधर्मको मूल र प्रामाणिक रूप अध्ययन गर्न उपलब्ध वाङ्गमयहरूमध्ये पालि त्रिपिटकको सूत्रपिटकको पहिलो निकाय हो । यस निकायमा चौतिस वटा लामालामा सूत्र छन् । बुद्धकालीन भूगोल र इतिहास, समाज र स‌ंस्कार, धर्म र दर्शनको संश्लेषणात्मक र विश्लेषणात्मक अध्ययन गर्न शील, समाधि प्रज्ञा अवबोध गर्न, बुद्धको दर्शन गर्न तथा अन्ततः निर्वाण धर्म साक्षात्कार गर्नको निमित्त अमूल्य ग्रन्थरत्न हो । बुद्धको दर्शन, धर्मसेनापति सारिपुत्र महास्थविर आयुष्मान् महाकाश्यप, आयुष्मान आनन्द, आयुष्मान अनुरूद्ध आदि श्रावकहरूको आदर्शका बारेमा उल्लेख गरीएको छन् । बुद्धकालीन बासट्ठि वटा विभिन्न दृष्टिजालहरूको जानकारीका बारेमा ब्रह्मजाल सुत्त, मिथ्या तपस्यालाई उदाङ्ग पार्न महासीहनाद-सुत्त र उदुम्बरिक सुत्त, परलोकवादलाई उजागर गर्ने पायासिराजञ्ञ

भगवान् बुद्धले देशित लामालामा सूत्रहरुका बारेमा अध्ययन अध्यापन गर्न चाहनेहरू ।

अनागारिका ञाणशीला स्मृतिग्रन्थ

अनागारिका ञाणशीला स्मृतिग्रन्थ

176

चिर सम्मानित, मितभाषी, कुशल धर्मप्रेरिका नेपालको थेरवाद बुद्धसासन प्रचार प्रसार र चिरस्थायीको लागि अतुलनिय योगदान पुर्याउन हुने बिदूषी मध्ये एक श्रद्धेय ञाणशीला गुरूमांकाे संक्षिप्त जीवनी सहित भन्ते, गुरूमां, उपासक तथा उपासिकाहरूबाट उहाँकाे गुणानुस्मरण सहितका लेखहरू समावेश गरिएका छन् ।

श्रद्धेय ञाणावती गुरूमांकाे जीवनीका बारे अध्ययन गर्न चाहनेहरू ।

पवित्रबहादुर स्मृतिग्रन्थ

पवित्रबहादुर स्मृतिग्रन्थ

बुद्धशासनमा तन मन धनले सेवा गर्नुभएका एक श्रद्धावान् सेवक, बुद्धवचन त्रिपिटक ग्रन्थहरू नेपाल भाषा र नेपाली भाषामा प्रकाशन कार्यमा लागि पर्नुभएका, बिभिन्न विहार निर्माण तथा जिर्णाेद्वारकाे कार्यमा अग्रणी भूमिका निर्वाह गर्नुहुने, ललितपुरमा बुद्धजयन्ती मनाउने काेषका संस्थागत ब्यक्त्तित्त्व, प्रत्येक बर्ष गुलाँ धर्म देशनाका निम्ति सकृय व्यवस्थापक, बिभिन्न धार्मिक सामाजिक संघ संस्था विहारकाे जिम्मेवार पदाधिकारी र आजीवन सदस्य, श्रामणेरहरू, भिक्षुहरूलाई प्रब्रजित गर्नमा सहयाेग गर्ने देखि बिदेशमा अध्ययन गर्नका लागि आवश्यकता अनुसार सहयाेग गर्ने, गरीबगुरुवाहरूकाे निम्ती करुणावान र निस्वार्थ समाजसेवी प्रातःस्मरणीय पवित्रबहादुर बज्राचार्यकाे पुण्य स्मृतिमा प्रकाशित यस स्मृतिग्रन्थमा श्रद्धेय भिक्षु, अनागारिका, बाैद्ध विद्वान र विभिन्न संघ सस्थाहरूबाट प्राप्त श्रद्धासुमनलाई संकलन गरी प्रस्तुत गरिएका

बुद्धशासनका एक श्रद्धावान् उपासक पवित्रबहादुर बज्राचार्यकाे बारेमा अध्ययन गर्न चाहनेहरू ।