दाेलेन्द्ररत्न शाक्य

विमुक्त्ति रस

विमुक्त्ति रस

162

थाइलैण्डका भिक्षु आचान छा काे पुस्तकहरू मध्ये “A Taste of Freedom” एक प्रचलित र अभ्यासगतरूमा ध्यानबारेकाे महत्वपूर्ण पुस्तककाे नेपाली अनुवाद हाे । जसमा चित्तकाे सम्बन्धमा, ध्यान सम्बन्धमा, मनभित्रै मध्यम मार्ग, लाेकुत्तर सुख, धर्म चक्षु, सम्यकदृष्टि आदी बिभिन्न बिषयका बारेमा उल्लेख गरिएका छन् ।

दुःखमय भव संसार चक्रबाट छुटकारा पाउन बुद्धशिक्षा अध्ययन गर्ने र ध्यानभावना अभ्यास गर्नेहरू ।

बुद्धाेपदेशित धर्म

बुद्धाेपदेशित धर्म

99

यस पुस्तकमा चार आर्यसत्य बारे पहिलाे आर्यसत्य दुःख, दास्राे दुःखकाे कारण, तेस्राे दुःख निराेधकाे मार्ग अनि चाैथाेमा दुःख निराेधकाे बारेमा व्याख्या गरिएकाे छ । बुद्ध उत्पन्न हुनु अघि, सिद्धार्थकाे जीवनी, बुद्धत्व प्राप्त, धर्मचक्रपर्वतन, बाैद्ध वाङमय महत्वपुर्ण सूत्र, मुक्ति के हाे ? भन्ने विविध बिषयवस्तुहरू समावेश भएकाे छ ।

बुद्ध धर्मका कुराहरू पढ्न र बुझ्ने जिज्ञासा राख्नेहरूकाे लागी उपयाेगी ।

प्रेमपुर्ण जीवन र सुखद मृत्यू

प्रेमपुर्ण जीवन र सुखद मृत्यू

164

यस पुस्तकमा १२ वटन शिर्षकमा विविध बिषयवस्तु समेटिएकाे छ । जसमा सुखमय जीवनसंगै सुखमय मृत्यूतर्फ उत्प्रेरणा दिने मूल बिषयमा सकारात्मक एवं रचनात्मक रूवमा आफ्नाे अनुभूतिलाइ व्यहारिक पक्षसंग मार्मिक रूपमा प्रस्तुत गरिएकाे छ ।

जीवन र सरल मृत्यूकाे बिषयमा अध्यन गर्न चाहने सबैका लागी उपयाेगी ।

अंगुलिमाल

अंगुलिमाल

77

बुद्धकालिलन समयका मुख्य डाँकु अंगुलिमालको जीवनी ।

शिक्षण केन्द्र, परियत्ति विद्यार्थी, अंगुलिमालको बिषयमा आध्ययन गर्नेलाई सहयोग हुने ।

निर्वाण के हाे ?

निर्वाण के हाे ?

भिक्षु हम्मालरा सद्धातिस्सले अग्रेजी भाषामा लेख्नु भएकाे “What is Nirmana ?” शिर्षकीय लघु पुस्तकलाई सबैले बुझ्ने गरी नेपाली भाषामा अनुवाद गरी प्रस्तुत गरिएकाे छ ।

बुद्ध शिक्षाकाे अन्तिम लक्ष्य निर्वाणका बारेमा अध्ययन गर्न चाहनेहरु ।

बुद्धकालीन १२ सन्नारीहरु

बुद्धकालीन १२ सन्नारीहरु

101

बुद्धकालीन १२ जना सन्नारीहरुकाे जीवनी संक्षिप्तमा विभिन्न पुस्तकहरुबाट संकलन गरिएका साथै कुनै अंग्रजीबाट कुनै नेपाल भाषाबाट कुनै हिन्दी भाषाबाट नेपाली भाषामा अनुवाद गरी प्रस्तुत गरीएका छन् । यस पुस्तकमा धम्मकथिक, धम्मदिन्ना थेरी, प्रज्ञावती खेमा, किशा गाेत्तमी, महारानी मल्लिका, विनयधर-पटाचारा, पराेपकारी रुपावती, मैत्रीका धनी श्यामावती, विर्यवती - साेना, अद्वेषी उत्तरा, मृगार-माता विशाखा, नरगशाेभिनी अम्बपाली, सुजाता उपासिका र यशाेधराकाे देन समावेश गरीएका छन् ।

