सुखी हाेतु नेपाल

सम्यक सम्बुद्ध

सम्यक सम्बुद्ध

361

महापण्डित राहुल सांस्कृत्यायनद्वारा संकलित “बुद्धचर्या” काे भावानुवाद हो । बुद्धजीवनी, प्रथम बर्षावास देखि ४६‌औं बर्षावाससम्म भगवान् बुद्धबाट देशना गरिएका उपदेशहरूलाई संक्षिप्त रुपमा प्रस्तुतिका साथै बुद्धकालीन राज्यहरू, परिव्राजकहरू, ब्रह्मादिदेवहरू, ब्राह्मणहरू, राजपरिवारहरू, गृहस्थीहरु, महिलाहरू र अन्य बिषयहरूलाई समावेस गरिएका छन् ।

भगवान् बुद्धको बर्षावासको बारेमा अध्ययन गर्न चाहनेहरू ।

सत्यतत्व एक चिन्तन

सत्यतत्व एक चिन्तन

293

लेखकका विभिन्न समयमा प्रकासित ७२ वटा लेख रचनाहरू तथा कविताहरू समेटिएका छन् । जसमा सत्यतत्व एक चिन्तन, बुद्धधर्म र विज्ञान सम्वन्धी लेख संग्रह, वास्तविकताकाे बाेध आदि बिबिध शिर्षकमा बैज्ञानिक सत्य र यथार्थ सत्यसंग धर्मलाई परिभाषित गरी सारगर्भिक लेख रचनाहरू समावेश गरिएका छन् ।

बुद्धधर्मलाई बिज्ञानकाे दृष्टिकाेणमा अध्ययन गर्न चाहनेहरू ।

बाैद्ध जगतका स्मरणीय व्यक्तिहरू (पाँचाै भाग)

बाैद्ध जगतका स्मरणीय व्यक्तिहरू (पाँचाै भाग)

203

बुद्धधर्म र बुद्ध शासनकाे संरक्षण अनि प्रवर्धनकाे लागि याेगदान गर्नु भएका राष्ट्रिय तथा अन्तरराष्ट्रिय बिभिन्न १८ जना व्यक्तित्त्वहरूकाे व्यक्तित्त्व र चरित्रबारेमा चित्रण गरिएका छन् । १८ जना व्यत्तिहरू; भारतका ४जना, बर्मिजका ३जना, श्रीलंकाका २जना, बेलायतका २जना, रूसका १जना, जापानका १जना, नेपालका ५जना समावेश गरिएका छन् । प्रमुख व्यक्तित्त्वहरूमाः आचार्य शान्तिदेव, भिक्षु श्रद्धानन्द, सयाजी ऊ. बा. खिन., बर्मी भू. पू. प्रधानमन्त्रि ऊ. नु., डा. भरतसिंह उपाध्याय, भिक्षु के. श्री. धम्मानन्द, ज्ञानज्याेति साहू, भिक्षु सुमंगल महास्थविर, भिक्षु सुदर्शन महास्थविर, भिक्षु ज्ञानपूर्णिक महास्थविर आदी ।

बाैद्ध जगतका प्रेरणादायि व्यक्तित्त्वहरुकाे जीवनी र याेगदानका बारेमा अध्ययन अध्यापन गर्न चाहनेहरू ।

दश पारमिता

दश पारमिता

289

सुमेध तापसले दीपंकर बुद्धकाे पालामा बुद्ध हुनकाे लागि गरेकाे प्रणिधानदेखि बुद्धत्व ज्ञान प्राप्त गर्ने समयसम्म बाेधिसत्वकाे रूपमा पूर्ण गर्नुभएका दशवटा पारमिता धर्मका बारेमा, बाेधिसत्त्वकाे पूर्वजन्मका बारेकाे जातक कथाहरू समेत समावेश गरी पारमी, पारमिता धर्मकाे लक्षण, पारमिताकाे किसिम, पारमिता सम्पादन गर्ने उपाय र समय, बाेधिसत्त्वहरूकाे छ अज्झास सहित दश पारमिताकाे अर्थका साथै पारमिताकाे कथात्मक व्याख्या पनि प्रस्तुत गरिएका छन् ।

बाेधिसत्त्वले पूर्ण गरेका दशपारमिताका बारेमा अध्ययन गर्न इच्छुकहरू ।