भिक्षु अश्वघोष

पालिरचना भाग १

पालिरचना भाग १

श्रीलंकाका बिद्वान बद्देगम विमलवंश महास्थविरले पालि भाषामा लेख्नुभएको किताबलाई साधारण पालि शब्द र अर्थ व्याकरण अनि सामान्य वाक्यहरु निर्माण जस्ता कुरा सिकाउने उदेश्य राखी केहि नेपालीकरण गरि अनुवाद गरिएको छ ।

पालि भाषा सिक्न चाहनेहरू ।

असल शिक्षा भाग-१०

असल शिक्षा भाग-१०

71

बुद्धशिक्षाको व्यावहारिक असल उपदेशहरू सम्बन्धि नेपाल भाषामा लेखिएका लेखहरू जस्तैः बहुश्रुत मंगल, सत्यपारमी, बुद्धकालीन राजपरिवार, सधै स्मरण गर्न याेग्य कुरा, शील धन, दान र त्याग, सुख बृद्धि हुने सार धर्म, धर्म चक्र दिवस, कलह शान्तिकाे लागि बुद्ध सन्देश गरी ९ वटा लेखकाे नेपाली भाषामा अनुवादलाई प्रस्तुत गरिएका छन् ।

बुद्धशिक्षाबाट व्यवहारीक रूपमा ज्ञान हासिल गर्न चाहनेहरू ।

असल शिक्षा

असल शिक्षा

100

मानिसलाई असल व्यक्ति बनाउने व्यवहारीक शिक्षा र बुद्धकालिन समय सान्दर्भिक घट्नालाई जाेडेर १६ वटा बिबिध शिर्षकमा जस्तै असल गुरू, स्वार्थी छाेराहरू, असल गुणकाे पुजा आदि शिक्षामूलक उपदेशहरू समावेश गरि प्रस्तुत गरिएका छन् ।

बुद्धशिक्षाबाट व्यवहारीक रूपमा ज्ञान हासिल गर्न चाहनेहरू ।

असल शिक्षा भाग-१५

असल शिक्षा भाग-१५

66

मानिसलाई असल बनाउन आवश्यक धर्मका उपदेश मूलक शिक्षाहरूलाई १० वटा शिर्षकहरू धर्मका विषेशताहरू, बुद्ध र व्यवहारिक धर्म, त्राेध र शान्ति, गाैतम बुद्ध र प्रजातन्त्र, बुद्ध र मानवता, बुद्धकाे भिक्षु संघ र प्रजातन्त्र आदि विभिन्न धार्मिक, प्रजातान्त्रिक विषयलाई घट्नाक्रमसंग जाेडेर प्रस्तुत गरिएकाे छ ।

व्यवहारिक ज्ञान अध्ययन गर्न चाहनेहरू ।

बुद्ध योग्यम्ह गुरु खः

बुद्ध योग्यम्ह गुरु खः

73

भगवान बुद्धले आफुलाई पूर्ण वीर्यताका साथ शुद्ध शान्त अनि परिस्कृत बनाएर मात्र धर्म प्रचार गर्नु भएको, समय परिस्थितिलाई बुझेर सोहि अनुसार उपदेश दिइ समस्या मुक्त वा बोध गराउनु भएको, वहाँ एक पथ प्रदर्शक मात्र भएको यी बिबिध विषयहरूका बारे बुद्धकालिन घट्नाहरूलाई समेटिएर प्रस्तुत गरीएका छन् ।

बुद्ध र बुद्ध शिक्षा सम्बन्धि व्यावहारिक ज्ञानगुणका बारेमा अध्ययन गर्न चाहनुहरू ।

बौद्ध नैतिक शिक्षा भाग-२

बौद्ध नैतिक शिक्षा भाग-२

77

नैतिकवान र सभ्य जीवनयापनको नियमहरू पञ्चशील, अष्टशील, त्रिरत्न गुणका, आमाबुबाको सेवा, आदरसत्कार र गुणानुस्मरणको सम्बन्धमा श्रीलंकाको एक घटना, मानिसमा धन र गुण दुबै अत्यावश्यक भएको, दुःखमा साथ दिने साथी, सन्तोषि हुनु, पुण्य गर्नु, दुःखमा समभाव राख्न सक्नु, सुख बृद्धि हुने चार कारण आदि बिबिध नैतिक शिक्षामूलक बिषयहरूलाई समेतिएर उल्लेख गरिएको छ ।

नैतिक शिक्षामूलक व्यवहारिक ज्ञान अध्ययन गर्न चाहनेहरू ।

पेइचिङ्ग स्वास्थ्य निवास र मेराे चाैथाे चीन भ्रमण

पेइचिङ्ग स्वास्थ्य निवास र मेराे चाैथाे चीन भ्रमण

लेखककाे बिभिन्न पटककाे चीन भ्रमणकाे संस्मरण, सन् १९६२ सालकाे चीन र लेख लेख्दा समयसम्ममा भएको चीनको विकास र परिवर्तन जस्ताे की मैत्री पूर्ण व्यवहार, विकास तथा उपचारकाे नयाँ प्रविधिकाे, धार्मिक क्रान्ति आदि विविध विषयमा लेखकलाई लागेका अनुभवहरूलाई प्रस्तुत गरिएकाे छ ।

चीनकाे बारेमा जिज्ञासु राख्नेहरू

असल शिक्षा  भाग ६

असल शिक्षा भाग ६

72

बिभिन्न साप्ताहिक पत्रिकाहरुमा प्रकाशित नैतिक शिक्षा मूलक लेख रचनाहरुलाई पुनःसम्पादन गरि यसमा समावेस गरेकाे छ । सहनशीलताकाे चमत्कार, अहंकारले मान्छेलाई तल झार्छ, धर्मात्मा व्यक्ति मृत्युदेखि डराउँदैन, मानिस बन्ने कि विद्वान, मानिस र पशु बिचकाे फरक जस्ता रचनाहरु समावेस गरिएका छन् ।

नैतिक एवं व्यवहारिक ज्ञानमुलक लेख रचनाहरु अध्ययन अध्यापन गर्न चाहनेहरू ।

माँ बौ लुमन

माँ बौ लुमन

33

लेखकले आफ्नो आमा बुबाको गुणलाई स्मरण गरी माधवी गुरुमाको आमा बुबाको गुणलाई स्मरण गरी लेखिएको कविता उल्लेख छ ।

आमा बुबाको गुणलाई स्मरण गर्न चाहानेहरुलाई ।

तथागत गौतम बुद्ध संक्षिप्त जीवनी (पहिलो थुंगो)

तथागत गौतम बुद्ध संक्षिप्त जीवनी (पहिलो थुंगो)

25

बुद्ध धर्मका प्रवर्तक सिद्धार्थ गौतम बुद्धको जीवनी घटना विवरण, ज्ञान र उपदेशहरुको विवरण उल्लेख छ ।

बुद्ध जीवनी बारे जानकारी लिन चाहानेहरुलाइ ।