बुद्धकालीन १२ जना महिलाहरुका बारेमा अध्ययन गर्न चाहनेहरु ।

जिज्ञासुका लागिः बुद्ध शिक्षा

जिज्ञासुका लागिः बुद्ध शिक्षा

88

भिक्षु बुद्धदासाले बुद्ध-धर्मका सिद्धान्तहरुलाई प्रश्नाेत्तरकाे रुपमा धर्मका मूलभूत सिद्धान्तकाे आधारमा त्यसकाे उत्तरलाई बिस्तृत रुपमा सरल भाषामा प्रस्तुत गरीएकाे पुस्तकलाई नेपाली भाषामा अनुवाद गरि प्रस्तुत गरिएकाे छ ।

बुद्ध-धर्मका मूलभूत सिद्धान्तकाे अध्ययन गर्ने र अध्यापन गर्न चाहनेहरु ।

समस्या उपर कसरी विजय पाउने ?

समस्या उपर कसरी विजय पाउने ?

भदन्त डा. के. श्री धम्मानन्दद्वारा जीवनाेपयाेगी अग्रेजी भाषामा लेखिएकाे पुस्तकलाई सरल र स्पष्टरुपले बुझ्ने गरी नेपाली भाषामा हाम्राे जीवनमा के कस्ता समस्याहरु आईपर्दछन् र ती समस्याहरु समाधान गर्ने उपाय वा विधिहरु के के छन् भन्ने बारेमा बुद्ध शिक्षाकाे आधार लिई समसामयिक बुँदाहरु समेटेर व्यवहारिक रुपमा राेचक ढंगले प्रस्तुत गरिएकाेे छ ।

बुद्धकाे उपदेशलाई व्यवहारिक रुपमा लागु गर्न अध्ययन र अध्यापन गर्न चाहनेहरु ।

उत्तमपुरिस दीपनी

उत्तमपुरिस दीपनी

व्यावहरिक जीवनमा उपयाेग गरिराख्ने लाैकिक सम्पत्ति, पद-प्रतिष्ठा सबैलाई कम महत्त्व दिई लाेकुत्तर मार्गकाे अनुशरण गर्ने बाटाे खुलस्त पार्ने विषयका कुरा, कुशलकर्म गर्दा पनि तृष्णा र दिट्ठिलाई किनारा लगाउनु पर्ने कुरामा पनि जाेड, अनिश्रयतिर (निर्वाणतिर) लाग्नु पर्ने संकेत यस पुस्तकमा पाउन सकिन्छ ।

ध्यान अभ्यास गर्न अभिरूचि राख्ने ध्यान साधकहरु ।

विमुक्ति रस

विमुक्ति रस

61

बुद्ध शिक्षा अनुसार दान, शील, श्रद्धा, स्मृति, वीर्य, समाधी र प्रज्ञाले युक्त भई आर्यअष्टांगिक मार्गकाे अनुशरण, राग, द्वेष, माेहरुपी क्लेश क्रमशः निवारण गरी निर्वाण साक्षात्कार गर्न सकियाेस र सम्पूर्ण दुःखमय भव संसारचक्रबाट कसरी छुटकारा पाउन सकिन्छ भनि सरल भाषामा उल्लेख गरीएकाे छ ।

ध्यान अभ्यास गर्नेहरुका लागि र ध्यान बारे अभिरूचि राख्ने ध्यान साधकहरु ।

महासतिपट्ठानसुत्त

महासतिपट्ठानसुत्त

142

यस पुस्तकमा महासतिपट्ठानसुत्तकाे महत्व, उद्देश्य सहित कायानुपश्यानाका सम्पुर्ण प्रकारहरूलाइ सरल रूपमा अर्थसहित प्रस्तुत गरिएकाे छ ।

महासतिपट्ठान र ध्यान सम्बन्धी अध्ययन गर्न चाहनेहरूकाे लागी उपयाेगी ।

बुद्धकालिन पाँच आर्य श्राविका (भाग २)

बुद्धकालिन पाँच आर्य श्राविका (भाग २)

108

बुद्धकालिन पाँच जना महिलाहरूकाे जीवनी प्रस्तुत ।

बुद्धकालिन महिलाहहरूकाे विषयमा जान्न इच्छुक वर्ग ।

बुद्धकालिन आठ अग्र श्राविका

बुद्धकालिन आठ अग्र श्राविका

100

बुद्धकालिन आठ अग्र श्राविकाहरूकाे जीवनी उल्लेख ।

बुद्धकालिन श्राविकाहरूकाे विषयमा रूचि राख्नेहरू ।